काठमाडौं- राजधानी असन, कमलाक्षीका ५० वर्षे बेखबहादुर महर्जनको भान्सामा १० वर्षअघि खाना पकाउने ग्यास अभाव थिएन। बत्ती बाल्न, पानी तान्न, टिभी हेर्न वा अन्य प्रयोजनका लागि बिजुली थियो। दैनिकी सहजै चल्थ्यो। इन्धन अभावले टाउको दुखाउँदैनथ्यो।
बिजुली र ग्यासको आपूर्ति सहज भइरहँदा मुलुकले १० वर्षे माओवादी द्वन्द्व बिसाएको थियो। महर्जनले सोचेका थिए– अब त देश विकासमा लम्कन्छ, धेरै बिजुली निकाल्छ। खाना पकाउन वा अन्य प्रयोजनका लागि बिजुली उपयोग गर्न पाइन्छ, दैनिकी झन् सहज हुन्छ।
उनले सोचेका थिए– त्यसपछि त प्रशस्त उद्योग, कारखाना खुल्छन्, छोराछोरीले स्वदेशमै काम पाउँछन्। राजधानी अध्याधुनिक बन्नेछ।
आज ठीक १० वर्षपछि महर्जन त्यही कल्पना सम्भि्करहेका छन्। उनका सपना, कल्पना सबै तुहिएको छ अहिले। उनको घरमा अहिले खाना बनाउने ग्यास छैन। बत्ती बाल्न, पानी तान्न, कपडामा आइरन लगाउन बिजुली छैन। सवारी चलाउन डिजेल छैन।
मुलुकमै काम पाउने आशा राखेका उनका छोराछोरी पनि उनीसँग छैनन्, बिदेसिए। उनलाई लागेको छ, उपत्यका मात्र होइन, आज सिंगो मुलुक एउटा अँध्यारो सुरुङतिर पसिरहेको छ। जहाँबाट उज्यालोको कल्पना मात्र गर्न सकिन्छ। असनको एउटा टोल मात्र होइन, सहर र सिंगो मुलुकमा अभावले हाहाकार व्याप्त छ।
...
१० वर्षअघि अर्थात् २०६२/६३ को जनआन्दोलनपछि मुलुक परिवर्तनको नयाँ धारमा मोडिएको थियो। तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला संविधानसभाको चुनाव गराउने तयारीमा थिए। नेपाल विद्युत प्राधिकरणले त्यति बेलैदेखि औपचारिक लोडसेडिङ सुरु गर्योस।
प्राधिकरणका अनुसार सुरुमा दैनिक २ घन्टा मात्र लोडसेडिङ थियो। त्यसपछि दैनिक १८ घन्टा, १६ घन्टा हुँदै गत वर्ष १० घन्टासम्म विद्युत कटौती भयो। यस वर्ष अहिले नै लोडसेडिङ १२ घन्टा पुगेको छ। अवस्था यही रहे हिउँदयाम अन्त्यसम्म दैनिक १८ घन्टासम्म पुग्ने अत्यासिलो आँकडा छ प्राधिकरणसँग।
२०६३ पछि मुलुकमा झन्डै दर्जन प्रधानमन्त्री भइसकेका छन्। हरेकका कार्यकालमा सयौं मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य राखियो, उत्साह जगाइयो र सपना बाँडियो। योजना एवं कार्यादेशसमेत तयार भए, तर उपलब्धि झन्डै शून्य!
२०५१ पछि माओवादी द्वन्द्व सुरु भयो र जलविद्युत आयोजना बन्न सकेनन् भन्ने तर्क गर्ने हो भने द्वन्द्व सकिएको १० वर्षमा पर्याप्त काम हुनुपर्ने थियो। सरकारले प्रतिबद्धताअनुसार काम गरेको भए अहिलेसम्म थप १ हजार मेगावाट बिजुली सजिलै उत्पादन हुन्थ्यो। जडित क्षमता २ हजार मेगावाट हाराहारी पुग्थ्यो र माग सजिलै पूरा हुन्थ्यो।
भारतले नाकाबन्दी गरेर पेट्रोलियम पदार्थ आयात ठप्प पारिदिँदा विकराल अवस्था उत्पन्न हुने थिएन। मुलुकमा हाहाकार मच्चिने थिएन। विडम्बना! अहिलेसम्म पुगनपुग ८ मेगवाट मात्र बिजुली मुलुकमा छ। भाग भने दोब्बर पुगिसक्यो। विकराल अवस्था हुँदा पनि सरकार भने परम्परागत माग र आपूर्तिको तथ्यांक अघि सारेर बसेको त्रिभुवन विश्वविद्यालयका प्राध्यापक अमृतमान नकर्मी बताउँछन्।
दैनिक दुई घन्टाबाट सुरु भएको लोडसेडिङ १७/१८ घन्टा पुग्दासम्म सरकारको ध्यान भाषणमै सीमित हुनुलाई सरकारमा बस्ने राजनीतिक दलको बेइमानी हर्कत ठान्छन् नमर्की। हरेक सरकारले आकर्षक योजना बनाउने तर कार्यान्वयनमा चासो नदेखाउने गैरजिम्मेवार क्रियाकलापकै कारण सर्वसाधारणले सास्ती खेप्नुपरेको यसैबाट पुष्टि हुन्छ।
...
ऊर्जा संकटले थिल्थिलो भएका बेला सरकारले बिजुली उत्पादन गर्ने योजनाको नयाँ खाका अघि सारेको छ। 'ऊर्जा संकटकाल' घोषणा गरेर सर्वसाधारणलाई बिजुली उत्पादन गर्ने सपना बाँडेको छ तर विगतमा गरिएका प्रतिबद्धता तथा योजना कति पूरा भए वा भएनन् भन्नेमा सरकारको ध्यान गएको छैन।
'एक वर्षभित्र निर्माण पूरा हुने जलविद्युत आयोजना छिटो पूरा गर्न सरकारले सहयोग गरेको छैन,' जलस्रोत उद्यमी ज्ञानेन्द्रलाल प्रधानले नागरिकसँग भने, 'इन्धनलगायत निर्माण सामग्री अभावले आयोजना समस्याग्रस्त छन्, तर प्रधानमन्त्री अव्यावहारिक सोलार र वायु ऊर्जाका गफ गरेर हिँडेका छन्।'
वातावरणीय दृष्टिले प्रभावकारी नरहेको सोलार र वायुबाट बिजुली उत्पादन गरेर एक वर्षभित्र लोडसेडिङ अन्त्य गर्नु कल्पनाबाहिर रहेको प्रधानले बताए। 'मुलुकमा जतिबेला लोडसेडिङ सुरु भयो, त्यतिबेलादेखि नै सरकारले काम गरेन, वेदेशिक लगानी फिर्ता जाने वातावरण बनायो,' उनले भने, 'पार्टीनिकट व्यक्तिलाई फाइदा हुने वा कमिसन आउने क्षेत्रमा सरकारको ध्यान गएको छ।'
सरकारले सहयोग गरे चालु आर्थिक वर्षभित्र २ सय २५ मेगावाट बिजुली उत्पादन हुन्छ। २०७३/७४ मा करिब ८ सय मेगावाट बिजुली जलविद्युत आयोजनाबाटै आउन सक्छ। यति काम हुन सके आउँदो २ वर्षमा जडित क्षमता झन्डै १ हजार ८ सय पुग्छ। तर, सरकारले यी आयोजना बनाउन सहजीकरण गरेको देखिँदैन।
द्वन्द्वपछि सरकारमा पुगेको कोइराला सरकारले ५ वर्षमा ५ हजार मेगावाट बिजुली उत्पादन योजना बनायो। तर, नीतिनियम बनाएर कार्यान्वयन दक्षता देखाएन। संविधानसभा चुनावपछि पुष्पकमल दाहाल नेतृत्वको सरकार बन्यो। यो सरकारले अर्को महŒवकांक्षा अघि सार्योा, १० वर्षमा १० हजार मेगावाट बिजुली उत्पादनको। त्यो पनि कागजमै सीमित रह्यो।
दाहालकै कार्यकालका जलस्रोतमन्त्री विष्णु पौडेलले ३८ बुँदे 'विद्युत संकट निरुपण कार्यायोजना, २०६५' ल्याए। 'उक्त कार्ययोजना मात्र कार्यान्वयन भएको भए आज ग्यासको हाहाकारबाट छुटकरा पाइन्थ्यो,' नकर्मीले भने। निजी क्षेत्रका आयोजना सहुलियत दिएर छिटो पूरा गर्ने योजना भए पनि घोषणामै सीमित रहेको एक प्रवर्द्धकले गुनासो गरे।
दाहाल प्रधानमन्त्री हुँदा कोसीमा बाढी आउँदा पूर्वी क्षेत्रको प्रसारण तथा वितरण प्रणाली ध्वस्त भयो। भारतबाट आउने बिजुली ठप्प हुँदा त्यति बेला दैनिक १८ घन्टासम्म लोडसेडिङ भएको थियो। प्राकृतिक विपत्तिपछि बिजुली उत्पादनमा नलागेर सरकारले समस्या थप्दै गएको प्रधानले बताए।
...
२०४८ सालदेखि विद्युत उत्पादनमा निजी क्षेत्रको प्रवेश भए पनि आजसम्म लक्षित काम हुन नसकेको ऊर्जा सचिव सुमनप्रसाद शर्माले बताए। 'बिजुली मागको तुलनामा प्रक्षेपण गर्न सकिएन र उत्पादनका काम भएनन्,' उनले बुधबार नागरिकसँग भने, 'हामीले समस्या पहिचान गर्यौंर, तर समाधान कहिल्यै सोचेनौं।'
ठूला जलाशय आयोजना नबन्दासम्म लोडसेडिङ संकट कम नहुने तर्क गर्दै सचिव शर्माले ६/७ वर्षसम्म भारतबाट बिजुली आयात गर्नुको विकल्प नरहेको बताए। 'सोलार र वायु ऊर्जा उत्पादनमा जोड दिनुपर्छ भन्ने होइन, तर ठूला आयोजना नबन्दासम्म विकल्पमा राख्न सकिन्छ।'
दाहाल नेतृत्वको सरकार फेरिएर सत्तामा माधवकुमार नेपाल आएपछि मुलुकले विद्युत उत्पादनको अर्को महŒवाकांक्षी योजना ल्यायो, २० वर्षमा २५ हजार मेगावाट उत्पादन गर्ने। १८ महिना सत्तामा रहेको यो सरकारको पालमा उल्लेख्य काम नभए पनि लोडसेडिङ ११ घन्टामा सीमित थियो।
नेपालपछि २०६८ चैतमा सत्तामा पुगेको झलनाथ खनाल सरकारले अर्को 'ऊर्जा संकटकाल' घोषणा गर्योस। ऊर्जा मन्त्रालयसमेत सम्हालेका तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीले संकटकाल लगाएर साढे ४ वर्षमा २ हजार ५ सय मेगावाट बिजुली उत्पादनको योजना ल्याए।
करिब १५ दिन ऊर्जामन्त्री भएका अधिकारीले योजना ल्याए। तर, पछि ऊर्जा मन्त्री गोकर्ण विष्ट भए। अधिकारीले ल्याएको योजना विष्टले अगाडि बढाउन खासै चासो दिएनन्। उनको चारमहिने कार्यकालमा खासै काम भएन। तैपनि, लोडसेडिङ दैनिक १४ घन्टा पुग्यो।
बर्खाको मौसममा मन्त्री भएकाले लोडसेडिङ बढ्न नदिएकोमा उनको चर्चा पनि भयो तर बर्खाको बेला नदी तथा खोलामा पानीको बहाब बढेर विद्युतगृह पूर्ण क्षमतामा सञ्चालन हुन्छन्। विद्युत संकट पनि खासै महसुस हुँदैन। त्यतिबेला यसको जस विष्टले पाए।
संकट गहिरिँदै जानुमा छिटो–छिटो सरकार फेरिनु र कानुनको उचित कार्यान्वयन नहुनु प्रमुख कारण मान्छन्, स्वतन्त्र ऊर्जा उत्पादकको संस्था (इपान) का अध्यक्ष खड्गबहादुर विष्ट। 'दाहाल सरकारले नौ महिनामा राजीनामा दिएपछि लामो समयसम्म राजनीतिक अस्थिरता रह्यो,' उनले नागरिकसँग भने, 'निजी क्षेत्र पनि झोलामा खोलाको अनुमतिपत्र लिएर लगानी खोज्न थाल्यो।'
प्राधिकरणले २०६५ मा ७० मेगावाटको मध्यमर्स्याङ्दी बनाएपछि अर्को ठूलो आयोजना सुरु गरेन। काम गर्ने वातावरण नहुँदा पनि निजी क्षेत्रले काम गर्न नसकेको विष्टको तर्क छ। 'सरकारले प्रसारण लाइन बनाउन सकेन, आयोजनासम्म पुग्ने पहुँचमार्ग बनेन, विद्युत खरिद सम्झौता (पिपिए) मा समस्या भइरह्यो,' उनले भने, 'यो समस्याले धेरै आयोजना बनेनन्, यसको सरकारले नै लिनुपर्छ।'
२०६८ भदौमा प्रधानमन्त्री भएका बाबुराम भट्टराईको कार्यकाल विद्युत उत्पादनमा खासै चर्चामा रहेन। अनुमतिपत्र, पिपिए र प्रसारण लाइनको विवाद र छलफलमै उनको कार्यकाल सकियो। त्यतिबेला पनि लोडसेडिङ १४ घण्टा थियो। तर, भट्टराई सरकार रहँदा २०६९ को हिउँदमा भने बढेर १६ घन्टासम्म पुगेको प्राधिकरणले जानकारी दियो।
भट्टराईकै पालामा पहिलो संविधानसभा विघटन भयो। अर्को संविधानसभा निर्वाचन गराउन पूर्वकर्मचारी नेतृत्व सरकारलाई जिम्मा दिइयो। खिलराज रेग्मी मन्त्रिपरिषदको अध्यक्ष हुँदा ऊर्जामन्त्रीको जिम्मेवारी उमाकान्त झाले सम्हालेका थिए। चुनावका लागि गठित सरकार विवादित हुने भन्दै केही कामै गरेन। यद्यपि, व्यक्तिगत स्वार्थ पूर्तिका काम भने भइरहे।
...
मुलुक समस्याबाटै गुजि्ररह्यो। राजनीतिक दल र सरकार विद्युत उत्पादनको भाषण गर्न र योजना बनाउन थाकेनन्। सबै राजनीतिक दलले २०६९ चैत २८ गते जलविद्युत आयोजना निर्माणमा अवरोध नगर्ने साझा प्रतिवद्धता जनाए।
नेपाल उद्योग वाणिज्य महासंघको अग्रसरतामा तत्कालीन मन्त्रिपरिषद अध्यक्ष रेग्मीसहित नेपाली कांग्रेस सभापति सुशील कोइराला, एमाओवादी अध्यक्ष दाहाल, एमाले अध्यक्ष खनाल, माओवादी अध्यक्ष मोहन वैद्यलगायत प्रमुख पार्टीले प्रतिबद्धतामा सही गरेका थिए। व्यवस्थामा सुधार आएन। दलले विरोध गर्न सकेनन् न सरकारले काम गर्न सक्यो।
राजनीतिक संक्रमणले औद्योगिक क्षेत्र अस्तव्यस्त हुँदै आयो। उद्योगधन्दा चल्न सकेका थिएनन्, यही कारण औद्योगिक क्षेत्रमा हुने विद्युत सर्वसाधारणलाई बाँडेर सरकार लोडसेडिङ घटाउन अग्रसर भयो। पछिल्ला दुई वर्षमा निजी क्षेत्रले करिब ५० मेगावाट बिजुली केन्द्रीय प्रणालीमा थप्यो। भारतबाट आयात बढाएर २०७० हिउँदमा लोडसेडिङ १२ घन्टामा झारियो।
अघिल्लो वर्ष १ सय ५० मेगावाटसम्म आयात भएकोमा भारतबाट गत वर्ष २ सय मेगावाटसम्म बिजुली आयात भयो। यसैले गत वर्ष हिउँदमा अर्थात् कोइराला सरकारले लोडसेडिङ १० घन्टामा सीमित राख्यो।
चालु वर्षमा भारतबाट २ सय ५० मेगावाटसम्म आयात भए पनि नाकाबन्दीले ग्यास आयात ठप्प हुँदा बिजुलीको माग ह्वात्तै बढेको प्राधिकरणको तर्क छ। नेपाल आयल निगमको भदौको तथ्यांकअनुसार देशभर मासिक २५ हजार टन ग्यास खपत हुन्छ। उपत्यकामा मात्र १६ हजार टन खपत हुन्थ्यो।
ग्यासका ग्राहक बिजुली उपयोगमा सरेपछि प्राधिकरणले प्रक्षेपण गरेको १ हजार ३ सय मेगावाटको माग १ हजार ८ सयसम्म पुग्यो। ग्यास विस्थापित गर्ने योजनाअनुसार कहिल्यै माग प्रक्षेपण भएन। प्राधिकरणले सन् २०१७ पछि बर्खामा बिजुली खेर जाने गलत सूचना सार्वजनिक गर्दा आजको समस्या निम्तिएको प्राध्यापक नकर्मी बताउँछन्।