काठमाडौँ, माघ १३ (नागरिक)- प्रतिदिन नौ घण्टा अँध्यारोमा बिताउँदै आएका ग्राहकले भोलिदेखि थप दुई घण्टा लोडसेडिङ भोग्नु पर्ने भएको छ। नेपाल विद्युत प्राधिकरणले बिहीबारदेखि लागू हुने गरी दैनिक ११ घण्टा लोडसेडिङ गर्दैछ।
प्राधिकरण भार प्रेषण केन्द्रका निर्देशक शेरसिंह भाटले माग र आपूर्तिबीच सन्तुलन मिलाउन थप लोडसेडिङ गर्न जरुरी रहेको बताए।
प्राधिकरणले गत सातादेखि नौ घण्टाको निर्धारित तालिकाभन्दा केही घण्टा बढी लोडसेडिङ गर्दै आएको पनि उनले स्वीकारे।
ऊर्जा मन्त्रालयले यस पटक १२ घण्टामा लोडसेडिङ सीमित पार्ने बताउँदै आएको छ।
भोलिदेखि लागू हुने लोडसेडिङ तालिका-