काठमाडौं- अनुमतिपत्र बाँड्ने काममा सीमिति विद्युत विकास विभागले झन्डै ३० वर्षपछि जलविद्युत आयोजना निर्माणमा हात हाले पनि विवादका कारण अहिले काम अघि बढ्न सकेको छैन। विभागले अछाममा २० मेगावाटको बूढीगंगा जलविद्युत आयोजना निर्माण गर्न लागेको छ। आयोजना प्रमुख र तल्ला तहका कर्मचारीबीच विवाद चुलिँदै गएपछि उक्त आयोजनाको काम अहिले अवरुद्ध भएको छ।आयोजना प्रमुख सञ्जीव बरालले प्रचलित नियम–कानुन लत्याएर एकलौटी निर्णयका आधारमा काम गर्दै गएपछि विवाद बढ्दै गएको आयोजनाकै एक अधिकारीले नागरिकलाई बताए। 'उहाँले कार्यालयको नियमसमेत भुलेर काम गर्दै जानुभयो, एकोहोरो मानसिकताले मात्र आयोजना बन्दैन,' ती अधिकारीले भने, 'धेरैपटक सम्झाउने प्रयास भएको हो, तर काम गर्ने वातावरण बन्न सकेन।'
बरालले भने आयोजनामा कुनै समस्या नरहेको दाबी गरे। 'म प्रमुख भएर आएपछि पुरानो परम्पराभन्दा फरक ढंगले काम सुरु गरेको छु,' उनले बुधबार नागरिकसँग भने, 'केही व्यक्तिले काम गर्न पाइनँ भन्दै आलोचना गरे पनि कुनै काममा समस्या आएको छैन। प्रचलित ऐन नियमअनुसार नै काम भइरहेको छ।'
केही असन्तुष्ट कर्मचारीले भने बरालले आयोजनास्थलमा भवन निर्माणको ठेक्का प्रचलित कानुन मिचेर दिएको आरोप लगाएका छन्। साथै, आयोजनाका लागि आवश्यक सस्तो जग्गालाई महँगोमा मूल्यांकन गरेर कमिसन खाएको आरोप लगाए। बरालले उक्त आरोप ठाडै अस्वीकार गरे।
'नियमविपरीत काम गरेको पाइए म जुनसुकै कारबाही भोग्न तयार छु। काम गर्दा आलोचना हुन्छ भने मेरो भन्नु केही छैन,' उनले भने, 'स्थानीय जनतालाई सन्तृष्ट बनाएर विरोधबिना नै जग्गा अधिग्रहण भएको छ। उनका अनुसार आवश्यक २ सय २० रोपनी अधिग्रहण गर्न छुट्ट्याइएको १२ करोडमध्ये १० करोड रुपैयाँ जग्गाका लागि भुक्तानी भइसकेको छ।
आयोजनास्थलमा निर्माण हुने भवन निर्माणको ठेक्का दिँदा सरकारी मापदण्ड पालना नगरिएको आयोजनाका कर्मचारीको तर्क छ। ठेक्का प्रक्रियाअनुसार सरकारी र दाताको मापदण्ड दुवै पालना गर्नुपर्छ। तर, ठेक्का रकम अनुमानितभन्दा बढी प्रस्ताव गरिए दुवै पक्षको छलफलमा टुंग्याउन सकिने पनि उल्लेख छ। आयोजना प्रमुखले सरकारी मापदण्ड लत्याएर दाताको मापदण्डलाई मात्र छनोटको आधार बनाएको आरोप छ।
काम गर्ने वातावरण नबनेको र आर्थिक अनियमितताका खेल बढ्दै गएपछि २ इन्जिनियर सहित आधा दर्जन कर्मचारी आयोजनाबाट विभागमा फर्कन लागेको विभाग स्रोतले बतायो। तर, कर्मचारी फर्कने खालको कुनै वातावरण नभएको बरालले दोहोर्याबए। सार्वजनिक खरिद अनुगमन कार्यालयसँगको सल्लाह र परामर्शमा भवनको ठेक्का गरिएको पनि उनले प्रस्ट पारे।
डेढ वर्षमा काम सक्ने गरी विस्तृत आयोजना अध्ययन (डिपिआर) को जिम्मा अस्टे्रेलियाको स्नोई माउन्टेन इन्जिनियरिङ कर्पोरेसनलाई दिइएको छ। ३ महिना सकिँदासम्म उसले लक्ष्यअनुसार काम नगरेको त्यहाँका अधिकारी बताउँछन्। यसको कारण पनि आयोजना प्रमुख बराल नै रहेको उनीहरुको भनाइ छ।
बरालले भने अबको १६ महिनामा डिपिआरको काम सकेर निर्माण प्रक्रियामा जाने बताए। '४ वर्ष अर्थात सन् २०२० सम्म आयोजनाबाट बिजुली उत्पादन गर्ने लक्ष्यअनुसार तीव्र गतिमा काम भइरहेको छ,' उनले भने।
आयोजनाका लागि साउदी फन्डले ३ करोड (३ अर्ब रुपैयाँ) र कुवेत फन्डले १ करोड ८० लाख अमेरिकी डलर (१ अर्ब ८० करोड रुपैयाँभन्दा बढी) २.५ प्रतिशत ब्याजमा ऋण दिनेछ। यी दुई दातासँग यसअघि नै ऋण सम्झौता भइसकेको छ। आयोजनामा विवाद सुरु भएपछि दाताको सहयोगसमेत उपयोग नहुने सम्भावना बढेको छ।
आयोजनाको लागत करिब ६ अर्ब रुपैयाँमध्ये ४ अर्ब ८० करोड रुपैयाँ दाताबाट जोहो हुने र बाँकी रकम सरकारले लगानी गर्ने योजना छ। उक्त सहयोग ६ वर्ष ग्रेस पिरियड राखी २० वर्ष ऋण तिर्ने अवधि तोकिएको छ।
प्रारम्भिक अध्ययनअनुसार आयोजनाबाट वार्षिक १ सय ६.२८ गिगावाट घन्टा बिजुली उत्पादन हुनेछ भने स्थानीयले उत्पादन सुरु भएको १५ वर्षसम्म वार्षिक २६ लाख रुपैयाँ रोयल्टी पाउनेछन्। १५ वर्षपछि आयोजनाले वार्षिक करिब १ करोड ४६ लाख रुपैयाँ रोयल्टी स्थानीयलाई बुझाउनुपर्ने सर्त छ।
उत्पादित बिजुली साढे ८८ किलोमिटर टाढाको लम्की सब–स्टेसनमा ल्याएर जडान गरिनेछ। चमेलिया–अतरिया १३२ केभी लाइनमा जडान गर्न सकिने वा उक्त बिजुली माथिल्लो कर्णाली निर्माणका लागि पनि खपत हुन सक्ने प्रारम्भिक अध्ययनले वैकल्पिक सम्भावना सुझाएको छ। गत वर्ष नै आयोजनास्थलमा भवन तथा पहुँचमार्ग निर्माण पूरा गर्ने लक्ष्य राखिए पनि विवादका कारण अहिलेसम्म टुंगो लाग्न सकेको छैन।
नेपाल विद्युत प्राधिकरण गठन हुनुअघि 'विद्युत विभाग' को रुपमा रहेको यस संस्थाले अनुमतिपत्र दिने र आयोजना बनाउने काम पाएको थियो। २०४२ सालमा प्राधिकरण गठन भएपछि अनुमतिपत्र दिने, अध्ययन, अनुगमन र मूल्यांकन गर्ने काम गर्दै आएको थियो। विभागले २०४२ अघि विकास समितिमार्फत ६० मेगावाटको कुलेखानी पहिलो र ३२ मेगावाटको दोस्रो आयोजना बनाएको थियो।