काठमाडौं– नेपाल आयल निगमले जुनसुकै लटका निजी मोटरसाइकल, स्कुटर र निजी तथा सार्वजनिक चार पाङ्ग्रे सवारी साधनलाई शनिबार पेट्रोल वितरण गर्ने भएको छ।

शुक्रबारबाट नै सबै पम्पबाट तेल वितरण गर्ने सूचना निगम स्राेतबाट बाहिर अाएकाे भए पनि शुक्रबार पेट्रोल वितरण भएन। शुक्रबार पम्पहरुका लागि निगमको थानकोट डिपोबाट पेट्रोल वितरण गरिएको र उक्त पेट्रोल पम्पहरुले शनिबार मात्र वितरण गर्ने निगमका प्रवक्ता मुकुन्द्रप्रसाद घिमिरेले जानकारी दिए।
'शुक्रबार पाएको तेल पम्पहरुले शनिबार बाँड्ने र आइतबारदेखि पम्पहरुले तेल पाएकै दिन बाँड्ने छन्,' उनले भने, 'सबै पम्पबाट वितरण गरिने मोटरसाइललाई ५ लिटर र चारपाङ्ग्रेलाई १५ लिटरका दरले तेल दिइन्छ।'
निगमले कुल खपतको करिब ७० प्रतिशत तेल आयात गर्ने वीरगन्ज नाकाबाट तेल भित्रिन थालेपछि लट नतोकी शनिबार सबै निजी सवारीलाई पेट्रोल वितरण गर्न लागेको हो। तर, तोकिएका उपत्यकाका विभिन्न ६७ ओटा पेट्रोल पम्पबाट तोकिएको परिमाणमा मात्र तेल पाउने निगमले जनाएको छ। भारतले नाकाबन्दी शुरु गरेपछिका दिनमा जोर–विजोर, लट प्रणाली, निजी–सार्वजनिक–अत्यावश्यक जस्ता प्रणाली अपनाई तेल वितरण गरेको निगमले नाका सहज भएपछि भने निजी र सार्वजनिक यातायातलाई छुट्टाछुट्टै दिन तेल वितरण गर्ने नीति लिएको हो।
शनिबार पेट्रोल लिन नविकरण भएको ब्लु–बुकसहित लाइनमा बसेका मोटरसाईकल तथा स्कुटर जस्ता दुईपाङ्ग्रे निजी सवारीलाई ५ लिटरका दरले र चार पाङ्ग्रे निजी सवारीलाई १५ लिटरका दरले पेट्रोल उपलब्ध गराउने जनाएको छ। पेट्रोल लिन विहान ९ बजेदेखि लाइनमा बस्नु पर्ने निगमले जनाएको छ।
पम्पहरूकाे सूची र तेलकाे परिमाण