चितवन- गाईभैंसीलाई खुवाउने परालदेखि दाना, चोक्करको मूल्य बढ्दा आफूहरु निक्कै मर्कामा परेको चितवनका दूध उत्पादक किसनाले बताएका छन्। व्यावसायिक दुग्ध उत्पादक कृषक समाज चितवनका अध्यक्ष कृष्णराज भण्डारी एक लिटर दूधमा १० रुपैयाँसम्म घाटा हुने गरेको बताउँछन्। गत वर्षको तुलनामा दाना, चोक्कर, परालको मूल्य अकासिएको तर दूधको मूल्य नबढेको उनले बताए।'दूधको मूल्य बढाउँदा उपभोक्ताको दबाब र विरोध पनि थेग्नुपर्ने हुन्छ होला। त्यसैले एक वर्षयता दूधको मूल्य उही छ तर दाना, चोक्कर, पराल सबैको मूल्य कैयौं गुण बढेको छ। यसो हुँदा हामी किसानको बेहाल भएको छ,' अध्यक्ष भण्डारीले भने। अहिले एक लिटर दूधको लागत मूल्य ५० रुपैयाँ परिरहेको उनले दाबी गरे।
अध्यक्ष भण्डारी भन्छन्, 'किसानले एक लिटर दूधको सरदर ४०–४२ रुपैयाँ पाएका छन्। दूधको लागत ५० रुपैयाँ पर्न आउँछ। लिटरमा १० रुपैयाँ घाटा खाएर बेच्दा अवस्था दयनीय भएको छ,' चितवनमा व्यावसायिक गाईभैंसी फार्म र सहकारीमार्फत लगभग दैनिक तीन लाख लिटर दूध बिक्री हुँदै आएको छ।
पोहोर ९ सय ८० रुपैयाँमा ४० किलो तौलको एक बोरा चोक्कर पाइन्थ्यो। अहिले १३ सय ६० रुपैयाँ पुगेको अध्यक्ष भण्डारीले बताए। अघिल्लो वर्ष २६ रुपैयाँ किलो पर्ने दानाको मूल्य ३४ रुपैयाँ पुगेको छ। गोटी दाना ३१ रुपैयाँ किलो पाउने गरेकोमा अहिले ३९ रुपैयाँ पुगेको उनले जानकारी दिए।
'गत वर्ष मूल्य बढ्दा किसानले एक लिटरमा ६ रुपैयाँ ५५ पैसासम्म बढी पाएका थिए। त्यो बेला र यो बेलाको दानाको मूल्यमा आकाश–जमिनको फरक छ। तर दूध उही मूल्यमै बेच्नुपरेको छ,' भण्डारीले भने। दाना, चोक्करको मात्रै होइन गाईभैंसीले खाने परालको मूल्य पनि उच्च भएको किसानले बताए।
एक वर्षअघि एक बिघा खेतको मुठा पराल १८–२० हजार रुपैयाँमा किन्ने गरेकोमा यो वर्ष २६ देखि २८ हजार रुपैयाँसम्म तिर्नुपरेको अध्यक्ष भण्डारीले बताए। 'नाकाबन्दी र आन्दोलनले इन्धन अभाव भयो भनेर दाना, चोक्कर, परालको मूल्य निकै बढेको छ। दूधको मूल्य पुरानै हुँदा किसानले नोक्सानी बेहोर्नु पर्योन' चितवन जिल्ला दुग्ध उत्पादक सहकारीका पूर्वअध्यक्ष रामहरि दवाडीले भने।
दूधको उचित मूल्य नपाएपछि यो पेसाबाट धेरै विस्थापित हुने खतरा रहेको किसान बताउँछन्। 'जिल्लामा व्यावसायिक दूध उत्पादन गर्ने तीन सय फार्म छन्। तिनमा युवाहरु ७० प्रतिशत छन्। घाटा खाएपछि उनीहरु यही पेसामा नै बस्छन भन्ने छैन,' व्यावसायिक दुग्ध उत्पादक कृषक समाज चितवनका अध्यक्ष कृष्णराज भण्डारीले भने।
धेरैले बैंक ऋणबाट व्यवसाय चलाएकाले घाटा खाएर दूध बेच्दा घर–खेत डुब्ने खतरा रहेको पनि उनले बताए। 'नेपालमा दूध उत्पादन बढेको थियो। लागत मूल्य पनि पाउन छाडेपछि यो पेसा त्याग्नेहरु बढ्दा दूध दिने पशु कम हुन्छ, जसले गर्दा उत्पादन घट्छ। फेरि भारतबाटै ल्याउनुपर्ने बाध्यता आउने खतरा छ,' अध्यक्ष भण्डारीले भने।
'पेसा त्याग्ने मात्रै होइन ऋण लिएर गाईभैंसी पाल्नेका सम्बन्धमा खास नीति सरकारले बनाएन भने किसान त डुब्छन् नै अर्थतन्त्रमा पनि ठूलो असर पर्ने खतरा छ। सरकारले यसतर्फ बेलैमा ध्यान दिनुपर्छ,' दुग्ध उत्पादक सहकारीका पूर्वअध्यक्ष रामहरि दवाडीले भने। पेसा छाड्ने क्रम सुरु भइसकेको दुग्ध उत्पादक किसनाले बताएका छन्।