चितवन- भूकम्प र भारतको अघोषित नाकाबन्दीले कुखुरापालन व्यवसायमा सात महिनाको अवधिमा देशभर २ अर्ब ८७ करोड ३२ लाख रुपैयाँभन्दा बढी नोक्सान भएको नेपाल कुखुरा व्यवसायी मञ्चले जनाएको छ। वैशाख १२ को भूकम्पपछि मंसिर ११ गतेसम्म उक्त नोक्सानी भएको हो।कुखुराको चल्ला, अन्डा, मासु र दाना लागतभन्दा कम मूल्यमा बिक्री गर्नुपरेको मञ्चका पूर्वअध्यक्ष तिलचन्द्र भट्टराईले बताए। लागतभन्दा कम मूल्यमा बेच्नुपर्दा उत्पादित चल्ला, मासु र अन्डासमेत बिक्री नहुने समस्याले व्यवसायी मर्कामा परेका हुन्। नाकाबन्दीसँगै इन्धन अभावले ओसारपसारमा असर पर्दा बिक्री कम भएको मञ्चले जनाएको छ।
उत्पादन भएकामध्ये मासुका लागि पालिने ब्रोइलर कुखुराका चल्ला २० प्रतिशत, अन्डाका लागि पालिने लेयर्सका चल्ला २५ प्रतिशत तथा अन्डा १५ प्रतिशत र कुखुरा पाँच प्रतिशत बिक्री हुन नसकेको मञ्चको तथ्यांक छ।
मञ्चका पूर्वअध्यक्ष भट्टराईका अनुसार यो अवधिमा प्रतिगोटा ४८ रुपैयाँ उत्पादन लागत पर्ने ब्रोइलरको चल्ला ३० रुपैयाँमा, ७२ रुपैयाँ लागत पर्ने लेयर्सको चल्ला ४० रुपैयाँमा, साढे आठ रुपैयाँ लागत पर्ने अन्डा ७ रुपैयाँमा बिक्री भएको थियो। त्यस्तै प्रतिकेजी १ सय ५५ रुपैयाँमा उत्पादन हुने ब्रोइलर कुखुरा १ सय ४० रुपैयाँमा बेच्नुपर्ने बाध्यता आएको थियो।
लागत प्रतिकिलो ५५ रुपैयाँसम्म पर्ने कुखुराको दाना ५१ देखि ५३ रुपैयाँमा बिक्री भएको थियो। त्यस्तै नाकाबन्दी र इन्धन अभाव सुरु भएको तीन महिना गाडी नचल्दा झन्डै एक करोड रुपैयाँ बराबरको नोक्सानी बेहोर्नु परेको भट्टराईले बताए। चल्ला, मासु र अन्डाको नोक्सानी मात्रै दुई अर्ब ३२ करोड ६६ लाख रुपैयाँभन्दा माथि छ।
मासु, अन्डा, चल्लासहित दाना र सप्लायर्सको नोक्सानी जोड्दा ७ महिनामा कूल २ अर्ब ८७ करोड ३२ लाख ३३ हजार ५ सय ३१ रुपैयाँ नोक्सान भएको भट्टराईले बताए। पछिल्लो एक महिनामा मासु र अन्डाको मूल्यमा सुधार आए पनि उत्पादन घटेको व्यवसायीले जनाएका छन्।
२४सै घन्टा बिजुली आवश्यक पर्ने ह्याचरी र पोल्ट्री फार्म लोडसेडिङको मारमा परेका छन्। नाकाबन्दीका कारण इन्धनको चर्को अभाव झेलिरहेका व्यवसायीले कालोबजारीको इन्धनबाट जेनतेन व्यवसाय धानिरहेका छन्। यसले उत्पादन लागत बढाएको छ।
'दाना उद्योगलाई चाहिने कच्चा पदार्थ अत्यधिक मात्रामा भारतबाट आयात हुन्छ,' नेपाल दाना उद्योग संघका निवर्तमान केन्द्रीय अध्यक्षसमेत रहेका भट्टराईले भने, 'मकै, भटमास र सूर्यमुखी तथा तिलको पिनाजस्ता दाना उद्योगलाई चाहिने कच्चा पदार्थ भारतबाट ल्याउँदा वर्षमा १३ अर्ब रुपैयाँ बाहिरिएको छ।'
'सरकारले चाहने हो भने पाँच वर्षभित्र कच्चा पदार्थ देशभित्रै उत्पादन गर्न सकिन्छ। भारतको भर पर्नु आवश्यक थिएन,' भट्टराईले थपे। नोक्सानीले धेरै व्यवसायी कुखुरापालन व्यवसायबाट विस्थापित हुने र बैंकमा राखेको जग्गा लिलाम हुने खतरा पैदा भएको उनको भनाइ छ।
'बैंकले ७ महिनाको ब्याज मिनाहा गर्नुपर्छ। किस्ता तिर्ने समय पनि बढाउनु पर्छ। अब व्यवसाय चलाउन चालु पुँजी पनि चाहियो। त्यसका लागि परियोजना हेरेर बैंकले ऋण थप्नुपर्छ भन्ने हाम्रो माग छ,' भट्टराईले भने। देशभर कुखुरापालनमा ७० अर्ब रुपैयाँ लगानी भएको अनुमान छ, जसमध्ये लगभग आधा बैंकको ऋण रहेको व्यवसायी बताउँछन्।
अन्डा दिन छाडेपछि लेयर्स कुखुरा मासुका लागि बिक्री गर्न लगिँदै। अन्डा दिन छाडेपछि यी कखुरा मासुका लागि बेचिन्छन्।