कृष्णनगर भन्सारमा ९३ प्रतिशत मात्र राजस्व संकलन
१९ साउन २०७९
•
२ मिनेट पाठ
कृष्णनगर भन्सारमा ९३ प्रतिशत मात्र राजस्व संकलन
देशकै प्रमुख १० भन्सार मध्ये जिल्लाको कृष्णनगर भन्सारमा गत आर्थिक वर्ष २०७८÷०७९ मा तोकिएको लक्ष्यको ९३ दशमलव ४६ प्रतिशत मात्र राजस्व संकलन भएको छ। भन्सारमा गत आर्थिक वर्ष ५ अर्व ४३ करोड ४४ लाख ३७ हजार रुपैँया राजस्व संकलन भएको हो।  




गत आवका लागि भन्सारलाई ५ अर्व ८१ करोड ४८ लाख ८१ हजार रुपैँया लक्ष्य तोकिएको थियो। गत आर्थिक वर्ष २०७७÷०७८ मा लक्ष्य भन्दा ७ प्रतिशत बढी  ५ अर्व २७ करोड ५ लाख ५६ हजार रुपैँया राजस्व संकलन भएको थियो। भन्सार नाकाबाट चामल फलफुल , खरानी, जिप्सम, आइरन डस्ट आयातबाट सबैभन्दा बढी राजस्व उठ्ने गरेको भन्सार कर्मचारीहरु बताउछन्। यस्तै कोइला, जिरा चामल र कनिका, गहुँ, खसीबोका, फलफूल, तरकारी, कपडा, जुत्ताचप्पल र औद्योगिक मेसिनरीका पाटपूर्जा आयातबाट पनि राजस्व संकलन हुने गरेको छ।  

कपिलवस्तुको कृष्णनगर भन्सारबाट बर्षेनी आयात बढ्दै गएको छ। गत आर्थिक बर्ष ०७८÷०७९ मा २६ अर्व ८१ करोड ३८  लाख ९४ हजार ५५ रुपँैयाको सामान सो भन्सारबाट आयात भएका छन्। आर्थिक बर्ष ०७७÷०७८ मा २४ अर्व ५० करोड ८६ लाख रुपैँयाको सामान आयात भएको थियो। भन्सार प्रमुख जर्नादन पौडेल अनुसार भारतबाट आयात हुने सामानहरु निरन्तर बढ्दै गएको हो। आयातको तुलनामा निर्यात भने निकै कम हुने गरेको छ। सो भन्सार हुँदै भारततर्फ ५४ करोड ४६ लाख ३० हजार ३३२ रुपैँयाको सामान निर्यात भएको छ। अघिल्लो आर्थिक वर्ष भने ३३ करोड २२ लाख १३ हजार रुपैँयाको नेपाली सामान निर्यात भएको थियो।  

आयात मध्ये सबैभन्दा बढी चामल मात्र ६ अर्व ३३ करोड १४ लाख रुपैँयाको चामल आयात भएको छ।  अघिल्लो आर्थिक वर्ष भने ३ अर्व ५४ करोड ६३ लाख रुपैँयाको चामल नेपाल भित्रिएको थियो। यस्तै फलफुल २ अर्व ९६ करोड ५० लाख ३४ हजार रुपैँयाको आयात भएको छ। एमएस बिलेट २ अर्व १६ करोड ७७ लाख ६६ हजार रुपैँयाको भित्रिएका छन्। 

कोईला १ अर्व ५५ करोड ३० हजार, खाली सिसा बोतल १ अर्व २० करोड ३४ लाख रुपैँया,फ्लाईस १ अर्व ७३ लाख रुपैँयाको आयात भएका छन्। जिप्सन ८६ करोड ६८ लाख, बयाट्री माल्ट ८१ करोड २७ लाख रुपैँया, आईरन आरे फाइन ५८ करोड २७ लाख रुपैँया, मुंगफली दाना ५३ करोड रुपैँया बढीको आयात भएका छन्। 

भारततर्फ २६करोड २३ लाख रुपैँयाको रोजीन निर्यात भएको भन्सार प्रमुख जर्नादन पौडेलले बताए। १४ करोड ८० लाख रुपैँयाको प्लाईउड, टरपेनटाईत आयल ५ करोड ६२ लाख रुपैँया, मुस्टार्ड सामान १ करोड २३ लाख रुपैँया, सुगन्ध कोकिला मार्क १ करोड १५ लाख रुपैँया, फेल्ट बालर ८७ लाख ४२ हजार रुपैँया, काठका सामाग्री ५८ लाख २३  हजार रुपैँया, काठका कचौरा ३९ लाख ८४ हजार रुपैँयाका सामाग्रीहरु भारत पठाइएको छ। 

‘आयत निरन्तर बढिरहेको छ, निर्यात बढे पनि त्यो संतोषजनक छैन’ प्रमुख पौडेलले भने, ‘भन्सार असुलीको हिसाबले ठीक हो, तर समग्र राष्ट्रको उत्पादनमा भने परनिर्भता झनै बढिरहेको देखिन्छ’। आयात भएका सामानहरुमा व्यक्तिहरु भारतीय बजारबाट किनेर झोलामा ल्याएका सामानहरुको मूल्य समावेश नभएको पौडेलले बताए। यो समेत जोड्ने हो भने आयातको रकम झनै बढनेछ। 
अर्को समाचार
गण्डकी प्रदेशको बजेट ३० अर्ब बढी
०१ असार २०७८
•
१ मिनेट पाठ
गण्डकी प्रदेशको बजेट ३० अर्ब बढी
गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७८/०७९ का लागि ३० अर्ब रुपैयाँ बढीको बजेट ल्याएको छ। प्रदेश सरकारका तर्फबाट मंगलबार प्रदेशसभा बैठकमा अर्थ मन्त्रालयको समेत सम्हालेका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कुल ३० अर्ब ३ करोड ९४ लाख २७ हजार रुपैयाँको बजेट घोषणा गरेका हुन् । यो चालु आर्थिक वर्षको बजेट भन्दा ५ अर्ब ६८ करोड १८ लाख रुपैयाँले कम हो । प्रदेश सरकारले चालु आर्थिक वर्षमा ३५ अर्ब ७२ करोड १२ लाख रुपैयाँको बजेट ल्याएको थियो ।




सरकारले आगामी आर्थिक वर्षमा चालुतर्फ १३ अर्ब ६ करोड  ४७ लाख ९४ हजार र  पूँजीगततर्फ १६ अर्ब ७३ करोड ४६ लाख ३३ हजार रुपैयाँ विनियोजन गरेको छ भने वित्तीय ब्यबस्थापनतर्फ २४ करोड विनियोजन प्रस्ताव गरिएको छ । कुल बजेटमा पूँजीगततर्फ विनियोजित रकम  ४३.५ प्रतिशत, चालु खर्चतर्फ ५५.७ प्रतिशत र वित्तीय ब्यबस्थापनतर्फ ०.८ प्रतिशत रहेको छ ।

बजेटमा आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान ७ अर्ब ४२ करोड २८ लाख रुपैयाँ र सशर्त अनुदान ४ अर्ब १८ करोड ४३ लाख रुपैयाँ हुने उल्लेख छ । यसैगरी समपूरक अनुदान ८७ करोड ३६ लाख, विशेष अनुदान ५४ करोड ९० लाख, राजस्व बाँडफाँटबाट प्राप्त हुने ७ अर्ब ६२ करोड ७० लाख, रोयल्टी बापत प्राप्त हुने ३० करोड, आन्तरिक राजस्वबाट प्राप्त हुने ४ अर्ब ९८ करोड २७ लाख २७ हजार रहेको बजेटमा उल्लेख छ ।

सरकारले सोमबार प्रस्तुत गरेको आर्थिक वर्ष २०७८/७९ को बजेट ४ अर्ब १० करोड घाटा बजेट हो । सो घाटा बजेट चालु आर्थिक वर्षमा खर्च हुन नसक्ने अनुमान गरिएको २ अर्ब १० करोडको मौज्दात रकमबाट पूर्ति गरिने मुख्यमन्त्री पोखरेलले उल्लेख गरे । त्यस्तै बाँकी २ अर्ब घाटा बजेट आन्तरिक ऋणबाट १ अर्ब र एक अर्ब नेपाल सरकारबाट ऋण लिएर पूर्ति गरिने उनले बताए ।
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock २० मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस