चितवन–भूकम्पपछि सुस्ताएको चितवनको पर्यटन अझै पनि पुरानो अवस्थामा फर्कन सकेको छैन। संविधान जारी भएसँगै सुरु भएको भारतको अघोषित नाकाबन्दी र लामो समयदेखि चलिरहेको मधेस आन्दोलनले घुम्न आउनेको संख्यामा सुधार हुन नसकेको पर्यटन व्यवसायीहरुको अनुभव छ। यो आर्थिक वर्षको छ महिनामाजम्मा ३२ हजार ३७१ जनाले चितवन निकुञ्ज घुमेका छन्।चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत तथा सुचना अधिकारी नुरेन्द्र अर्यालले दिएको तथ्याङ्क अनुसार गत आर्थिक वर्षको यही अवधि अर्थात ७१ सालको साउनदेखि पुससम्म निकुञ्ज घुम्नेहरु एक लाख सात हजार ८९० जना थिए। सो अवधिको तुलनामा यो वर्ष निकुञ्ज घुम्नेहरु जम्मा २९ दशमलब ९५ प्रतिशत हुन आउँछ।
अर्थात गतवर्षको साउनदेखि पुससम्मको तुलनामा यो वर्षको साउनदेखि पुससम्म निकुञ्ज घुम्ने पर्यटकहरु एक तिहाइ अर्थात ३३ प्रतिशत भन्दा पनि कम भएका छन्। सामान्य अवस्थामा चितवन निकुञ्ज घुम्न आउने पर्यटकको संख्या महिनामा कम्तिमा पनि १० हजार नाघ्थ्यो । यो आर्थिक वर्ष सुरु भएपछि अझैसम्म पर्यटकको संख्या कुनै पनि महिनामा १० हजार पुगेको छैन ।
निकुञ्ज मुख्यालय कसराबाट प्राप्तविवरण अनुसार यो आर्थिक वर्षको कात्तिकमा सवैभन्दा धेरै आठ हजार ७५३ जना पर्यटकले चितवन निकुञ्ज घुमेका छन्। त्यसपछि पुसमा आठ हजार २२ जना र मंसिरमा छ हजार १६७जनाले चितवन निकुञ्ज घुमेका छन्। यो आर्थिक वर्षको अन्य महिनाहरुमा निकुञ्ज घुम्नेको संख्या दुई हजारदेखि चार हजारकोबीचमा मात्रै रहेको छ ।
सामान्य अवस्थामा कात्तिक महिनामा निकुञ्ज घुम्नेहरु सर्वाधिक हुन्छन्। अघिल्लो आर्थिक वर्षको कात्तिक महिनामा निकुञ्ज घुम्नेहरु २५ हजार ७८१ जना थिए। पर्यटक संख्यामा भएको कमीका कारण निकुञ्जले संकलन गर्ने राजश्वपनि घटेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा यो आर्थिक वर्षको छ महिनामा जम्मा २९ दशमलब५९ प्रतिशतमात्रै राजश्व संकलन भएको छ।
चितवन राष्ट्रिय निकुञ्जको मुख्यालयले दिएको विवरण अनुसार यो आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म मुल्य अभिवृद्धि कर (भ्याट) बाहेक कुलचार करोड ११ लाख ३७हजार ८१६ रुपैयाँ राजश्व संकलन भएको छ । अघिल्लो आर्थिक वर्षको छ महिनामा भ्याट बाहेक१३ करोड ८९ लाख ९५ हजार १४२ रुपैयाँ राजश्व संकलन भएको थियो ।
चितवन निकुञ्जले संकलन गर्ने राजश्वको आधा हिस्सा निकुञ्ज आसपासको वस्ती अर्थात मध्यवर्ती क्षेत्रमाखर्च गर्ने परिपाटी छ। अघिल्लो आर्थिक वर्षमा निकुञ्जले २४ करोड रुपैयाँ राजश्व संकलन गरेको थियो। निकुञ्जको आम्दानी घट्दा मध्यवर्ती क्षेत्रमा सञ्चालन हुन संरक्षण शिक्षादेखि विकास निर्माणका कार्यक्रमहरु पनि प्रभावित हुने अवस्था रहन्छ । मध्यवर्ती क्षेत्रमा चितवनसहित, नवलपरासी, मकवानपुर र पर्सा जिल्लाका४५ हजार घरधुरी छन् ।
चितवन राष्ट्रिय निकुञ्ज देशको तेस्रो महत्वपुर्ण पर्यटकीय गन्तब्य हो । निकुञ्जमा रहेको दुर्लभ वन्यजन्तु एकसिंगे गैंडा, पाटे बाघ, घडियालसहित अन्य दुर्लभ जनावर, पंक्षी तथा जलचरहरु हेर्न देश विदेशबाट पर्यटकहरु यहाँ आउने गर्छन् । निकुञ्ज आसपासमा डेढ सयको हाराहारीमा पर्यटकीय होटलहरु छन् ।पर्यटक संख्यमा भएको ह्रासले होटल व्यवसायसमेत नराम्ररी प्रभावित भएको छ ।