धरान खानेपानी बोर्डलाई पारदर्शी बनाउन आयव्यय सार्वजनिक
१३ साउन २०७९
•
२ मिनेट पाठ
धरान खानेपानी बोर्डलाई पारदर्शी बनाउन आयव्यय सार्वजनिक
खानेपानी बोर्डको हिसाब सार्वजनिक गर्दै मेयर हर्क साम्पाङ। तस्बिर: रोहित/नागरिक
धरान खानेपानी व्यवस्थापन बोर्डलाई पारदर्शी बनाउने प्रतिवद्धता अनुसार बोर्डका अध्यक्षसमेत रहेका मेयर हर्कराज साम्पाङ (राई)ले गत आर्थिक वर्षको आयव्यय सार्वजनिक गरेका छन्।




शुक्रबार बोर्डको कार्यालयमा पत्रकार सम्मेलन गर्दे साम्पाङले अब हरेक ४ महिनामा हिसाब सार्वजनिक गर्ने पनि जानकारी दिएका छन्। गत वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा साम्पाङले सुशासन र पारदर्शिताको कुरालाई प्रमुखताका साथ चुनावी एजेण्डा बनाएका थिए। ‘सुशासन र पारदर्शिता हुनुपर्छ भन्ने मेरो मान्यता छ। यसको लागि नै हो, अहिले मैले बोर्डको हिसाबकिताब सार्वजनिक गर्दैछु,’उनले भने,‘म ४ महिनाको अन्तरालमा यसरी नै हिसाब सार्वजनिक गर्नेछु।’

बोर्डमा गत आर्थिक बर्षमा बोर्डमा अघिल्लो बर्षको नगद मौज्दातसहित १५ करोड ४ लाख ५६ हजार ६ २२ रुपैयाँ आय भएको साम्पाङले जानकारी दिएका छन्। बोर्डलाई धारा जडान शुल्कवापत १ करोड ८२ लाख ३७ हजार ५५३ रुपैयाँ गत आर्थिक बर्षको असार मसान्तसम्म प्राप्त भएको छ भने खानेपानी महशुलवापत १२ करोड १७ लाख ८६ हजार ४०७ रुपैयाँ प्राप्त भएको छ।

यस्तै, कवाडी सामान बिक्री वापत ४ लाख ८४ हजार ६७८, पाइपलाइन र ट्यांकी कम्पाउण्ड क्षतिपूर्तिवापत ३ लाख ३१ हजार ८ सय आम्दानी भएको छ भने गत बर्षको पेश्की फिर्तावापत ७१८० रुपैयाँ पनि प्राप्त भएको छ। यसैगरि, अघिल्लो आर्थिक वर्षको नगद मौज्दात ९६ लाख ८ हजार ९९५ रुपैया पनि आयमा बाँधिएको साम्पाङले जानकारी दिएका छन्।

यस्तै, खर्चतर्फ १२ करोड ४७ लाख २३ हजार ८८४ रुपैयाँ देखिएको छ। तलब तथा पारिश्रमिकमा ३ करोड ७२ लाख ४३० रुपैयाँ खर्च गरेको बोर्डले भत्ता तथा अन्य सुविधा (महंगी भत्ता)मा ५१ लाख ३४ हजार ८०१ रुपैया खर्च गरेको जनाएको छ। पोशाक भत्तामा ९ लाख ३० हजार, नगरपालिकालाई फिर्ता गर्दा १ करोड ४ लाख रुपैयाँ खर्च गरेको छ भने विजुली महशुलमा २ करोड १७ लाख ५६ हजार ६०३ रुपैया खर्च गरेको पनि मेयर साम्पाङले जानकारी दिएका छन्। यसैगरि, पुँजीगत सुधार खर्चमा १ करोड ९९ लाख ३० हजार २०४ रुपैयाँ पनि खर्च भएको बोर्डले जानकारी दिएको छ।  

हाल बोर्डको राष्ट्रिय वाणिज्य बैंकमा ३ लाख ४३ हजार ४५१ रुपैयाँ नगद मौज्दात रहेको छ भने माछापुच्छे बैंकमा २ करोड २२ लाख ९७ हजार ८८६ रुपैयाँ नगद मौज्दात रहेको पनि मेयर साम्पाङले जानकारी दिएका छन्। 

विरोध तथा विवादको बीचमा खानेपानी संस्थानको धरान शाखा कार्यालयलाई बोर्डमा हस्तान्तरण गरिएको थियो। संस्थानलाई बोर्डमा गाभ्न हुदैन भनेर आन्दोलन गर्ने प्रमुख आन्दोलनकारीमा मेयर साम्पाङ पनि थिए। अहिले उनी मेयरमा निवार्चित भएपछि आफै बोर्डको अध्यक्ष पनि छन्। एसियाली विकास बैंक (एडिबि)को ऋण लिनु हुदैन भनेर आन्दोलन गरेका मेयर साम्पाङलाई अहिले भने ऋण तिर्नुपर्ने बाध्यताको जिम्मेवारीमा छन्।  

एडिबिबाट लिएको ऋणको अझै ५४ करोड रुपैया तिर्न बाँकी रहेको पनि मेयर साम्पाङले जानकारी दिए। उनले भने,‘चाडै यो ऋण चुक्ता गरेर खानेपानीको महशुल घटाउने मेरो योजना छ। खर्च कटौती गर्न पनि मेरो ध्यान केन्द्रीत छ। यसको लागि धेरै कर्मचारी भएकोले केही घटाउने, विजुलीमा भइरहेको खर्च घटाउनेतर्फ म ध्यान दिइरहेको छु।’
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
१ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ५१ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
यो पनि पढौँ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस