काठमाडौं- राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले दुईथान ठूला आकार (वाइड बडी) जहाज खरिद गर्न आवश्यक २५ अर्ब रुपैयाँ जुटाइदिन सरकार गुहारेको छ। निगमले लामो दुरीमा अन्तर्राष्ट्रिय उडान गर्न एक वर्षभित्र दुईथान वाइड बडी जहाज ल्याउने तयारी तीव्र बनाएपछि रकमको जोहो गरिदिन सरकार गुहारेको हो। रकमको जोहो भएपछि मात्र अन्तर्राष्ट्रिय बोलपत्र (ग्लोबल टेन्डर) आह्वान गर्ने तयारी निगम व्यवस्थापनको छ। निगमले इतिहासमै पहिलो पटक वाइड बडी जहाज खरिद गर्न लागेको हो।
'दुईथान वाइड बडी जहाज खरिद गर्न आवश्यक २५ अर्ब रुपैयाँ सहुलियत ऋण स्वरूप उपलब्ध गराइदिन अथवा पुँजी लगानी गरिदिन सरकारलाई अनुरोध गरेका छौं,' निगमका कर्पोरेट डाइरेक्टर तथा प्रवक्ता रामहरि शर्माले सोमबार नागरिकसँग भने, 'निगम सञ्चालक समितिले रकमबारे सरकारलाई आग्रह गर्ने निर्णय गरेपछि सरकारलाई पत्राचार गरेका हौं।'
निगम सञ्चालक समितिले दुईथान वाइड बडी खरिद गर्न आवश्यक २५ अर्ब रुपैयाँ जुटाउन सरकारलाई आग्रह गर्ने निर्णय गरेपछि व्यवस्थापनले सोमबार तालुक मन्त्रालय संस्कृति, पर्यटन तथा नागरिक उड्डयनलाई पत्राचार गरेको शर्माले जानकारी दिए। पर्यटन पुगेको पत्र त्यहाँबाट अर्थ मन्त्रालय जाने निगमले जनाएको छ।
'हाम्रो अनुरोधलाई सरकारले सकारात्मक लिँदै चाँडै रकम जुटाउन पहल गरिदिने विश्वास छ,' प्रवक्ता शर्माले भने, 'रकमको टुंगो लाग्नासाथ हामी ग्लोबल टेन्डर आह्वान गर्छौं। टेन्डर तयारीको काम पनि तीव्र गतिमा अगाडि बढिरहेको छ।'
निगमले युरोपेली जहाज निर्माता कम्पनी एयरबसमा उत्पादित २ सय ६० सिट क्षमतायुक्त 'ए३३०–२००' सिरिजका दुईथान जहाज ल्याएर लामो दुरी (लङ हल) गन्तव्यमा उडान गर्ने उद्देश्य लिएको छ। निगमले पछिल्लो पटक खरिद गरी ल्याएका १ सय ५८ सिट क्षमतायुक्त 'ए३२०–२००' सिरिजका दुईथान जहाज पनि एयरबसमै उत्पादन भएका हुन्।
निगमका उच्च अधिकारीहरूले अनुमान गरेझैं काम अगाडि बढ्यो भने आगामी एक वर्षभित्र एउटा वाइड बडी जहाज काठमाडौं अवतरण हुने उनीहरूको दाबी छ। वाइड बडी आएपछि पहिलो उडान जापानको टोकियो वा दक्षिण कोरियाको सोलमध्ये एकमा हुने निगमको व्यापारिक योजना छ। निगमले खरिद गर्न लागेको वाइड बडी जहाज ए३३०–२०० ले एकतर्फी सिधा नौदेखि १० घन्टा 'नन्स्टप' उडान गर्न सक्छ।
पहिलो जहाज आएको बढीमा तीनदेखि चार महिनाभित्र अर्को वाइड बडी ल्याउने तयारी पनि निगमले गरिरहेको छ। ग्लोबल टेन्डर आह्वान गर्दा जहाज निर्माता कम्पनी एयरबस, जहाज भाडामा दिने लिजिङ कम्पनी, अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलगायतले सहभागिता जनाउन पाउने उनले बताए।
एयरबसकै ए३३०–२०० सिरिजको जहाज भएका कारण एयरबस कम्पनी आफैं पनि टेन्डरमा सहभागी हुन पाउने छ भने लिजिङ कम्पनी वा अन्य वायुसेवा कम्पनी पनि प्रतिस्पर्धामा उत्रिन सक्ने प्रवक्ता शर्माले बताए। निगमले सकेसम्म सन् २०१४ भन्दा यता उत्पादन भएका ए३३०–२०० जहाज खरिद गर्ने सर्त राख्ने जनाएको छ।
दुईथान वाइड बडी खरिद गर्न आवश्यक २५ अर्ब रुपैयाँ स्वदेशमै जुटाउने प्रयास निगमले गरिरहेको छ। कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोषलगायत वित्तीय संस्थासँग रकमका लागि कुराकानी अगाडि बढेको तथा विदेशी वित्तीय संस्थाबाट ऋण लिने विकल्प पनि अगाडि सारिएको निगमको भनाइ छ।
निगमले विगतमा बेलायतको लन्डन, फ्रान्सको पेरिस, जर्मनीको फ्र्यांकफर्ट, जापानको ओसाका, चीनको सांघाई लगायत लङ हल गन्तव्यमा उडान गरिसकेको छ। वाइड बडी खरिद गर्न सम्बद्ध सबै निकायबाट सहयोग र समर्थन प्र्राप्त भइरहेको निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले बताउँदै आएका छन्।
दुईथान वाइड बडी काठमाडौं आएर उडान गर्न थालेपछि लगत्तै अर्को दुईवटा सानो आकार (न्यारो बडी) का ए३२०–२०० जहाज पनि खरिद गर्ने निगमको योजना छ। यति गर्न सके अन्तर्राष्ट्रिय उडान गर्न आठथान जहाज हुनेछन् भने मुलुकको उड्डयन बजारको १६ प्रतिशत हिस्सा ओगट्न सकिने लक्ष्य निगमको छ।
निगमका अनुसार टोकियो र सोलका लागि सातामा तीन/तीन उडान गर्ने गरी तालिका बनाइएको छ। जापान र कोरियापछि साउदी अरबको दम्माम, चीनको सांघाई र अस्ट्रेलियाको सिड्नी उडान गर्ने योजना छ। दम्माम र सांघाई सिधै उडान गरिने तथा सिड्नी जान भने सिंगापुरको चांगी अन्तर्राष्ट्रिय विमानस्थललाई 'ट्रान्जिट' बनाइने छ।
निगमले वाइड बडी जहाज आएको बढीमा दुई साताभित्र व्यापारिक उडान गर्ने गरी काम गरिरहेको दाबी गरेको छ। यसअघि ए३२०–२०० जहाज ल्याउँदा पाइलट अभावका कारण उडान गर्न ढिलाइ गरेको थियो। आफ्नै पाइलट तयार नभइन्जेल डेढदेखि दुई वर्षसम्म विदेशी पाइलट भाडामा लिएर वाइड बडी उडाजउने योजना उसको छ भने क्याप्टेन (कमान्डर) र प्रशिक्षक पाइलट (आइपी) मात्र विदेशी लिएर को–पाइलट आफ्नै राख्ने जनाएको छ।
निगमसँग हाल अन्तर्राष्ट्रिय उडान गर्न अमेरिकी जहाज निर्माता कम्पनी बोइङमा उत्पादित १ सय ९० सिट क्षमतायुक्त दुईथान 'बि७५७' र एयरबसमा उत्पादित १ सय ५८ सिटयुक्त 'ए३२०–२००' दुईथान छन्। तीमध्ये बि७५७ करिब तीन दशक पुराना हुन् भने ए३२० खरिद गरेको करिब एक वर्ष हुन लागेको छ। ती जहाजबाट भारतका नयाँदिल्ली, मुम्बई र बैंगलोर, कतारको दोहा, थाइल्यान्डको बैंकक, मलेसियाको क्वालालम्पुर तथा हङकङ उडान गरिरहेको छ।