'मासु र अन्डामा आत्मनिर्भर'
१७ पौष २०७२
•
५ मिनेट पाठ
'मासु र अन्डामा आत्मनिर्भर'
चितवन- नेपालमा आधुनिक कुखुरा पालन व्यवसाय सुरु भएको शुक्रबारबाट ५५ वर्ष पूरा भएको छ। २०१७ साल पुस १७ मा बाराको परवानीपुरमा सेन्ट्रल ह्याचारी स्थापना भएको थियो। सोही दिनलाई आधुनिक कुखुरा पालनको सुरुवात भएको दिन मान्दै व्यवसायीले 'राष्ट्रिय पोल्ट्री (कुखुरापालन व्यवसाय) दिवस' मनाउँदै आएका छन्।सरकारले नै २०७० सालदेखि पोल्ट्री दिवस मनाउन थालेको हो। यो वर्ष तेस्रो पोल्ट्री दिवसको मुख्य कार्यक्रम झापामा हुँदैछ। यसका साथै पोल्ट्री क्षेत्रको विकास भएका अन्य जिल्लामा पनि कार्यक्रम आयोजना हुने नेपाल अन्डा उत्पादक संघ केन्द्रीय समितिका अध्यक्ष शिवराम केसीले जानकारी दिए।




पोल्ट्रीले देशको कुल ग्राहस्थ उत्पादनमा चार प्रतिशत योगदान दिएको व्यवसायीको दाबी छ। नेपालमा मासुका लागि ब्रोइलर र अन्डाका लागि लेयर्स जातका कुखुरा पाल्ने चलन छ। लेयर्सको अन्डा खैरो रंगको हुने भएकाले भारतीय कुखुराले दिने सेतो अन्डाभन्दा भिन्न छ। मासु र अन्डामा नेपाल आत्मनिर्भर भएको व्यवसायीले बताएका छन्।

चितवनलाई पोल्ट्रीको राजधानी मानिन्छ। वैशाखको भूकम्प, मधेस आन्दोलन र भारतीय नाकाबन्दीले यो व्यवसाय तहसनहस भएको छ। पोल्ट्री व्यवसायी तिलचन्द्र भट्टराई भूकम्पपछि केही थला परेर जुर्मुराउन थालेको व्यवसाय मधेस आन्दोलन र नाकाबन्दीले चौपट बनाएको बताउँछन्। नेपाल अन्डा उत्पादक संघका केन्द्रीय अध्यक्ष शिवराम केसीका अनुसार नाकाबन्दी र आन्दोलनका कारण अन्डा उत्पादन कम्तीमा ३० प्रतिशत कटौती भएको छ। नाकाबन्दीअगाडि नेपालमा दैनिक १८ लाख गोटा अन्डा उत्पादन हुने गरेको उनको भनाइ छ।

हेम्पसायर जातका माउ चल्ला उत्पादन गर्न परवानीपुरमा १७ सालमा ह्याचरी स्थापना भए पनि व्यावसायिक कुखुरापालन ४० को दशकपछि मात्रै फस्टाएको व्यवसायी बताउँछन्। चितवनमा २०५२ सालपछि कुखुरापालनले फड्को मार्न थालेको हो।

नेपालमा कुखुरा पालन व्यवसायमा करिब ६० अर्ब रुपैयाँ लगानी भएको नेपाल कुखुरा व्यवसायी मञ्चका केन्द्रीय अध्यक्ष शंकर कँडेलले बताए। पोल्ट्री व्यवसायले डेढ लाखजनालाई प्रतक्ष रोजगारी दिएको उनले जानकारी दिए। पोल्ट्रीको द्रुत विकास भए पनि सरकारी तवरमा त्यसलाई सम्बोधन गर्ने कार्यक्रम नभएको व्यवसायी बताउँछन्। दानाको लागि कच्चा पदार्थ लगभग भारतबाटै आउने गरेको छ। भन्सार छलेर ल्याउने चल्लाले ब्रोइलर पालनमा संकट ल्याएको छ। कर छुट भन्सार छुटजस्ता नीति नभएको व्यवसायीको भनाइ छ।

'बजार मूल्य स्थीर राख्न सरकारले नै पाँच विकास क्षेत्रमा मासु उद्योग स्थापना गरे धेरै राम्रो हुन्थ्यो,' अग्रणी पोल्ट्री व्यवसायी गुणचन्द्र विष्टले भन्ने गरेका छन्। कुखुरालाई लाग्ने रोगको उचित उपचारका लागि अस्पताल छैनन्। बर्ड फ्लु, रानीखेत, गम्बारो जस्ता रोगले बेला–बेलामा निकै दुःख दिने गरेको छ। 'लागत घटाएर उत्पादनलाई प्रतिस्पर्धी बनाउन र मासु तथा अन्डाको खपत बढाउन सरकारले नीति बनाउन आवश्यक देखिएको छ। व्यवसायीको हित संरक्षलाई पनि ख्याल गर्नु पर्छ। उपभोक्तालाई सस्तो र स्वस्थ्य उत्पादन दिन हामी तयार छौं,' अन्डा उत्पादक संघका अध्यक्ष केसीले भने। कुखुराको मासुलाई सस्तो प्रोटिन भन्ने गरिन्छ।

त्यस्तै कुखुराको अन्डामा पनि प्रोटिनका साथै क्याल्सियम, फस्फोरस, भिटामिन ए, बी, ई, बी भिटामिन बी १, २, ६, र १२ का साथै खनिज तत्व पनि पाइन्छ। हालै मात्र सरकारले पशु विकास मन्त्रालय गठन गरेपछि कुखुरा व्यवसायी उत्साहित भएका छन्। यो व्यवसायको हितका लागि चाहिने नीति–निर्माणमा छिटो–छरितो काम हुने उनीहरुको आशा छ।
अर्को समाचार
तीन वर्षमा दूध, मासु र अन्डामा आत्मनिर्भर हुन्छाैं– मन्त्री मानवी
२६ फागुन २०७२
•
१ मिनेट पाठ
तीन वर्षमा दूध, मासु र अन्डामा आत्मनिर्भर हुन्छाैं– मन्त्री मानवी
रामपुर– पशुपक्षी विकासमन्त्री शान्ता मानवीले देशलाई अबको तीन वर्षभित्र दूध, मासु र अन्डामा आत्मनिर्भर बनाइने बताएकी छन्।




पाल्पाको मदनपोखरा, तेल्घा, रुप्सेका व्यावसायिक कृषकसँग अन्तक्र्रिया गर्दै उहाँल ती वस्तुमा आत्मनिर्भर हुन मन्त्रालयले ४० बुँदे कार्यक्रम लागू गरेको जानकारी दिइन्। 

अनिवार्य पशु बिमाको नीति ल्याइएको जानकारी दिँदै उनले कृषकलाई व्यवसाय गर्न सहुलियत रुपमा ऋण उपलब्ध गराइने तथा पशुपालनमा देखिएको नीतिगत समस्या समाधान गरिने बताइन्। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस