काठमाडौं-ढल्केबर–मुजफ्फरपुर ४ सय केभी अन्तरदेशीय प्रसारण लाइन निर्माणमा सरकार जिम्मेवार नबन्दा बिजुली नबाली भारतलाई झन्डै साढे २ अर्ब रुपैयाँ तिर्नुपर्ने भएको छ ।
सरकारले उक्त प्रसारण लाइनबाट २५ वर्षसम्मका लागि १ सय ५० मेगावाट बिजुली किन्न २०६८ मंसिर २७ मा सम्झौता गरेको थियो । अहिलेसम्म प्रसारण लाइन नबन्दा कबोल गरेको बिजुली किन्न नसकेकाले उक्त रकम तिर्नुपर्ने भएको हो ।
तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराई भारत भ्रमणमा जाँदा नेपालमा ऊर्जा संकट देखिएको भन्दै सुरुमा ५ रुपैयाँ ६० पैसा (३.५० भारु) प्रतियुनिटमा उक्त परिमाणको बिजुली किन्ने सम्झौता भएको थियो । सम्झौताको अन्तिम वर्षसम्म मूल्यमा वृद्धि भएर प्रतियुनिट ९ रुपैयाँसम्म पुग्ने उल्लेख छ ।
नेपाल विद्युत प्राधिकरणका तत्कालीन निमित्त कार्यकारी निर्देशक रामेश्वर यादव र भारतीय ऊर्जा दलाल कम्पनी (पिटिसी) का प्रतिनिधिले सम्झौतामा हस्ताक्षर गरेका थिए । तत्कालीन ऊर्जा सचिव बालानन्द पौडेलले लिन कबोल गरिएको बिजुली अहिलेको बजार मूल्यको तुलनामा निकै सस्तो रहेको बताएका थिए ।
दबाब दिएर पूर्वाधार संरचना बनाउन सरकारले जोड नदिँदा राज्यलाई अनावश्यक आर्थिक भार थपिएको छ । बिजुली अभाव भएको हालको अवस्थामा सम्झौताको बिजुली किन्न सकेको भए लोडसेडिङको भयावह अवस्था उत्पन्न हुने थिएन ।
प्रसारण लाइन निर्माण २०७० चैतसम्म पूरा गर्ने र ढल्केबरमा ४ सय केभीको सबस्टेसन निर्माण गर्ने योजना थियो । सोही लक्ष्यका आधारमा प्रसारण लाइनलगायत संरचना तयार गरी २०७१ चैतदेखि नै 'टेक अर पे' (लेऊ या तिर) मा बिजुली किन्ने सम्झौता थियो । तर, अहिलेसम्म प्रसारण लाइन बन्न सकेको छैन । बिजुली किन्ने सम्झौता मिति अहिलेसम्म करिब ९ महिना ढिलो भइसकेको छ । कामगराइको यही अवस्थाले प्रसारण लाइन कहिले बन्छ, कहिलेसम्म यस्तो क्षतिपूर्ति तिर्नुपर्छ भन्ने टुंगो छैन ।
प्रसारण लाइन नबनेर बिजुली ल्याउन नसकेपछि सरकार तथा प्राधिकरणले क्षतिपूर्तिबापत मासिक करिब ३२ करोड रुपैयाँ तिर्नुपर्नेछ । यसअघि समयमा पूर्वाधार नबने सम्झौताअनुसारको बिजुली उतै बेच्ने योजना बनाएको थियो । तर, अहिलेसम्म सम्झौताको बिजुली उतै बेचिएको वा नबेचिएको भन्नेबारे प्राधिकरणले केही जानकारी दिएको छैन ।
कुल बिजुली खरिदबापतको क्षतिपूर्ति वा शुल्क मासिक ६४ करोड रुपैयाँ तिर्नुपर्छ । तर, सम्झौताको ५० प्रतिशत 'क्यापासिटी चार्ज' (क्षमता शुल्क) भने अनिवार्य रुपमा पिटिसीलाई बुझाउनुर्ने प्राधिकरणकै अधिकारी बताउँछन् । प्रतियुनिट ५ रुपैयाँ ६० पैसामा खरिद गर्ने बिजुलीको ५० प्रतिशत (२.८० रुपैयाँ) 'चार्ज' तिर्दा प्राधिकरणले मासिक करिब ३२ करोड रुपैयाँ तिर्नुपर्छ ।
प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले भने यसबारे अहिले केही कुरा नभएको नागरिकलाई बताए । 'तत्काल ४ सय केभीमा प्रसारण लाइन बन्दैन, १ सय ३२ केभीमा चार्ज गर्ने गरी काम भइरहेको छ,' उनले भने, 'सम्झौताअनुसारको बिजुली किन्ने विषय पछाडि सारिएको छ ।'
प्रसारण लाइन कहिलेसम्म पूरा हुने र सम्झौताको बिजुली किन्ने भन्नेमा पनि काफ्लेले कुनै प्रतिक्रिया दिएनन् । वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक रामचन्द्र पाण्डेयले भने प्रसारण लाइन ढिलो बने वा किन्न नसके उतै बेच्ने प्रावधान रहेको जानकारी दिए ।
'ठेकेदारले सन् २०१५ को सेप्टेम्बरसम्म काम सक्ने जानकारी दिएको छ,' उनले भने, 'उक्त मितिमा काम नसकिए समस्या हुँदैन तर पिटिसीलाई ५० प्रतिशत क्यापासिटी चार्ज भने तिर्नुपर्छ ।'
पाण्डेयका अनुसार दुई देशबीच यसरी सम्झौता हुँदा किन्न कबोल गरेको बिजुली नकिने प्रतियुनिट खरिद दरको औसत ५० प्रतिशतसम्म 'ह्विलिङ चार्ज' वा 'क्यापासिटी चार्ज' तिर्नुपर्ने अन्तर्राष्ट्रिय मान्यता छ । यद्यपि, १ सय ३२ केभीमै सञ्चालन गर्ने गरी प्रसारण लाइनको करिब ९५ प्रतिशत काम सकिएको छ ।
तराई आन्दोलन र भारतले गरेको नाकाबन्दीका कारण प्रभावकारी रुपमा काम हुन नसकेको पावर ट्रान्समिसन कम्पनी नेपाल (पिटिसिएन) का प्रमुख अशोककुमार पण्डितले बताए । 'एउटा टावर निर्माणको काम बाँकी छ, अन्य काम सकिएकोछ,' उनले नागरिकसँग भने, 'केही ठाउँको जग्गा विवाद र आन्दोलनले काम अघि बढेको छैन, माघ दोस्रो सातासम्म काम सक्ने लक्ष्य राखिएको छ ।'
प्राधिकरणले तराई आन्दोलनका कारण काम अघि बढ्न नसकेको तर्क गरे पनि ठेक्का सम्झौताअनुसार आयोजना यसअघि नै सम्पन्न हुनुपर्ने थियो । ऊर्जा मन्त्रालयको दबाब र संयन्त्र परिचालन नहुँदा अहिलेसम्म प्रसारण लाइन बन्न नसकेको हो ।
सम्झौताअनुसारको बिजुली किन्न नसके पनि माघ दोस्रो सातासम्म १३२ केभी चार्ज गर्ने मिल्ने गरी अन्तरदेशीय प्रसारण लाइन बन्ने र त्यहाँबाट ९० मेगावाट बिजुली किन्ने काफ्लेले बताए । 'यो सम्झौताभन्दा बाहिरको बिजुली हो, यति भएपछि लोडसेडिङ थप बढ्न सक्दैन,' उनले भने । तर, मधेसी मोर्चाले गर्दै आएको लगातार बन्दका कारण काम नहुँदा उक्त परिमाणको बिजुली पनि आउने सम्भावना देखिन्न ।
प्राधिकरणका अनुसार उक्त बिजुली उतै बेच्दा पनि घाटा नहुन सक्छ तर भारतीय बजारमा बिजुलीको मूल्य घटबढमा निर्भर हुने प्राधिकरणका अधिकारी बताउँछन् । किन्न कबोल गरेको बिजुली भारतमै बेचिदिन सक्ने हुँदा क्यापासिटी चार्ज र मूल्यमा भएको घटबढको जिम्मेवार सरकार वा प्राधिकरण नै हुनुपर्नेछ ।
भारतीय बजारमा अहिले प्रतियुनिट खुद्रा मूल्य १.७७ देखि ६.५६ भारु छ । बिजुलीको मूल्य सबैभन्दा कम झारखण्ड र सबैभन्दा बढी पश्चिम बंगालमा छ तर नेपालले लिन कबोल गरेको बिजुली भारतमै बेचेको भए कतिमा बेचिएको वा नबेचिएको भन्ने जानकारी प्राधिकरणसँग छैन । सम्झौता कार्यान्वयनकर्ता ऊर्जा मन्त्रालयसमेत यसबारे अनभिज्ञ छ ।
प्रसारण लाइनको नेपाल खण्ड निर्माण गर्न सन् २०१२ मा भारतीय टाटा पावर र भारततर्फ सिपिटिसी कम्पनीसँग सम्झौता भएको थियो । नेपाल खण्डमा १ सय ११ र भारततर्फ २ सय ३७ टावर निर्माण गर्नुपर्छ । भारततर्फ पनि अधिकांश काम सकिएको तर त्यो १ सय ३२ केभीमा मात्र चार्ज गर्न मिल्ने पण्डितले बताए ।
पिटिसिएनमा प्राधिकरणको ५०, भारतको ग्रिड कर्पोरेसनको २६, जलविद्युत लगानी तथा विकास कम्पनीको १४ र भारतकै आइइडिसिएलको १० प्रतिशत सेयर छ । यसैगरी, भारततर्फको सिपिटिसी कम्पनीमा प्राधिकरणको १० प्रतिशत सेयर छ, बाँकी भारतीय कम्पनीकै । उक्त अन्तरदेशीय प्रसारण लाइनबाट १ हजार २ सय मेगावाटसम्म बिजुली प्रवाह हुन सक्छ ।