काठमाडौं– राजधानीको भृकुटीमण्डपमा चलेको सात दिने स्वदेशी छालाजुत्ता मेलामा ३२ हजार जोर जुत्ताचम्पल बिक्री भएको मेला आयोजक फुटवेयर म्यानुफ्याक्चर्स एशोसिएशन अफ नेपालले जनाएको छ।

पुस ९ गतेबाट सुरु भई बुधबार(पुस १५ गते) सम्म भएको चलेको उक्त १२ औं छाला जुत्ता तथा वस्तु प्रदर्शनी मेलामा न्यूनतम मूल्य रु. ३ सय देखि रु. २ हजार ५ सयसम्मका ३२ हजार जोर जुत्ताचप्पल बिक्री भएको मेला संयोजक मनोज श्रेष्ठले जानकारी दिए। न्यूनतम औषतका हिसाबले पनि मेलाबाट करिब रु. २ करोडको कारोबार भएको अनुमान गरिएको छ। मेलामा राखिएका जुत्ताचप्पलहरूमा १५ प्रतिशतसम्म छूट दिएकाे र जुत्ताकाे गुणस्तरका कारण पनि नेपाली जुत्ताचप्पलकाे बिक्री बढेकाे उनले बताए। कुल १ सय ७ ओटा स्टल रहेको उक्त मेलामा दैनिक १० देखी १५ हजार अवलोकनकर्ताका दरले कुल ८२ हजार अवलोकनकर्ताले जुत्ताचप्पल अवलोकन गरेको उनले जानकारी दिए।
नेपाली बजार छालाजुत्ता बजारको करिब ५५ प्रतिशत बजार मात्रै नेपालीमै उत्पादन भएका जुत्ताले धान्न सकेको छ। जुत्ता बनाउने छालामा भने २० प्रतिशत माग मात्र नेपाली बजारमा उत्पादन हुने छालाले धानेको छ। 'नेपालबाट अर्ध प्रशोधित अवस्थामा छाला निर्यात गर्ने परम्पराले नेपाल छालामा आत्म निर्भर हुन नसकेको हो,' मेला संयोजक श्रेष्ठले भने, 'व्यवसायी र सरकारको समन्वयमा विशेष योजनाका साथ काम गर्ने हो भने नेपाललाई छाला तथा जुत्ता चप्पल दुबैमा आत्मनिर्भर बनाउन सकिन्छ।'
वर्षेनि आयोजना हुँदै आएको छालाजुत्ता मेला केबल व्यापार गर्ने थलो मात्र बन्न नहुने र यसले स्वदेशी उत्पादनको वृद्धिमा सहयोग गर्नसक्नु पर्ने यस क्षेत्रका सरोकारवालाहरुको भनाई छ।