नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेशले सवारी कर वृद्धिको विरोधमा गाडी सञ्चालन नगर्ने घोषणा गरेको छ। महासंघ गण्डकी प्रदेशले बुधबार एक विज्ञप्ती जारी गर्दै प्रदेश सरकारले अन्यायपूर्ण कर वृद्धि गरेको विरोधमा यहि साउन २२ गते आइतबारदेखि सवारी साधन सञ्चालन नगर्ने घोषणा गरेको हो। उसले सो दिनदेखि आफू मातहत रहेका सम्पूर्ण गाडीहरु घर/ग्यारेजमा थन्काउने बताएको छ।
यसअघी यातायात व्यवसायीलाई सरकारले साठी प्रतिशत कर छुट दिदै आएको थियो। सो करछुट बापत व्यवसायीले विद्यार्थी, वृद्धवृद्धा, जनआन्दोलनका घाइते, अपाङ्गता भएकालगायतलाई छुट दिदै आएको थियो। तर प्रदेश सरकारले यस वर्षदेखि यसअघि दिदै आएको साठी प्रतिशत कर छुटलाई घटाएर ३३ प्रतिशतमा झारेपछि यातायात व्यवसायीहरु विरोधमा उत्रिएका हुन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेशका संयोजक केदार पौडेलका अनुसार यस वर्ष कर छुटको प्रतिशत घट्दा प्रति गाडी ७ हजार कर बृद्धि भएको छ। जुन अव्यवहारिक र अन्यायपूर्ण भएको उनले बताए।
व्यवसायीले कर छुट कटौति गर्ने हो भने आफूहरुलेपनि विद्यार्थी, वृद्धवृद्धा, जनआन्दोलनका घाईते, अपाङ्गता भएकाहरुलाई दिदै आएको छुटपनि कटौति गर्न पाउनुपर्ने माग गरेका छन्। हामीले विद्यार्थीलगायतलाई दिइएको छुट कटौति गर्न पाउनुपर्यो भनेका छौं,उनले भने। तर मन्त्रालय वार्ता गर्न नै चाहँदैन। त्यसैले अन्य सबै विकल्प नभटेपछि बाध्य भएर गाडी थन्काउने निर्णय गरेका हौं।’ उनले प्रदेश सरकारले आफूखुसी निर्णय गरेर समस्या ल्याएको तर समाधानका लागि जिम्मेवारपूर्वक प्रस्तुत नभएको आरोप लगाए। हामी वार्ताबाटै समस्याको समाधान गर्न चाहन्छौं तर सरकार गम्भीर र जिम्मेवार बनेन’–उनले थपे।
महासंघले पहिलो चरणमा घर/ग्यारेजमा गाडी थन्काउने र त्यति गर्दापनि बेवास्ता गरेर समस्याको समाधान नखोजे प्रदेश बन्द गर्ने चेतावनी दिएको छ। महासंघले बुधबार जारी गरेको विज्ञप्तीमा भनिएको छ, आन्दोलनको भावना विपरित माग सम्बोधन नभएको खण्डमा अनिश्चितकालीन प्रदेश बन्द गर्न बाध्य हुने कुरासमेत यो अपिलमार्फत जानकारी गराउन चाहन्छौं।’
महासंघले नीजि, पर्यटनलगायतका सवारी साधन सञ्चालन गर्ने आम नागरिकलाईपनि आन्दोलनमा ऐक्यबद्धता जनाउन अपिल गरेको छ। सरकारले कुनैपनि बेला कुनैपनि पक्षलाई करको अव्यवहारिक बोझ बोक्न बाध्य बनाउन सक्ने देखिएकाले त्यसकाबिरुद्ध थालिएको आन्दोलनमा सहभागिता जनाउन भन्दै महासंघले अपिल गरेको हो।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेशले बुधबार जारी गरेको विज्ञप्ती।
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।
सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए।
राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...