काठमाडौं- बंगलादेश, भुटान, भारत र नेपाल सम्मिलित उपक्षेत्रीय सहयोग संगठन (बिबिआइएन) को तेस्रो कार्यदल बैठकले यो क्षेत्रको विकासका लागि महŒवपूर्ण सहमति गरेको छ। साझा विद्युत परियोजना, ऊर्जा व्यापार, अन्तरदेशीय विद्युत प्रसारण लाइनको विकास, एउटै जलाधार क्षेत्रको साझा उपयोगिता र अन्तरदेशीय रेलसेवा विकास गर्ने लक्ष्यसहित चार देशले संयुक्त कार्यदलसमेत गठन गरेका छन्।
बंगलादेशको ढाकामा मंगलबार र बुधबार बसेको बिबिआइएन तेस्रो कार्यदल बैठकले यो क्षेत्रको साझा विकास तथा व्यापारलाई अघि बढाउन कार्यदल गठन गरेको हो। सन् २०१६ को अन्तमा भारतको नयाँदिल्लीमा बस्ने बिबिआइएन कार्यदलको चौथो बैठकले ती मुद्दालाई अन्तिम रुप दिने समझदारी भएको छ।
ढाकामा सम्पन्न बिबिआइएन बैठकमा नेपाली डेलिगेसनको नेतृत्व परराष्ट्र मन्त्रालयको दक्षिण एसिया महाशाखाका प्रमुख सहसचिव प्रकाशकुमार सुवेदी, बंगलादेशी टोलीको नेतृत्व बंगलादेशी विदेश मन्त्रालयको दक्षिण एसिया विभागका महानिर्देशक तारेक आरिफुल इस्लाम, भुटानी टोलीको नेतृत्व भुटानी अर्थ मन्त्रालयको जलविद्युत तथा ऊर्जा विभागका निर्देशक कर्मा दोर्जे र भारतीय टोलीको नेतृत्व भारतीय विदेश मन्त्रालयका सहसचिव अभय ठाकुरले गरेका थिए।
'बिबिआइएनको जलस्रोत तथा व्यवस्थापन र वाणिज्य, पारवहन र केनक्टिभिटी सम्बन्धी कार्यदलको तेस्रो बैठकले महŒवपूर्ण निर्णय गरेको छ,' बैठकमा सहभागी बंगलादेशका लागि नेपाली कार्यवाहक राजदूत सुशीलकुमार लम्सालले टेलिफोनबाट नागरिकसँग भने, 'एउटै जलाधार क्षेत्रको उपयोग कसरी गर्न सकिन्छ, सामूहिक प्रयोजनका लागि साझा जलविद्युत परियोजना विकास कसरी गर्ने, अन्तरदेशीय विद्युत प्रसारण लाइनको विकास र रेलसेवाका क्षेत्रमा महŒवपूर्ण सहमति भएको छ।'
जलस्रोत तथा जलविद्युत व्यवस्थापन अन्तर्गत साझा जलविद्युत परियोजना, ऊर्जा व्यापार, जलाधार क्षेत्रको साझा उपयोगिता र अन्तरदेशीय विद्युत प्रसारण लाइनको विकासका लागि गठित कार्यदललाई कम्तीमा चारमध्ये ३ राष्ट्रले सामूहिक उपयोग र फाइदा हुने गरी योजना बनाउन भनिएको छ। कार्यदलले यी क्षेत्रको अध्ययन तथा अनुसन्धान गरी प्रतिवेदन बुझाउनेछ। प्रतिवेदनका आधारमा योजना तथा परियोजना अघि बढाइनेछ।
कार्यदलले कोसी नदी लगायत चार देशसँग जोडिएका जलाधार क्षेत्रलाई के कसरी सामूहिक हितमा प्रयोग गर्न सकिन्छ भन्ने अध्ययन गर्नेछ। यसका लागि विश्वमा यस्तै योजना कसरी सञ्चालन भएका छन्, तिनको अध्ययन गरिनेछ। नाइल, अमेजन जस्ता धेरै राष्ट्र हुँदै बग्ने नदीलाई कसरी सम्बन्धित क्षेत्रका राष्ट्रले सामूहिक हितमा प्रयोग गरेका छन् भन्ने कार्यदलले अध्ययन गर्नेछ। 'एउटै जलाधार क्षेत्रलाई कसरी सामूहिक हितमा उपभोग गर्न सकिन्छ भन्ने अध्ययन गरी कार्यदलले सुझाव सिफारिस गर्छ,' कार्यवाहक राजदूत लम्सालले भने।
कार्यदलले साझा जलविद्युत परियोजना सम्बन्धमा पनि अध्ययन अनुसन्धान गर्नेछ। साझा जलविद्युत परियोजना कहाँकहाँ निर्माण गर्न सकिन्छ, त्यसमा कसरी लगानी गर्ने, सामूहिक प्रयोग कसरी गर्ने लगायत सुझाव प्रतिवेदनमा समेटिनेछ। साझा जलविद्युत परियोजना निर्माणका लागि मुख्यतः नेपाल र भुटानको अध्ययन गरिनेछ। चार देशमा ऊर्जा व्यापार कसरी गर्न सकिन्छ भन्ने पहिचानसमेत कार्यदलले गर्नेछ।
चार राष्ट्रबीच अन्तरदेशीय विद्युत प्रसारण लाइन कसरी जोड्ने भन्ने विषयलाई छिटो वार्तामार्फत टुंग्याउन ४ वटै देश सहमत भएका छन्। उनले भने, 'विद्युत प्रसारण लाइनले चार देशलाई कसरी जोड्न सकिन्छ भन्ने अध्ययनलाई प्राथमिकतामा राखी अध्ययन अघि बढाउनेछ। यो कार्य तत्काल अघि बढाइनेछ।'
व्यापार तथा पारवहन र कनेक्टिभिटी अन्तर्गत साझा रेल सेवा, बन्दरगाह तथा भन्सार नाका स्थापना कार्यलाई अघि बढाउन चार वटै राष्ट्र सहमत भएका छन्। यसका लागि छलफल अघि बढाउने निर्णय बैठकले गरेको थियो। 'यी क्षेत्रको विकासमा छिटोभन्दा छिटो सम्झौता गर्न वार्ता अघि बढाउने निर्णय भयो,' कार्यवाहक राजदूत लम्सालले जानकारी दिए।
रेलसेवा सुरु भए बंगलादेशबाट तेस्रो देशसँग व्यापार गर्न सकिने उनले जनाए। यसका लागि सम्भावित रुटमा बिरोल–राधिकापुर, रोहनपुर–सिंहबाद, हल्दीबारी–चिलाहटी छन्। बिबिआइएनले सन् २०११ मा कार्य सुरु गरेको हो। यसको पहिलो बैठक ढाकामा भएको थियो। नेपाल सन् २०१५ मा भारतको नयाँदिल्लीमा भएको दोस्रो बैठकबाट यसमा सहभागी भएको हो। यो दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) अन्तर्गतको संगठन होइन।