काठमाडौं- निर्माण अवधि साढे २ वर्ष (७७.५ प्रतिशत) भन्दा बढी सकिँदासम्म काठमाडौं चक्रपथ विस्तारको कामले गति लिन सकेको छैन। गत वैशाख १२ को भूकम्पलगत्तै रोकिएको काममा भारतले गरेको नाकाबन्दीले थप असर गरेपछि निर्माण अघि बढ्न नसकेको हो।चीनको सांघाई कन्सट्रक्सन ग्रुपसँग भएको ठेक्का सम्झौताअनुसार निरन्तर काम भएको भए अहिलेसम्म करिब ८० प्रतिशत निर्माण सकिन्थ्यो। २७ किलोमिटर चक्रपथमध्ये १०.३९ किलोमिटर विस्तार गर्न २०७० असार १२ मा काम सुरु भएको थियो। तत्कालीन उपराष्ट्रपति परमानन्द झा र चीनका स्टेट कन्सुलर याङ जियचीले विस्तारको उद्घाटन गरेका थिए।
कन्सुलर याङले त्यतिबेला चीन सरकारको अनुदान सहयोगमा विस्तार हुने सडक भएकाले तोकिएको मितिमै काम पूरा हुने विश्वास व्यक्त गरेका थिए। तोकिएको ४० महिनामध्ये झन्डै ३१ महिना सकिँदासम्म मुस्किलले ३० प्रतिशत मात्र काम भएको छ। ९ महिनामा बाँकी काम पूरा नहुने निश्चित भएको छ।
वैशाख १२ को भूकम्पले जनजीवन अस्तव्यस्त भएपछि काम ठप्प भएको थियो। कामदार अभाव हुँदा काम गर्न नसकेर चिनियाँ ठेकेदार फर्केको थियो। वैशाखमा निर्माणस्थल छोडेको ठेकेदारले असोजमा पुनः काम सुरु गरेको थियो। तर, लगत्तै भारतले नाकाबन्दी गर्दा इन्धनलगायत निर्माण सामग्री आयात रोकियो।
इन्धनलगायत सामग्री अभावमा ठेकेदारले महिनौंसम्म काम गर्न नपाउँदा बढी असर परेको सडक विभागका महानिर्देशक माधवकुमार कार्कीले बताए। 'भूकम्पपछि काम गर्ने वातावरण थिएन, ठेकेदारका सबै कर्मचारी फर्केका थिए। त्यसले समय लम्यायो,' उनले नागरिकसँग भने, 'असोजमा ठेकेदार काममा फर्केको हो, तर नाकाबन्दी हुँदा डिजेल, डन्डीलगायत निर्माण सामग्री पुर्यािउन सकिएन।' अहिले ठेकेदारले काम सुरु गरे पनि पर्याप्त इन्धन उपलब्ध नहुँदा निर्माणले गति लिन नसकेको उनले स्विकारे।
कुल चक्रपथको दुरीमध्ये पहिलो चरणमा काम सक्ने गरी कलंकी–सातदोबाटो–कोटेश्वरसम्म १०.३९ किलोमिटरको मात्र ठेक्का गरिएको हो। यस खण्डमा निर्माण तथा विस्तार गर्नुपर्ने ४ वटा पुलको काम भइरहेको काठमाडौं चक्रपथ सुधार आयोजना प्रमुखसमेत रहेका विभागका सहायक प्रवक्ता लक्ष्मीदत्त भट्टले नागरिकलाई बताए।
'बल्खुमा २, ललितपुर बालकुमारी र कलंकीमा बनाउनुपर्ने पुलको काम अन्तिम चरणमा पुगेको छ,' उनले भने, 'तेललगायत इन्धन सामग्री नहुँदा तालिकाअनुसार काम भएको छैन। ठेकेदारले साताको १० हजार लिटर डिजेल उपलब्ध भए पूर्ण क्षमतामा काम गर्न सक्ने बताएको छ, त्यो पुर्याोउन सकिएको छैन।'
प्रधानमन्त्री कार्यालयलाई समेत पत्र लेखेर डिजेल उपलब्ध गराइदिन अनुरोध गरेपछि आपूर्ति केही सहज भएको तर त्यसका आधारमा मात्र पूर्ण क्षमतामा काम गर्ने अवस्था नरहेको उनले बताए। सरकारले मंसिरमा पूर्वाधार आयोजना निर्माणमा देखिएका समस्या फुकाउँदै सहजीकरण गर्न उपप्रधान र भौतिक पूर्वाधार तथा यातायात मन्त्री विजयकुमार गच्छदारको संयोजकत्वमा उच्चस्तरीय निर्देशक समितिसमेत गठन गरेको थियो।
नेपाल आयल निगमका उपत्यकाका डिपोमा प्रशस्त डिजेल भए पनि समितिले निगमलाई दबाब दिएर तेल आपूर्तिमा सहजीकरण गर्न सकेको छैन। ३१ करोड २० लाख चिनियाँ युआन (करिब ५.३० करोड रुपैयाँ) मा पूरा गर्ने भनिएको चक्रपथ विस्तार पहिलो खण्डको काम अहिलेकै गतिमा भए निर्माण अवधि ६ महिनादेखि १ वर्षसम्म लम्मिने चिनियाँ अधिकारीले जानकारी गराएका छन्।
सम्झौताअनुसार काम सक्न जम्मा ९ महिना बाँकी छ। तर, काम भने करिब ७० प्रतिशतभन्दा बढी छ। ४ लेनमा सञ्चालन भएको सडक ८ लेनमा विस्तार गरी उपत्यकाको सवारी चाप व्यवस्थापन गर्ने सरकारको योजना हो। आवश्यक परिमाणमा तेल उपलब्ध भए आगामी ४ महिनाभित्र ४ वटै पुलको निर्माण पूरा गर्ने ठेकेदारले प्रतिबद्धता जनाएको छ।
इन्धन तथा निर्माण सामग्रीलगायत काम गर्न कुनै प्रकारको अवरोध नरहेको भट्टले बताए। 'नेपाल विद्युत प्राधिकरणले सडकका पोल हटाउने काम समयमै गरिदिएको छ, खानेपानी तथा ढल निर्माणका कामले पनि कुनै अप्ठ्यारो पारेको छैन,' उनले भने। विस्तारको सम्पूर्ण खर्च चीन सरकारले नै बेहोर्ने हुँदा समयमा काम नसकिए पनि सरकारमा कुनै आर्थिक दायित्व नपर्ने विभागका अधिकारी बताउँछन्।
सरकारमा आर्थिक दायित्व नपरे पनि सडक विस्तार क्रममा दायाँबायाँ भत्काएर छोड्दा धुलो उडेर मानिसको स्वास्थ्यमा असर पर्नेछ। सडक विस्तारले सवारी चापलाई व्यवस्थित गर्ने लक्ष्य राखिए पनि समयमै काम नसकिँदा यातायात अस्तव्यस्त हुने र सर्वसाधारणले झनै दुःख पाउने विभागकै अधिकारीको तर्क छ।
पहिलो खण्डको काम समयमै सकिए चक्रपथको बाँकी खण्ड (१७ किलोमिटर) विस्तार गर्न पनि विभागले चीनलाई नै आग्रह गर्ने निर्णय गरेको छ। यसमा आन्तरिक छलफल गरेर चीनलाई प्रस्तावसमेत पठाइएको भट्टले जानकारी दिए। उनका अनुसार कलंकी–बालाजु–गौशाला–कोटेश्वर खण्डको विस्तार गर्न करिब १२ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ। चिनियाँ अधिकारीले यस खण्डको सम्भाव्यता अध्ययन गरिसकेको तर प्रतिवेदन विभागलाई नबुझाएको पनि उनले बताए।