कृषकलाई दुई करोड अनुदान
२३ साउन २०७९
•
३ मिनेट पाठ
कृषकलाई दुई करोड अनुदान
भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले आर्थिक वर्ष २०७८/७९ मा करिब दुई करोड रुपैँया अनुदान वितरण गरेको छ।  




केन्द्रद्धारा सञ्चालित विभिन्न कार्यक्रम मार्फत चार सय ३२ कृषक, फार्म, समूह र सहकारीले एक करोड ७९ लाख रुपैँया अनुदान पाएका हुन्। केन्द्रका प्रमुख जीवनप्रसाद आचार्यले दूध, मासु, अण्डा उत्पादन वृद्धी, नश्ल सुधार, पशु बीमा, आहारा, पूर्वाधार निर्माणमा ५० देखि ८५ प्रतिशतसम्म अनुदान दिइएको बताए। 'प्रदेश र सङ्घीय सरकारबाट चार करोड पाँच लाख ८० हजार रुपैँया बजेट विनियोजन भएको थियो', उनले भने, 'तीन करोड ५९ लाख ३६ हजार ३९२ रुपैँया खर्च भएको छ।'  

बेनी नगरपालिकाका ६ वटा वडालाई समेटेर सञ्चालन भएको बाख्राको व्यावसायिक उत्पादन केन्द्र (ब्लक) कार्यक्रमबाट ४३ कृषकलाई बाख्राको खोर निर्माण, मासु पसल सुधार, घाँस काट्ने यन्त्र उपकरण, नश्ल सुधारका लागि बोका र औषधि खरिदका लागि ३४ लाख एक हजार रुपैँया अनुदान उपलब्ध गराइएको छ।  

५२ लाख ५० हजा रुपैँया बजेट बिनियोजन भएको साना पशुपंक्षी तथा मत्स्य व्यावसायिक फार्म स्थापना तथा विस्तार कार्यक्रमका लागि छनौट भएका ४० मध्ये ३८ फार्मले ४९ लाख ८७ हजार ५०० रुपैँया अनुदान पाएका छन्। आठ लाख बजेट विनियोजन भएको डेरी, मासु तथा माछा पसल सुधार कार्यक्रमबाट पाँच फार्मले चार लाख २४ हजार तीन सय ५९ रुपैँया अनुदान पाएका छन्।  

बेनीको दोभान कृषि सहकारी संस्थामा आवद्ध २१ कृषकले गोठ सुधार, दाना र घाँस भण्डारण भवन, उपकरण, क्यान खरिदका लागि १० लाख रुपैँया अनुदान पाएका भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका सूचना अधिकारी गणेश रिजालले बताए। कृत्रिम गर्भाधानबाट जन्मेका २४ वटा पाठा बाच्चा हुर्काए वापत आठ कृषकले दुई लाख ४० हजार रुपैँया अनुदान पाएका छन्।  

१८ लाख रुपैँया बजेट विनियोजन भएको रुपैँया ५० पैसाका दरले १५ लाख ९० हजार रुपैँया अनुदान पाएका छन्। त्यस्तै, ३१ कृषकलाई फार्म यान्त्रिकरण कार्यक्रम मार्फत च्यापकटर, पानी तताउने सोलार लगायत उपकरण खरिदमा १० लाख रुपैँया अनुदान उपलब्ध गराइएको छ।  

२१ लाख रुपैँया बजेट विनियोजन भएको पशुपंक्षी बीमा कार्यक्रम मार्फत २८ हजार दुई सय ३४ पशुपंक्षीको बीमा गरेवापत एकसय १० कृषकले  १७ लाख ७९ हजार रुपैँया अनुदान पाएका छन्। आठ लाख रुपैँया बजेट विनियोजन भएको भैँसी पकेट कार्यक्रम मार्फत मंगला–२ सिमलचौरका २५  कृषकले ‘काउम्याट’ खरिद गर्न सात लाख रुपैँया अनुदान लगेका छन्। अन्नपूर्ण गाउँपालिकाका २३ कृषकले बाख्रा पकेट कार्यक्रमबाट आठ लाख रुपैँया अनुदान पाएका छन्। अनुवांशिक स्रोत संरक्षण कार्यक्रम मार्फत रघुगंगा–७ चिमखोलामा सिनाल बाख्रा र वडा नम्बर २ भगवतिमा बरुवाल भेडापालक १३/१३ कृषकलाई पाँच/पाँच लाख अनुदान उपलब्ध गराइएको छ।  

अन्नपूर्ण गाउँपालिकाको दुवाडीमा भैँसीको र धवलागिरि गाउँपालिकाको गुर्जामा भेडाको घुम्ती गोठ निर्माण गर्न पाँच/पाँच लाख अनुदान दिइएको केन्द्रले जनाएको छ। अन्नपूर्णको घार, रघुगंगाको चिमखोला, मालिकाको अदिभारा र धवलागिरिको मल्कवाङमा पशु स्वास्थ्य शिविर सञ्चालन गरेको केन्द्रले पशुमा पूर्ण खोप कार्यक्रम मार्फत बेनी नगरपालिका र मंगला गाउँपालिकामा ३१ प्राविधिक परिचालन गरेर १२ हजार तीनसय ३४ घरधुरी कृषकका ४८ हजार नौ सय ८५ पशुलाई खोरेत, चरचरे, पिपिआर र रेविज रोग विरुद्धको खोप लगाएको छ। 
अर्को समाचार
नवलपुरका कृषकलाई करिब पाँच करोड अनुदान वितरण गरिँदै
०५ असोज २०८३
•
३ मिनेट पाठ
नवलपुरका कृषकलाई करिब पाँच करोड अनुदान वितरण गरिँदै
कृषि विकास कार्यालय नवलपरासी (बर्दघाट-सुस्तापूर्व) ले करिब रु पाँच करोड अनुदान वितरण गर्नेगरी कृषकसमक्ष प्रस्ताव पेस गर्न आह्वान गरेको छ।  




कार्यालयले विभिन्न १० वटा शीर्षकमा जिल्लाका कृषकलाई अनुदान वितरण गर्ने तयारी गरेको कार्यालयले जनाएको छ। कार्यालय प्रमुख वरिष्ठ कृषि विकास अधिकृत राजेश्वर सिलवालका अनुसार आर्थिक वर्ष २०८३-८४ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार रु चार करोड ७७ लाख ५० हजार बराबरको अनुदान वितरण गर्न लागिएको हो।

कार्यालयले विभिन्न १० वर्ष शीर्षकमा वितरण गर्ने अनुदानका लागि जिल्लाभित्रका कृषक, कृषि फर्म, कृषि कम्पनी, कृषक समूह तथा कृषि सहकारी संस्थाले असोज १३ गतेसम्म प्रस्ताव पेस गर्न सक्ने सिलवालले बताए। कार्यालयले ९५ हेक्टर क्षेत्रफलमा समुदायस्तरमा प्रशोधनयोग्य-खायन आलु उत्पादन प्रवर्द्धन कार्यक्रमका लागि रु एक करोड २३ लाख ५० हजार अनुदान वितरण गर्ने उनले जानकारी दिए।

फलफूल बगैँचा सुदृढीकरण तथा क्षेत्रफल विस्तार कार्यक्रमका लागि कार्यालयले रु ३५ लाख बजेट विनियोजन गरेको छ। जिल्लाको ५० हेक्टर क्षेत्रफलमा खाद्यान्न बाली उत्पादन प्रवर्द्धन कार्यक्रमका लागि रु ५० लाख, १४० हेक्टर क्षेत्रफलमा चैते धान उत्पादन प्रवर्द्धनका लागि रु एक करोड ४० लाख, तेलहन तथा दलहन बाली प्रवर्द्धन कार्यक्रमका लागि रु ५० लाख, ६ हेक्टर क्षेत्रफलमा आत्मनिर्भरताको लागि बीउ उत्पादन प्रवर्द्धन कार्यक्रमका लागि रु नौ लाख, लोकमार्ग तथा करिडोर केन्द्रित कृषि उत्पादन एवम् प्रवर्द्धन कार्यक्रमका लागि रु २० लाख विनियोजन गरिएको सिलवालले बताए।  

रैथाने तथा स्थानीय बाली विकास कार्यक्रमका लागि रु १५ लाख, निर्यातजन्य कृषि वस्तु प्रवर्द्धन कार्यक्रमका लागि रु २० लाख, प्राङ्गारिक कृषि प्रवर्द्धन (सङ्घीय सशर्त) कार्यक्रमका लागि रु १५ लाख अनुदान दिइने गरी प्रस्ताव आह्वान गरिएको उनले बताए। कार्यालयले प्राङ्गारिक कृषि प्रवर्द्धन (सङ्घीय सशर्त) कार्यक्रमका लागि ५० देखि ८५ प्रतिशत अनुदान तथा आत्मनिर्भरताको लागि बीउ उत्पादन प्रवर्द्धन कार्यक्रमका लागि ५० देखि ७५ प्रतिशत अनुदान वितरण गर्ने उल्लेख गर्दै अन्य आठ वटा शीर्षकमा कार्यालयले ५० देखि ९० प्रतिशतसम्म अनुदान वितरण गर्ने कार्यालय प्रमुख सिलवालले जानकारी दिए।

कार्यालयले अनुदान वितरणका लागि मापदण्ड र कार्यविधि तयार पारेको भन्दै सोही परिधिभित्र रहेर अनुदान वितरण गरिने सिलवालले बताए। अनुदानका लागि प्रस्ताव पेस गर्दा तोकिएको ढाँचामा प्रस्ताव फारम भर्नुपर्ने, कृषि फर्म, कम्पनी, कृषक समूह वा कषि सहकारी संस्थाको हकमा दर्ता प्रमाणपत्र तथा पानको प्रतिलिपि एवम् नवीकरण प्रमाणपत्रको प्रतिलिपि र अघिल्लो आर्थिक वर्षको कर चुक्ताको प्रमाणपत्रको प्रतिलिपि पेस गर्नुपर्नेछ। कृषक समूह वा कृषि सहकारी संस्थाको हकमा कार्यक्रममा आवेदन पेस गर्नेसम्बन्धी निर्णय प्रतिलिपि, नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि, जग्गाधनीको लालपुर्जाको प्रतिलिपि वा भाडाको जग्गा भए मापदण्डमा उल्लेख भएअनुसार समायावधी भएको जग्गा करारनामा सम्झौताको प्रतिलिपि तथा सम्बन्धित स्थानीय तहको कृषि शाखा वा कार्यक्रम सञ्चालन हुने थानको वडा कार्यालयको सिफारिस पत्र आवश्यक पर्ने वरिष्ठ कृषि विकास अधिकृत सिलवालले बताए। 
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस