काठमाडौं- राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडान गरिरहेको आफ्नो बोइङ जहाजको एक थान इन्जिन पूर्णमर्मत (ओभरहल) गर्न करिब ५० करोड रुपैयाँ खर्च गर्ने भएको छ।
निगमले मर्मत गर्न लागेको एक थान इन्जिन जगेडा हो। यो इन्जिन हाल स्पेनको सरकारी वायुसेवा कम्पनी आइबेरिया एयरलाइन्समा रहेको छ। निगम सञ्चालक समितिले उक्त इन्जिन मर्मत गर्न ४५ लाख अमेरिकी डलर (४९ करोड १० लाख ४० हजार रुपैयाँ) स्वीकृत गरेको छ।
'डेढदेखि दुई साताभित्र एक थान जगेडा इन्जिन पूर्णमर्मत (ओभरहल) गर्न आवश्यक प्रक्रिया सुरु हुन्छ,' निगमका कर्पोरेट डाइरेक्टर तथा प्रवक्ता रामहरि शर्माले बुधबार नागरिकसँग भने, 'हाम्रा इन्जिनियरको एक टोली दुई साताभित्र जगेडा इन्जिन निरीक्षण गर्न स्पेन गएपछि मर्मत प्रक्रिया सुरु हुन्छ।'
अन्तर्राष्ट्रिय उडान गर्न निगमसँग करिब तीन दशक पुराना दुईवटा 'बोइङ ७५७' जहाज छन्। अमेरिकी जहाज निर्माता कम्पनी बोइङमा निर्मित यी जहाज प्रत्येकमा १ सय ९० सिट क्षमता छ। दुवै जहाजमा दुई–दुई थान इन्जिन जडित छन्। इन्जिन बेलायती इन्जिन निर्माता कम्पनी रोल्स रोयसमा उत्पादन भएका हुन्। तीमध्ये एउटा इन्जिनको उडान अवधि (इन्जिन साइकल) सकिन लागेपछि जगेडा इन्जिन पूर्णमर्मत गर्न लागिएको हो।
'एउटा इन्जिन मर्मत गर्न सञ्चालक समितिले ४५ लाख डलर स्वीकृत गरे पनि इन्जिनियरको टोलीले निरीक्षण गरेपछि मात्र वास्तविक मर्मत खर्च कति लाग्छ भन्ने थाहा हुन्छ,' प्रवक्ता शर्माले भने, 'मर्मत खर्च घटी वा बढी हुनसक्छ। त्यसमाथि जहाज वा इन्जिन मर्मत गर्नु भनेको उडान सुरक्षाका लागि वायुसेवा कम्पनीको महत्वपूर्ण काम नै हो।'
उनका अनुसार स्पेनमा जगेडा इन्जिन मर्मत गरेपछि त्यसलाई हङकङ अन्तर्राष्ट्रिय विमानस्थलस्थित मर्मत केन्द्र 'हेक्को' मा ल्याइने छ। त्यसपछि काठमाडौंबाट जाने निगमको जहाज हङकङ जान्छ र त्यहीँ त्यसको इन्जिन झिकेर मर्मत गरी ल्याइएको जगेडा इन्जिन जडान गरिन्छ। 'इन्जिन फेर्न यहाँबाट जहाज जाँदा नियमित तालिकाअनुसार यात्रु लिएरै जान्छ र फर्कंदा पनि यात्रु लिएरै आउँछ,' शर्माले भने।
निगमको इन्जिनियरिङ विभागका एक अधिकारीका अनुसार इन्जिन ओभरहल गरेपछि त्यो लगभग नयाँजस्तै हुन्छ। त्यसलाई 'जिरो आवर' बाट उडाउन मिल्छ। एकपटक ओभरहल गरेपछि त्यो इन्जिनले ६ हजार 'साइकल' उडान गर्नसक्छ। एक साइकल बराबर एक उडान र एक अवतरण हुन्छ। यसको अर्थ ६ हजार उडान–अवतरण गरेपछि इन्जिन ओभरहल गर्नुपर्छ।
'हाम्रो बोइङ ७५७ जहाजको नियमित मर्मत (सि–चेक) प्रत्येक डेढ वर्ष र इन्जिन ओभरहल प्रत्येक पाँचदेखि ६ वर्षमा गर्नुपर्ने नियम छ,' ती अधिकारीले भने, 'जगेडा इन्जिन मर्मत गरेको पाँचदेखि ६ महिनाभित्र अर्को एक थान इन्जिन पनि मर्मत गर्नुपर्ने तालिका छ।'
निगमले आफूसँग रहेका '९एन–एसिए' र '९एन–एसिबी' कलसाइन भएका दुईवटा बि७५७ सिरिजका जहाजका लागि इन्जिन ओभरहल गर्न लागेको हो। तीमध्ये एसिबी जहाजलाई हालै सिंगापुरमा सि–चेक गरेर ल्याएको छ। सि–चेकका गर्न करिब ३० करोड रुपैयाँ खर्च लागेको थियो। निगमले आफ्ना जहाजको सि–चेक सिंगापुरमा गर्छ भने इन्जिन मर्मत तथा ओभरहल स्पेनको आइबेरिया एयरलाइन्समा गर्दै आएको छ।
निगम व्यवस्थापनले दुईवटै बि७५७ मध्ये एउटालाई यही वर्ष (सन् २०१६) मा विस्थापन गर्ने योजना यसअघि नै बनाएको थियो। तर, पछिल्लो पटक उक्त योजना रद्द गरिएपछि व्यवस्थापन करोडौं खर्चेर मर्मततिर लागेको हो। निगमसँग रहेका दुइटै बि७५७ मा 'रेगुलेटेड नेभिगेसनल प्रोसिडियोर–वान' (आरएनपी–१) प्रविधि पनि छैन।
करिब तीन दशकदेखि उडाइरहेका दुईवटा बि७५७ जहाज मर्मतमा निगमले वर्षेनि ठूलो रकम खर्च गर्दै आएको छ। बोइङले आफैंले पनि यो सिरिजको जहाज उत्पादन बन्द गरेको एक दशक नाघिसकेको छ।
निगमका एक वरिष्ठ क्याप्टेनका अनुसार अन्य देशका अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले एउटा जहाजलाई पाँचदेखि दस वर्ष उडाएर विस्थापित गर्ने गरे पनि निगम भने ३० वर्ष पुरानोलाई मर्मत गर्दै उडाइरहेको छ। उडान सुरक्षा र यात्रु सेवाका दृष्टिले यसलाई विडम्बना नै मान्नुपर्ने उनको तर्क छ।
'अमेरिकाका केही वायुसेवा कम्पनीले हाम्रोजस्तै बि७५७ सिरिजका तीन सयवटा जहाज थन्काइसकेको छ भने चीनमा एक सयभन्दा बढीलाई सेवाबाट हटाइएको छ,' ती क्याप्टेनले भने, 'हामी अझै पनि तीस वर्ष पुरानो प्रविधिका जहाजमा भर पर्नु भनेको राष्ट्रिय ध्वजावाहकलाई पछाडि धकेल्दै लानु हो।'