अदुवा निर्यात घट्यो
२६ पौष २०७२
•
८ मिनेट पाठ
अदुवा निर्यात घट्यो
झापा- अलैंचीपछि सर्वाधिक विदेश निर्यात हुने नेपाली कृषि उत्पादन अदुवाको अन्तर्राष्ट्रिय बजार खुम्चिँदै गएको छ। नेपाली उत्पादनको मुख्य बजार भारतले केही वर्षयता आफैं उत्पादन बढाउँदै लगेको तथा भारतीय बजारमा भइरहने मूल्यको अस्थिरताले नेपाली निर्यातकर्ता हच्किएकाले अदुवाको निर्यात ह्वात्तै घटेको छ।अदुवा उत्पादक तथा व्यवसायीका अनुसार दुई वर्षयता भारतीय बजारबाट नेपाली अदुवाको माग घटेको छ। यसको मुख्य कारण भारतमा अदुवा उत्पादनमा भएको बढोत्तरी नै मुख्य कारण हो। अदुवा उत्पादन प्रशस्त हुन थालेपछि मूल्यमा पनि उत्तिकै अस्थिरता आइरहेको छ। अदुवाको अन्तर्राष्ट्रिय बजारबारे जानकारका अनुसार भारतले दक्षिणका विभिन्न ठाउँमा अदुवा उत्पादन प्रोत्साहित गर्न थालेपछि यस्तो अवस्था आएको हो। 'भारतले योजनाबद्ध रूपमा त्यहाँका किसानलाई अदुवा उत्पादनमा लगाएको छ,' नेपाल अदुवा उत्पादक तथा व्यवसायी संघ अध्यक्ष नरेन्द्रकुमार खड्का भन्छन्, 'सरकारबाट प्रशस्त सुविधा र अनुदान पाएका भारतीय किसानको उत्पादनसँग हाम्रो अदुवाले बजारमा प्रतिस्पर्धा गर्नै सक्दैन। यसको अर्थ हाम्रो उत्पादनको अन्तर्राष्ट्रिय बजार खुम्चनु हो।' दुई–अढाई वर्षयता अदुवाको माग पनि घटेको उनको भनाइ छ।




नेपाली निर्यातकर्ता पनि आफूलाई असुरक्षित अनुभूत गरिरहेका छन्। उनीहरूका अनुसार भारतीय बजारमा केही समययता अदुवाको मूल्य ज्यादै अस्थिर छ। जसका कारण अदुवा निर्धक्क भारत पठाउन सक्ने अवस्थामा उनीहरू छैनन्। 'दुई वर्ष अघिसम्म हामी जसरी निर्धक्क अदुवा भारत पठाउँथ्यौं, अहिले त्यस्तो अवस्था छैन,' निर्यात व्यापारमा संलग्न व्यवसायी रूपक खनालले भने, 'भाउमा भइरहने उतारचढावले नेपाली व्यवसायी प्रत्यक्ष मारमा परेका छन्। धेरैपटक लगानीसमेत नउठ्ने अवस्था आएको छ।' यस्तो अवस्थामा आफ्ना सामान भारतीय बजार नपठाउँदै जितिने सोच व्यवसायीमा आउन थालेको छ।

नेपालमा उत्पादित अदुवा धेरै निकासी हुने नाकामध्ये पूर्वको काँकडभिट्टा पनि मुख्य हो। यो नाकाबाट हुँदै आएको अदुवाको निकासी दर लगातार घट्दै गइरहेको छ। क्षेत्रीय प्लान्ट क्वारेन्टाइन कार्यालय काँकडभिट्टाका अनुसार चालू आर्थिक वर्ष ०७२/०७३ को पहिलो पाँच महिनामा निर्यात धेरै घटेको छ। साउनदेखि मंसिरसम्म यो नाका हुँदै ६२ लाख १३ हजार रुपैयाँ मूल्य बराबरको नौ हजार एक सय ११ मेटि्रक टन अदुवा निर्यात भएको छ। जुन अघिल्लो वर्षको तुलनामा १५ लाख ७७ हजार रुपैयाँ मूल्य बराबरले कम हो। यो तथ्यांक झनै नकारात्मक बन्ने व्यवसायीको भनाइ छ। 'यो परिमाण अझै घट्ने निश्चित छ,' व्यवसायी अर्जुन ढकाल भन्छन्, 'किनभने, भारतमा पहिलेजस्तो अदुवाको माग छैन। उनीहरू आफ्नै उत्पादनमा निर्भर हुन थालेका छन्।'

भारतीय बजार आफ्नै उत्पादनमा आत्मनिर्भर बन्दै जानु नेपाली अदुवा उत्पादकका लागि दुखद् संकेत भएको चित्र प्रष्ट देखिन थालेको छ। पहाडी तथा तराईका भू–भागमा पनि हुँदै आएको अदुवा खेतीले धेरै नेपाली किसानको आर्थिक जीवनमा कायापलट गरेको थियो। तर, भारत निर्भर बजार, वैकल्पिक बजार खोज्न भइरहेको ढिलाइ तथा नेपाली किसानको परम्परागत समस्यामा सरकारी मौनताले यो सुखद् अध्याय अन्त्य गर्ने खतरा बढेको छ।

मेची अञ्चलका चार जिल्ला ताप्लेजुङ, पाँचथर, इलाम र झापामा मात्रै तीन हजार सात सय ७० हेक्टरभन्दा बढी जमिनमा अदुवा खेती हुँदै आएको छ। ती चार जिल्लाको वार्षिक उत्पादन दर सरदर ५५ हजार ४० मेटि्रक टन छ। पूर्वी पहाडी जिल्लामा व्यावसायिक रूपमा उत्पादन हुने अदुवा भारत तथा बंगलादेश निर्यात हुने वरिष्ठ क्वारेन्टाइन अधिकृत नारायणकुमार श्रेष्ठले बताए। अदुवाको निर्यातमा कमी आउनु पहिलो कारण अन्तर्राष्ट्रिय बजारमा मूल्य एकरूपता नहुनु तथा नेपालमा हरेक वर्ष अदुवाको उत्पादन घट्नु नै भएको श्रेष्ठको भनाइ छ। भारतले कृषिका लागि आत्मनिर्भर हुने लक्ष्यका साथ दक्षिणी भारतमा व्यावसायिक अदुवा खेती विस्तार गर्दै गएकाले माग घटेको हो।

चार वर्ष अघिसम्म पनि उत्पादनका हिसाबले नेपाल अदुवा उत्पादन गर्ने विश्वका सबै मुलुकहरुमध्ये चौथो हो। त्यसको सबैभन्दा बढी हिस्सा ३१ प्रतिशत पूर्वका जिल्लामा मात्र उत्पादन हुन्छ। नेपालको नगदे बालीमध्ये अदुवा अलैंचीपछि सर्वाधिक विदेश निर्यात हुने कृषिउपज पनि हो। तर, बेलैमा अन्य विकल्प नसोच्दा मुख्य अन्तर्राष्ट्रिय बजारमा उपस्थिति जनाउनसमेत अप्ठ्यारो पर्ने अवस्थामा नेपाली उत्पादन पुगेको छ।

त्यसो त अदुवाको अन्तर्राष्ट्रिय बजार एक्कासि खुम्चिएको भने होइन। नेपालमा उत्पादित अदुवा निर्यात गर्दा माटोरहित हुनुपर्ने अन्तर्राष्ट्रिय व्यापार सम्भौता भए पनि प्रशोधन विधि र संयन्त्र नहुँदा धेरै वर्षसम्म नेपाली उत्पादनमा भारतीय व्यापारीले आफूखुसी चलाए। किसानले उत्पादन गरेको ताजा अदुवा धुने र सुकाउने प्रविधि स्वदेशमा उपलब्ध नहुँदा उनीहरुले मूल्य र गुणस्तर पनि आफूखुसी तोके। भर्खर मात्रै सरकारको प्राविधिक सहयोग र विश्व खाद्य संगठनको लगानीमा झापाको दुहागढी—९ मा अदुवा प्रशोधन केन्द्र निर्माण सम्पन्न भई हाल परीक्षणकालमा रहेको अदुवा उत्पादक तथा व्यवसायी संघ महासचिव इन्द्र बुढाथोकीले बताए। नेपालमा प्रशोधन केन्द्र नभएकै कारण भारतीय व्यापारीले त्यसको फाइदा उठाउने गरेका थिए।
अर्को समाचार
अदुवाको निर्यात घट्यो
२४ चैत्र २०७२
•
५ मिनेट पाठ
अदुवाको निर्यात घट्यो
भैरहवा— भैरहवा भन्सारबाट निर्यात हुने कृषिजन्य उत्पादनमा एक नम्बरमा पर्ने अदुवाको निर्यात यस वर्ष निकै घटेको छ । गत आर्थिक वर्षको आठ महिनाको तुलनामा यो वर्ष एक करोडले कम निर्यात भएको हो ।गत आवको आठ महिनामा साढे ६ करोडको अदुवा भारत निकासी भएकोमा चालु आवको सोही अवधिमा यो नाकाबाट पाँच करोडको मात्रै निकासी भयो । आयातको तुलनामा निर्यात नगन्य रहेको कृषिजन्य बस्तुमध्ये बेलहिया नाकाबाट भारत निकासी हुनेमा अदुवा एक नम्बरमा पर्छ ।




विगत दुई वर्षदेखि अदुवाको निकासी पनि ओरालो लागेको छ । अघिल्लो आव २०७०÷०७१ को दोस्रो चौमासिकमा २२ करोड ११ हजार टन अदुवा भारत निकासी भएकोमा गत वर्षको सोही अवधिमा जम्मा ६ करोड ५७ लाख ३९ हजारको निकासी भएको थियो । यो वर्ष निकासी अझै घटेको छ । साउनदेखि फागुनसम्मका आठ महिनामा पाँच करोड ८१ लाख ९५ हजारको दुई हजार ४८ मेट्रिक टन अदुवा भारत निकासी भएको क्षेत्रीय प्लान्ट क्वारेन्टाइन कार्यालय बेलहियाले जनाएको छ ।

भैरहवास्थित बेलहिया नाका सबैभन्दा धेरै अदुवा निकासी हुने नाका हो । पश्चिमाञ्चलको पाल्पा, गुल्मी, अर्घाखाँची, नवलपरासीको पहाडी भेग, सल्यान, दाङ, तनहुँ लगायत जिल्लाका किसानद्वारा उत्पादित अदुवा बेलहिया नाका हुँदै भारत निर्यात गरिन्छ । यो नाकाबाट विगत दुई वर्षदेखि अदुवाको निकासी ओरालो लागेको अधिकृत उमाशंकर पाठकले बताए । गत वर्ष नेपालमा उत्पादन राम्रो नहुँदा अदुवाको निकासी घटेको थियो भने यो वर्ष भारतमै उत्पादन बढेकाले निकासी घटेको व्यापारी बताउँछन ।

औषधीय गुण भएको अदुवालाई भारतमा प्रशोधन तथा औद्योगिक उत्पादनमार्फत बहुउपयोगी पाउडर, लिक्विड तथा पेस्ट बनाएर विभिन्न औद्योगिक उत्पादनमा प्रयोग गर्न तेस्रो मुलुक निर्यात गरिने जानकार बताउँछन् । अन्तर्राष्ट्रिय जगतमै अदुवाजन्य उत्पादनको माग बढ्न थालेपछि भारतले पछिल्ला वर्षमा अदुवा उत्पादनलाई जोड दिँदै किसानलाई अनुदान दिन थालेपछि भारतमै अदुवा उत्पादन बढेकाले नेपाली अदुवा निकासी घटेको भलवारीका अदुवा व्यापारी निरज जयसवालले बताए । आफ्नो उत्पादन बढेपछि भारतीय व्यापारीले नेपाली अदुवाको मूल्य निकै कम तोकेकाले निकासी प्रभावित भएको जैसवाललको भनाइ छ ।

नेपालमा प्रशोधनजन्य उद्योगको अभावमा किसानले कच्चा पदार्थको रुपमा सस्तोमा अदुवा भारत निकासी गर्न बाध्य भएको सिद्धार्थनगर उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष कुलप्रसाद न्यौपानले बताए । अदुवा, दालचिनी लगायत पहाडी जिल्लामा उत्पादन हुने मसला तथा औषधिजन्य जडीबुटी भैरहवासम्म ल्याएर प्रशोधन गरी भारत तथा तेस्रो मुलुक निकासी गर्न सकिने सम्भावना रहेको न्यौपानेको भनाइ छ ।

त्यस्ता उद्योग स्थापनाको सम्भावना भए पनि राजनीतिक अस्थिरता, विद्यमान ऊर्जा संकट लगायत समस्याले स्थापनाको प्रक्रियामा रहेका उद्योगको सञ्चालनमा समेत ढिलाइ भइरहेको उनले बताए ।

रुपन्देही तथा आसपासका जिल्लामा त्यस्ता उद्योग सञ्चालन गरे त्यसबाट पश्चिम नेपालको पहाडी र तराइमा उत्पादित अदुवाले स्वदेशमै राम्रो बजार पाउने र सस्तोमा भारत निर्यात भइरहेको अदुवालाई प्रशोधन तथा मसलाजन्य बस्तुको रुपमा बढी मूल्यमा निकासी गर्न सकिने व्यवसायीको भनाइ छ ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस