प्रोटोटाइप हाइड्रोबाट विजुली उत्पादन
२६ साउन २०७९
•
२ मिनेट पाठ
प्रोटोटाइप हाइड्रोबाट विजुली उत्पादन
प्रोटोटाइप हाइड्रोको उद्घाटन पछि बल्भ बालेर खुशी हुदै मेयर हर्कराज राई (साम्पाङ)। तस्बिर: नागरिक
धरानमा सर्दु खोलाको पानीले विजुली उत्पादन भएको छ। करिब १० दिनको समय लगाएर श्रमदानमार्फत धरानमा पहिलो पटक विजुली उत्पादन गरिएको हो। 




श्रमदानबाहेक यो काममा मात्र साँढे ३ लाख खर्च भएको प्रोजेक्ट मेनेजर तर्कराज मगरले जानकारी दिए। विजुली उत्पादन भएपछि बिहिबार दिउँसो मेयर हर्कराज राई (साम्पाङ) ले रिबन काटेर साथै स्वीच अन गरी बल्भ बालेर प्रोटोटाइप हाइड्रोको उद्घाटन गरेका थिए।  

मेयर साम्पाङले अहिले धरानमा पनि विजुली उत्पादन गर्न सकिन्छ भन्ने उदाहरण मात्र दिएको र भविष्यमा बाँनियाटारमा ठूलो पोखरी बनाएर ठूलो मात्रामा विजुली उत्पादन गर्ने बताए। बुधबारको कार्यपालिका बैठकले बाँनियाटारमा जलकुण्ड बनाउन सम्भाव्यता अध्ययन गर्ने निर्णय गरिसकेको पनि उनले बताए। ‘यो सानो उदाहरण मात्र हो। अब भविष्यमा बाँनियाटारमा ठुलो पोखरी बनाएर पानी यसरी नै झाछौं, र ठुलो मात्रामा विजुली उत्पादन गछौं,’मेयर साम्पाङले भने,‘धरानभरि बिजुली बाल्ने गरि उत्पादन गछौं।’

मेयर साम्पाङले आफ्नो सपना साकार बनाउन श्रमदान गर्ने सबैप्रति आभार पनि प्रकट गरे। बुधबारकै कार्यपालिका बैठकले साबुन फैक्ट्री बनाउने निर्णय पनि पारित गरिसकेको भन्दै उनले भने,‘नपत्याउनेले नपत्याउदै गरुन्, माया धराने ब्राण्डको लुगाधुने साबुन बनाउछौं। उद्योगमा रोजगारी पनि दिन्छौं, आम्दानी नगरपालिकाकै हुन्छ।’

प्रोटोटाइप हाइड्रोका प्रोजेक्ट मेनेजर मगरका अनुसार टर्वाइन ७५० वाटको भएपनि अहिले ३०० वाट मात्र उत्पादन भएको छ। टर्वाइनको क्षमता अनुसार ७५० वाट नै विजुली उत्पादन गर्न ७० मिटर हेड आवश्यक पर्छ। तर, अहिलेको प्रोटोटाइपको हेड ३१ मिटर मात्र भएकोले ३०० वाट विजुली उत्पादन भएको पनि मगरले जानकारी दिए। ‘यो विजुलीले १५ देखि २० वटा एलइडी बल्ब बाल्न सक्छौं। खानेपानीको चौकीदार बस्ने घर र वीपी पार्क, ओशो पार्कमा बल्ब बाल्नेछौं,’मगरले भने,‘विजुलीको पोल पनि विस्तार भइरहेको छ।’

यो प्रोजेक्टको निर्माणको चरणमा धरान ८ तीनकुनेस्थित पुर्वाञ्चल क्याम्पसका चौथो बर्षका विद्यार्थीहरुले सर्वेमा संलग्न भएका थिए भने सिभिल तेस्रो बर्षका विद्यार्थीहरु फिल्ड भिजिटमा पनि आएका थिए। विद्यार्थीहरुको लागि प्राक्टिकल ज्ञान पाउने उपयुक्त थलो भएको सिभिलका विभागीय प्रमुख प्रभात देवको भनाई छ।  

यो प्रोजेक्टको लागि जेनेरेटर, भोल्ट मिटर, टवाईन लगायत सामाग्री सेट इटहरीको सिंहवाहिनी इञ्जिनियरीङ प्रालिले निःशुल्क उपलब्ध गराएको पनि मगरले जानकारी दिए। यो सेटको मुल्य ५० हजार बराबर हुने पनि उनले बताए। प्रोटोटाइपको लागि उक्त प्रालिको प्रबन्ध निर्देशक टंकप्रसाद तिम्सिना, उत्पादन निरीक्षक गोपाल खड्का, रमेश प्रसाद तिम्सिना, टेक्निकल पर्सनमा होमबहादुर लिम्बु, टेक्निसियन नरेन्द्र मानन्धरले पनि सहयोग गरेका थिए। प्रोटोटाइपको स्थलगत निरीक्षणमा पुगेका उपमेयर अइन्द्रबिक्रम बेघाले पहिलो पटक विजुली उत्पादन भएकोमा खुशी व्यक्त गर्दै धरानमा खोलाबाट पनि विजुली उत्पादन गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत भएको बताए। ‘यस्तो अभियान चलाउदै जाने हो भने सबै खोलाबाट विजुली उत्पादन गर्न सक्छौं,’उनले भने। 
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
१ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ४४ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
यो पनि पढौँ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस