बेतन-कर्णाली जलविद्युत् आयोजना: निर्माण पूर्वका तयारी पूरा
१९ साउन २०७९
•
३ मिनेट पाठ
बेतन-कर्णाली जलविद्युत् आयोजना: निर्माण पूर्वका तयारी पूरा
४३९ मेगावाट क्षमताको बेतन कर्णाली अर्धजलाशययुक्त जलविद्युत् आयोजनास्थल।
४३९ मेगावाट क्षमताको बेतन कर्णाली अर्धजलाशययुक्त जलविद्युत् आयोजनाले निर्माण पूर्वका तयारी पूरा गरेको छ। आयोजनाले वातावरणीय प्रभाव मूल्याङ्कन सम्पन्न गर्नुका साथै प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि मुआब्जा दिने तयारी थालेको छ। आयोजनाले साउन ११ गतेदेखि प्रभावित क्षेत्रमा पर्ने सुर्खेत र अछामका चार वटा पालिकामा वातावरणीय प्रभाव मूल्याङ्कनको अन्तिम सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ।  




आयोजनाको प्रवद्र्धक बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी लिमिटेडका प्रमुख उपेन्द्र न्यौपानेले निर्माण पूर्वको सम्पूर्ण तयारी पूरा भएको बताए। ‘पाँच वर्षभित्र विद्युत उत्पादन गर्ने लक्ष्यका साथ आयोजना निर्माणको काम सुरु गर्दैछौं,’ बुधबार सुर्खेतको चौकुने गाउँपालिकामा आयोजित प्रभावित क्षेत्रका नागरिकसँगको सार्वजनिक सुनुवाई कार्यक्रममा उनले भने, ‘विद्युत उत्पादनसम्म ८८ अर्ब लगानी अनुमान गरेका छौं।’

कर्मचारी सञ्चयकोषमा रकम जम्मा गर्ने करिव छ लाख सञ्चयकर्ताको सञ्चित रकममा कोषबाट प्राप्त हुने प्रतिफललाई जलविद्युत् क्षेत्रको विकासमा लगानी गर्न कोषले आयोजना निर्माण गर्न लागेको हो।आयोजनाले पहुँचमार्ग अन्तर्गत अछामतर्फबाट १८ किलोमिटर र सुर्खेततर्फबाट १४ किलोमिटर सडक निर्माणको प्रक्रियामा छ। बेस क्याम्प, टेस्ट टनेल, वातावरणीय प्रभाव मूल्याङ्कन, बेलिब्रिज निर्माण र सार्वजनिक सुनुवाईका काम आयोजनाले सम्पन्न गरेको छ। जग्गा अधिग्रहण र मुआब्जा वितरणको काम पनि सुरु गरिएको उनले जानकारी दिए।

कर्णाली र सुदूरपश्चिमलाई छुट्याउने कर्णाली नदीमा बन्ने यो आयोजना अर्धजलासययुक्त हो। आयोजनाको ड्याम (बाँधस्थल) दायाँतर्फ अछामको ढकारी गाउँपालिका–६ र बायाँतर्फको भाग सुर्खेतको चौकुने गाउँपालिका–६ मा पर्छ भने  पावरहाउस (विद्युतगृह) अछामको ढकारी गाउँपालिका–६ को टटालीघाटमा पर्छ।

आयोजना प्रमुख न्यौपानेका अनुसार ४३९ मेगावाट विद्युत मध्ये मुख्य पावरहाउसमार्फत ४३०.२ मेगावाट र वातावरणीय बहावबाट थप ८.८ मेगावाट विद्युत उत्पादन हुनेछ। ‘यसका लागि सुर्खेतको चौकुने गाउँपालिका र अछाको ढकारी गाउँपालिकाबाट बग्ने कर्णाली नदीमा नदीको पिधँबाट करिव ९० मिटर अग्लो बाँध बनाइनेछ,’ आयोजना प्रमुख न्यौपानेले भने, ‘बाँध निर्माणपछि कर्णाली नदीमा ५.४२ किलोमिटर क्षेत्रफलमा १६१६.९ लाख घनमिटर क्षमताको जलासय बन्नेछ।’

सुख्खायाममा ५३६ घरनिटर प्रति सेकेण्ड तथा वर्षाको समयमा ५५१.३३ घनमिटर पानी ९९.१३ मिटरको हेडमार्फत वार्षिक २३६९.८८ गिगावाट घण्टा बराबरको उर्जा उत्पादन हुनेछ। बाँधस्थलमा २०१७.२६, २०११.१५ र २०१७.३९ मिटर लामो आठ मिटर व्यास भएको तीन वटा हेडरेस सुरुङ र १५१.८ मिटर लामो छ वटा टर्वाइनमार्फत पानी खसालेर विद्युत उत्पादन गरिनेछ। विद्युत उत्पादनपछि निस्कने पानीलाई २९६.९२ मिटर लामो छ वटा टेलरेस सुरुङ र ९६.२७ मिटरको खुल्ला नहरमार्फत कर्णाली नदीमै मिसाइने व्यवस्था मिलाइने आयोजना प्रमुख न्यौपानेले जानकारी दिए।

आयोजनाबाट प्रत्यक्ष प्रभावित हुने सुर्खेतको चौकुने गाउँपालिका–६, पञ्चपुरी नगरपालिका–७ र अछामको ढकारी गाउँपालिका–६ र तुर्माखाँद गाउँपालिका–३,४ र ५ वडाका बासिन्दाका लागि रोजगारीका लागि पहिलो प्राथमिकता दिइने उनले बताए। आयोजनाबाट अछाम र सुर्खेतका ३८४ घरपरिवार प्रत्यक्ष प्रभावित हुने देखिएको छ।

‘जसमध्ये जग्गा र घर संरचना दुबै गुमाउने परिवारको संख्या ३३१ छ,’ उनले भने, ‘५३ परिवारले घर संरचना मात्रै गुमाउने छन्।’ आयोजनाका लागि ३३१ घरपरिवारको ६९.२६ हेक्टर निजी जमिन अधिग्रहण हुनेछ भने ३३८ निजी घर संरचनाहरु प्रभावित हुनेछन्,’ उनले भने, ‘आयोजना कार्यान्वयन हुँदा ३५ व्यापार व्यवसाय प्रभावित हुनुका साथै १५ वटा सार्वजनिक संचरनाहरु प्रभावित हुनेछन्।’ आयोजना निर्माण हुँदा तीन वटा झोलुङ्गे पुल, एउटा लघु जलविद्युत आयोजना आठ वटा पानीका धारा र दुई वटा सिंचाई कुलोसहितका सार्वजनिक संरचनाहरु प्रभावित हुनेछन्।

आयोजना निर्माणका लागि कर्मचारी संचयकोषमा रकम जम्मा गर्ने संचयकर्ता कर्मचारीहरुको ४० प्रतिशत, कर्मचारी संचयकोषको १५ प्रतिशत, नेपाल विद्युत प्राधिकरणको १० प्रतिशत, विद्युत उत्पादन कम्पनी लिमिटेडको १० प्रतिशत र सर्वसाधारण नेपालीको २५ प्रतिशत स्वामित्व रहने गरेर बेतन कर्णाली संचयकर्ता हाइड्रोपावर कम्पनी लिमिटेड २०७४ सालमा दर्ता भएको हो। आयोजनाले विद्युत् खरिद सम्झौता (पीपीए) का लागि प्रक्रियाअघि बढाइसकेको छ।
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
१० घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस