काठमाडौं- राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले कर्मचारी सञ्चय कोषलाई करिब १ अर्ब रुपैयाँ चुक्ता गरेको छ। निगमले गएको नौ महिनामा यो रकम चुक्ता गरेको हो।वायुसेवा निगमले युरोपेली जहाज निर्माता कम्पनी एयरबससँग एक वर्षअघि खरिद गरी ल्याएका दुईथान नयाँ जहाजको रकम सञ्चय कोषसँग ऋण स्वरूप लिएको थियो। निगमले कोषसँग १० अर्ब रुपैयाँ ऋण लिएको थियो। त्यसैको सावाँ र ब्याज गरी नौ महिनामा करिब १ अर्ब रुपैयाँ चुक्ता गरेको हो।
'दुई जहाज खरिद गर्दा लिएको ऋणको तीन किस्ता सावाँ र ब्याज गरी ९३ करोड ८० लाख रुपैयाँ सञ्चय कोषलाई चुक्ता गर्यौंख,' निगमका कर्पोरेट डाइरेक्टर तथा प्रवक्ता रामहरि शर्माले बुधबार नागरिकसँग भने, 'अब चौथो किस्ता आगामी चैतमा तिर्ने छौं।'
उनका अनुसार एयरबससँग खरिद गरिएका १ सय ५८ सिट क्षमतायुक्त दुईथान 'ए३२०–२००' सिरिजका जहाजको ऋण सञ्चय कोषलाई पहिलो किस्ता गत असारमा २९ करोड २० लाख, दोस्रो किस्ता असोजमा ३२ करोड ३० लाख तथा तेस्रो किस्ता पुसमा ३२ करोड ३० लाख रुपैयाँ चुक्ता गरिएको थियो।
अर्थ मन्त्रालयले गत जेठ २३ मा निगमलाई जहाज किन्न आवश्यक १० अर्ब रुपैयाँ ऋण दिन सञ्चय कोषलाई स्वीकृति दिएको थियो। त्यसपछि निगम र कोषबीच २०७० असार ४ गते १० अर्ब रुपैयाँबराबरको ऋण आदान–प्रदान सम्झौता भएको थियो। त्यसबेला कोषले वार्षिक १२ प्रतिशत ब्याज दर तोकेको थियो भने चुक्ता अवधि १५ वर्ष राखेको थियो।
'सञ्चय कोषले सुरुमा १२ प्रतिशत ब्याज दर तोके पनि पहिलो किस्ता चुक्ता गर्दा ११ प्रतिशतमात्र ब्याज लिएको थियो,' प्रवक्ता शर्माले भने, 'अहिले त्यसमा पनि अझ सहुलियत दिँदै कोषले दोस्रो किस्तादेखि वार्षिक १० प्रतिशतका दरले मात्र ब्याज लिन थालेको छ।'
आगामी चैतमा चौथो किस्तावापत ३२ करोड ३० लाख रुपैयाँ चुक्ता गरिने उनले जानकारी दिए। निगम र कोषबीचको सम्झौताअनुसार प्रत्येक तीन महिनामा एक पटक गरी वार्षिक चार किस्तामा सावाँ–ब्याज चुक्ता गर्नुपर्छ।
दुई संस्थाबीच भएको सम्झौतामा कोषले दिने ऋण (सावाँ, ब्याज, ब्याजको ब्याज, हर्जाना ब्याज) लगायत सबै रकम चुक्ता नभएसम्म ऋण तथा जमानत ऐन २०२५ अनुरूप सरकारको जमानत कायम रहने उल्लेख छ। कोषसँग सम्झौता भएको नवौं दिन (असार १३) मा निगमले एयरबससँग जहाज खरिद सम्झौता गरेको थियो।
सम्झौताअनुसार जहाज खरिद भएर व्यापारिक उडान सुरु भएको मितिबाट ऋणको सावाँ भुक्तानी अवधि १५ वर्षसम्म हुनेछ। जहाज आएर उडान नभए पनि ब्याज भने तिरिरहनुपर्छ। निगमले कर्जाको ब्याज प्रत्येक त्रैमासिक (असार, असोज, पुस र चैत) भित्र भुक्तानी गर्नुपर्छ।
निगमका एक अधिकारीका अनुसार १० अर्ब रुपैयाँको १२ प्रतिशतका दरले वर्षको १ अर्ब २० करोड रुपैयाँ ब्याज उठ्ने भए पनि कोषले ब्याज दरमा सहुलियत दिँदै १० प्रतिशतमा झारेपछि वार्षिक १ अर्ब रुपैयाँमात्र तिरे पुग्ने भएको छ। यो हिसाबले महिनैपिच्छे ८ करोड ३३ लाख रुपैयाँ ब्याज तिर्नुपर्छ। दुई नयाँ जहाज उडाएर प्रत्येक महिना अधिकतम ८ करोड रुपैयाँसम्म नाफा गर्ने निगमको व्यापारिक योजना छ।
ऋण सम्झौताअनुसार कान्तिपथस्थित निगम केन्द्रीय कार्यालय भवन र त्यसले चर्चेको करिब १५ रोपनी जग्गालगायत कोषको सुरक्षणमा रहने, नयाँ आउने दुइटै जहाज कोषको नाममा धितो हुने, कर्जा सुरक्षणका लागि निगमले कोषलाई संस्थागत जमानत दिने, जहाजको समष्टिगत बिमालेख निगमले आफ्नै खर्चमा खरिद गर्नुपर्ने, उक्त बिमालेखको लाभग्राही कोष हुने तथा टिकट बिक्रीबाट प्राप्त हुने कुल आयको कम्तिमा ३० प्रतिशत ऋण नियमित गर्ने प्रयोजनका लागि कोषले तोकेको बैंकमा छुट्टै विशेष कोष खडा गरी महिनैपिच्छे रकम जम्मा गर्नुपर्छ।
निगमले एयरबससँग २०७१ माघ २५ मा पहिलो ए३२०–२०० जहाज काठमाडौं ल्याएको थियो। यो जहाजले फागुन दोस्रो सातादेखि नियमित व्यापारिक उडान सञ्चालन गरेको थियो। त्यसपछि यही सिरिजको दोस्रो जहाज २०७२ वैशाख १८ मा ल्याएको थियो। दुवै जहाज १ सय ५८ सिट क्षमताका हुन्। दुवैमा १ सय ५० इकोनोमी क्लास र आठवटा बिजनेस क्लास सिट छन्।