माथिल्लाे कर्णाली तुहाउने खेल
०४ फागुन २०७२
•
१२ मिनेट पाठ
माथिल्लाे कर्णाली तुहाउने खेल
काठमाडौं–सत्तासीन र बाहिरका राजनीतिक पार्टी एवं केही व्यक्तिले ९ सय मेगावाटको माथिल्लो कर्णाली जलविद्युत आयोजनाको निरन्तर विरोधले मुलुकलाई दोहोरो आर्थिक भार थपिने भएको छ।आयोजना बन्न नदिने क्रियाकलाप बढ्दा निर्माण प्रक्रिया ढिलो हुनेछ।यसबाट काबुबाहिरको अवस्था (फोर्स मेजर) आउने भन्दै विकासकर्ताले राज्यबाट क्षतिपूर्ति असुल्नेछ । आयोजना नबन्दा वा ढिलाइ हुँदा मुलुकले फाइदा त पाउँदैन, उल्टो क्षतिपूर्ति तिर्नुपर्दा दोहोरो आर्थिक भार थपिन्छ। आयोजना निर्माण अनुमति पाएको भारतीय जिएमआर इनर्जी कम्पनीले पनि तोकिएका काम समयमा नगर्दा विरोध गर्ने व्यक्ति तथा संस्थालाई थप बल पुगेको छ । यही कारण आयोजना नबन्ने वा तुहिने खतरा छ ।

उपप्रधान, सहकारी तथा गरिबी निवारणमन्त्री चित्रबहादुर केसीले सार्वजनिक रुपमै माथिल्लो कर्णाली तत्कालीन सरकारले सस्तोमा भारतलाई बेचेको टिप्पणी गर्दै हिँडेका छन् । भारतीय कम्पनीसँग भएको सम्झौता खारेज गरेर स्वदेशी लगानीमा बनाउनुपर्ने उनको तर्क छ ।

सत्तासाझेदार एमाओवादी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतले समेत आयोजना सम्झौता खारेज गरेर नेपाली लगानीमा बनाउनुपर्ने तर्क अघि सारेका छन् । यस्तै, माओवादीका नेत्रविक्रम चन्द खेमा र जलस्रोतमा जानकार केही व्यक्तिले समेत आयोजनाको विरोध गर्न थालेका छन् ।

आयोजना निर्माण गर्न नपाए वा निरन्तर २१ दिनसम्म काम रोकिए सरकारले प्रवद्र्धकलाई उसको लगानी र त्यसबाट आउने प्रतिफलको हिसाब गरी क्षतिपूर्ति तिर्ने पिडिएमा प्रावधान छ । यस्तै, कम्पनीले समयमा काम पूरा नगरे सरकारले पाउने राजस्व र निशुल्क बिजुली बराबरको क्षतिपूर्ति तिर्नुपर्छ ।

पिडिए भएको सात वर्षभित्र आयोजना पूरा गर्नुपर्ने सर्त पिडिएमा छ । आयोजनाबाट जिएमआरले निशुल्क १२ प्रतिशत (१०८ मेगावाट) बिजुली र २७ प्रतिशत सेयर दिनुपर्ने सम्झौता छ । 'विरोध यसरी बढ्दै गए आयोजना त बन्दैन नै स्थानीयले पाउने सुविधा र त्यस क्षेत्रको विकाससमेत रोकिन्छ,' लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत राधेश पन्तले नागरिकसँग भने ।

आयोजना भारतीय कम्पनीलाई दिन नहुने भन्दै सत्तासाझेदार दलकै केही नेता र गैरसरकारी संस्थामा कार्यरत केही व्यक्तिले एक साताअघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका छन् । उनीहरुले बोर्डका अध्यक्षसमेत रहेका ओलीलाई आयोजना कार्यान्वयन नगर्न दबाब दिँदै आएको बोर्ड उच्चस्रोतले जानकारी दियो ।

बोर्ड र जिएमआरबीच २०७१ असोज ३ गते आयोजना विकास सम्झौता (पिडिए) मा हस्ताक्षर भएको थियो । जिएमआरले पनि पिडिएअनुरुप समयमा काम नगर्दा विरोधी सल्बलाउन थालेको ऊर्जा मन्त्रालयका अधिकारीको तर्क छ ।

सम्झौताको ६ महिनाभित्र तल्लो तटका सिँचाइ, वातावरणीय र जैविक क्षेत्रमा पर्ने असरको अध्ययन गरेर प्रतिवेदन बुझाउनुपर्ने पिडिएमा छ । तर, सम्झौता भएको ११ महिनासम्म कम्पनीले प्रतिवेदनसमेत बुझाएको छैन । आयोजनाका विरोधी सल्बलाउनु यो पनि एउटा प्रमुख कारण रहेको अधिकारी औंल्याउँछन् ।

पन्तका अनुसार कम्पनीले आयोजनाको तल्लोतटीय अध्ययन पूरा गरिसकेको छ । 'पिडिएमा सिँचाइ वा अन्य वातावरणीय असरको अध्ययन सिँचाइ विभागसँगको सहकार्यमा गर्ने उल्लेख छ,' उनले मंगलबार नागरिकसँग भने, 'औपचारिक जानकारी आएको छैन, तर कम्पनीले अध्ययन सिध्याएको छ ।' उसको काम निरन्तर अनुगमन भइरहेको पनि पन्तले दाबी गरे ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा गठित अनुगमन तथा आयोजना सहजीकरण समितिमार्फत कम्पनीको काम अनुगमन भइरहेको पन्तले जनाए । आयोजनाको पिडिए हुनुअघि तत्कालीन मुख्यसचिव लीलामणि पौडेल र राष्ट्र बैंकका गभर्नर तथा आयोग उपाध्यक्ष युवराज खतिवडाले आपत्ति जनाएका थिए ।

सरकारले आर्थिक वर्ष २०७९÷८० सम्म बन्ने आयोजनालाई प्रतिमेगावाट ५० लाख रुपैयाँ र भ्याट छुट दिने निर्णय गरेको थियो । यही निर्णयका कारण खतिवडा र पौडेलले फरक मत राखेका थिए । अहिले खतिवडा नै आयोग उपाध्यक्ष छन् । आयोजना सहजीकरण समितिमा पनि उनै छन् ।

प्रतिमेगावाट ५० लाख रुपैयाँ दिने र भ्याट छुट दिने निर्णयमा खतिवडाको अझै पनि फरक मत रहेको आयोगस्रोतको भनाइ छ । समितिले कम्पनीको काम प्रभावकारी अनुगमन नगर्दा पनि उसले समयमै प्रतिवेदन नबुझाएको आयोग अधिकारी बताउँछन् ।

अध्ययन प्रतिवेदनबारे जिएमआरले अहिलेसम्म कुनै जानकारी नदिएको सिँचाइ विभागका उपमहानिर्देशक अशोक सिंहले बताए । 'नदीमा पानीको बहाब घटबढ हुँदा पर्ने असरबारे अध्ययन भइरहेको जानकारी दिएको छ,' उनले भने, 'प्रतिवेदन बुझाउन ताकेता गरिरहेका छौं तर जानकारी आएको छैन ।'

जिएमआरले आयोजना बनाउँदा तल्लो तटमा निर्माण भइरहेका रानीजमरा कुलरिया, राजापुर र सूर्यपटुवा सिँचाइ आयोजनामा असर पर्न नहुने पिडिएमा उल्लेख छ । १८ देखि २१ घन्टासम्म थुनेर तीन घन्टा निरन्तर पानी छाड्दा यसले तल्लो तटमा असर गर्न सक्ने हुँदा कम्पनीले प्रतिवेदन बुझाउन ढिला गरेको विभागका अधिकारीको भनाइ छ ।

विभागमा महानिर्देशक फेरिँदा पनि कम्पनीले प्रतिवेदन बुझाउन ढिलो गरेको बोर्ड अधिकारी बताउँछन् । तत्कालीन महानिर्देशक माधव बेलबासेको सरुवा भएपछि कम्पनीसँग निरन्तर हुनुपर्ने छलफल वा वार्तासमेत कम भएको छ ।

आयोजना जिएमआरलाई दिन नहुने पक्षमा अहिले पौडेल पनि उभिएका छन् । प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन जाने टोलीमा उनीसमेत सम्मिलित छन् । पौडेलले भने आफू उक्त टोलीमा सहभागी नभएको नागरिकलाई बताए । 'कसले भन्यो ?' उनले भने, 'म त्यसमा सहभागी छैन ।'

सरकारले विगतमा गलत निर्णय गर्दा आजको अवस्था उत्पन्न भएको जलस्रोत क्षेत्रका जानकार तथा विरोधी टोलीका एक सदस्य हरिप्रसाद पण्डितले बताए । 'यो आयोजना ४ हजार २ सय मेगावाटमा बनाउनुपर्छ, नेपालले लगानी थपेर दुवै देशलाई फाइदा हुने गरी काम गर्न सकिन्छ,' उनले भने, 'आयोजना नै बनाउन हुँदैन भन्ने होइन ।'

सरकारले जिएमआरलाई सुरुमा ३ सय मेगावाटको अनुमति दिएको र पछि नियतवश ९ सय मेगावाटसम्म थपेको उनको आरोप छ । 'यसरी क्षमताको स्वीकृत दिइँदा माथिल्लो जलाशय आयोजनामा पर्ने असरबारे हेक्का नराख्नु सरकारी अधिकारी तथा इन्जिनियरको कमजोरी हो,' उनले भने ।

आयोजना निर्माणसँग सम्बन्धित ऊर्जा, अर्थ, कानुन, वन, वातावरण, भूमिसुधार, गृह, सिँचाइ मन्त्रालय र जल तथा ऊर्जा आयोगले आयोजनाबाट हुने क्षति यकिन गर्न पनि प्रभावित क्षेत्रको वातावरणीय अध्ययन गर्नुपर्ने सुझाइएको थियो । तल्लो तटीय क्षेत्रमा बनिरहेका सिँचाइ आयोाजनामा माथिल्लो कर्णालीले बढी असर पर्ने हुँदा 'रि–रेगुलेटिङ ड्याम' बनाउनुपर्ने पनि केही विरोधीको तर्क छ ।

अध्ययनबाट तल्लो तटीय क्षेत्रको सुरक्षाका लागि रि–रेगुलेटिङ ड्याम बनाउन आवश्यक देखिए त्यो गर्न तयार रहेको कम्पनीले जानकारी दिएको छ । सिँचाइ आयोजनामा पानीको उपलब्धता कायम गर्नसमेत यस्तो ड्याम बनाउनुपर्ने सरोकार मन्त्रालयको राय छ ।

जिएमआरका अनुसार कर्णाली आयोजना बने पनि त्योभन्दा तल पश्चिम सेती र भेरी नदी मिसिने हुँदा सिँचाइ आयोजनामा पानीको अभाव हुँदैन । पानीको उपलब्धता पर्याप्त हुने भए पनि सिँचाइ आयोजनाका लागि बहने लेबल (तह) घट्ने हुँदा बहाबको सन्तुलन कायम गर्न ड्याम आवश्यक रहेको सिँचाइ विभागका अधिकारी बताउँछन् ।

तीन सिँचाइ आयोजनाका साथै अन्य प्रस्तावित आयोजनामा पर्ने असर, नदीकिनारमा बस्ने सर्वसाधारणको पुनःस्थापना र नदी क्षेत्रमा पर्ने प्रभावबारे पनि अध्ययन गर्नुपर्ने विषय पिडिएमा उल्लेख छ । माथिल्लो कर्णाली र सिँचाइ आयोजनाको दुरी झन्डै १ सय ४० किलोमिटर फरकमा पर्ने हुँदा रि–रेगुलेडिङ ड्याम आवश्यक नपर्ने बोर्ड अधिकारी बताउँछन् ।
अर्को समाचार
कोरला भन्सार : ‘अव्यवस्थित संरचनाले सकस’
११ घण्टा अघि
•
१ मिनेट पाठ
कोरला भन्सार : ‘अव्यवस्थित संरचनाले सकस’
पोखरा। लामो समयदेखि उपेक्षामा पर्दै आएको मुस्ताङको कोरला नाकास्थित नेचुङ भन्सार कार्यालयले अहिले पनि दिनमा आठ करोड रुपैयाँ हाराहारीमा राजस्व संकलन गर्दै आएको छ।

सीमित स्रोतसाधनका बाबजुद पनि अहिलेको समयमा नेपाललाई चीनसँग जोड्ने व्यापारिक नाकाको एक मात्र विकल्पको रूपमा कोरला बनेको छ। त्यही नाका हुँदै अहिले दिनहुँ जसो करोडौँ रुपैयाँ मूल्यका चिनियाँ सामान नेपाल भित्रिरहेका छन्। 

मुस्ताङ भन्सार कार्यालयका अनुसार अहिले चीनबाट नेपालमा सामान र साधन भित्र्याउने एक मात्र नाका कोरला बनेको छ। गत भदौमा आएको भोटेकोशीको बाढीले रसुवागढी नाका ध्वस्त पारेपछि नेपालको चीनसँगको व्यापार अप्ठेरोमा परेको थियो। त्यस लगत्तै चीनले तातोपानी नाका पनि अस्थायी रूपमा बन्द गरेको थियो।

रसुवागढी नाका बाढीले ध्वस्त बनाएपछि त्यहाँको नाकामा रोकिएका र तातोपानी बन्द गरिएपछि रोकिएका कन्टेनरका सामान कोरला नाका हुँदै नेपाल भित्र्याउन थालिएको थियो। त्यसपछि बल्ल कोरला नाका चलायमान बनेको थियो।

‘नेपाल र चीनसँगको व्यापारको एक मात्र नाका अहिले कोरला बनेको छ, तर यसको व्यवस्थापन जबरजस्त भइरहेको छ। व्यवस्थित नाका नहुँदा समस्या बनेको छ,’ कोरलास्थित मुस्ताङ भन्सार कार्यालयका प्रमुख अनन्त तिम्सिना भन्छन् ‘अब चिसो बढ्न थाल्यो, आगामी दिन अझै सकसपूर्ण हुनेछैन, कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता छ। तर पनि चीनसँगको व्यापारको विकल्प कोरलाको छैन।’

उनका अनुसार अहिले नै चिसो बढिसकेकोले लोमान्थाङ क्षेत्रमा पानी जम्न थालिसकेको छ। स्थानीयवासीहरु चिसो छल्नका लागि तल (पोखरा, चितवन, काठमाडौं) झर्न थालिसकेका छन्।

‘अब त सुनसान बन्न थालिसकेको छ । माथिल्लो क्षेत्रका धेरै घरमा ताला लागिसकेको छ,’ उनले भने, ‘अब त कर्मचारीलाई पनि आवश्यक सामान किन्न नपाउने अवस्था आउन थालिसकेको छ।’

अघिल्ला वर्ष यो सिजनमा नाका क्षेत्र यो बेलासम्म सुनसान बनिसकेको हुन्थ्यो। यो पटक भने चिसो बढ्दै गए पनि कोरलाको व्यापारिक नाका भने अहिले पनि व्यस्त रूपमै चलिरहेको छ।

नाका खुलाएर व्यापारिक गतिविधि सञ्चालन गरे पनि भन्सारमा आवश्यक संरचना नहुँदा समस्या रहेको उनले बताए।

‘कोरला नाकाबाट चालु आर्थिक वर्षको अहिलेसम्म १५ अर्ब रुपैयाँ राजस्व उठिसकेको छ। तर, भन्सारमा व्यवस्थापन कमजोर छ। ‘संरचना छैनन्, जबरजस्ती व्यापारिक गतिविधि चलाइएको मात्र छ,’ उनले भने।

उनका अनुसार मुस्ताङको यो भन्सार नाकामा अहिलेसम्म एकीकृत भन्सार जाँच चौकी (आईसिपी) छैन। ‘व्यापारिक नाका मात्र हो, तर, व्यवस्थापन सहज छैन। सबैतिर अस्तव्यस्त मात्र छ,’ उनले भने, ‘आईसिपीमा हुनुपर्ने न्यूनतम पूर्वाधार पनि छैनन् । पूर्वाधार भए पनि अपुग छन्। भन्सार नाकामा हुनुपर्ने कतिपय निकायको उक्त क्षेत्रमा उपस्थिति नै छैन।’

एकीकृत भन्सार जाँच चौकीमा आयात–निर्यात तथा सीमा वारपारसम्बन्धी सम्पूर्ण सरकारी सेवा र सुविधा एकै छानामुनिबाट प्रदान गरिन्छ। तिम्सिनाका अनुसार आईसिपीमा एकीकृत सेवा प्रणाली अन्तर्गत भन्सार जाँच पास, अध्यागमन, क्वारेनटाइन (पशु, वनस्पति तथा खाद्य परीक्षण), बैंक तथा विदेशी मुद्रा सटही काउन्टर एउटै परिसरभित्र रहन्छन्। 

ती बाहेक सामान भण्डारणका लागि ठूला गोदाम, कोल्ड स्टोरेज, कन्टेनर पार्किङ यार्ड, इलेकट्रोनिक तौल काँटा र सुरक्षा जाँचका आधुनिक उपकरण पनि भन्सार क्षेत्रमै उपलब्ध हुन्छन्। एउटै स्थानबाट सबै प्रक्रिया पूरा हुने भएकाले मालवाहक सवारीसाधनको सीमा नाकामा हुने लामो जाम हट्छ र ढुवानी लागत कम हुनुपर्ने भए पनि मुस्ताङको कोरलामा भने ती सबै समस्या रहेको उनले सुनाए। 

‘उनको भन्सार जाँच पास गराउनुपर्‍यो भने अहिले पनि समस्या  । त्यसका लागि पोखरा आउनुपर्छ,’ उनले भने, ‘भन्सार कार्यालय मात्र भएर हुँदैन। अरू सरकारी निकाय पनि हुनुपर्छ। अध्यागमनमा पनि उत्तिकै समस्या छ। सबैले समान रूपमा काम गर्नुपर्छ । बैंक त करिब १४ किलोमिटर तल छ। राजस्व बुझाउनका लागि १४ किलोमिटर तल झरेर बैंकमा रकम तिरेर फर्केपछि बल्ल काम हुन्छ। त्यसैले सबैका लागि झन्झट छ।’ 

उनका अनुसार भन्सार कार्यालयका लागि मात्र एक हजार रोपनी क्षेत्रफलको जग्गा रहेको छ। ‘सामान लोड–अनलोड गर्नमा समेत समस्या छ। सबै काम भुँइमै गर्ने हो। त्यही भएर एउटै गाडी पास गर्न ३/४ दिन लाग्छ,’ भन्सार प्रमुख तिम्सिनाले भने।

भन्सारमा व्यवस्थित तरिकाले विभिन्न निकाय हुनुपर्नेमा त्यसको अभाव रहेकोले अबका दिनमा झनै चुनौतीपूर्ण रहने उनले बताए। ‘अब हिमपातको समय पनि सुरु भएको छ। हिमपात भयो भने त झनै समस्या हुन् । नाकासम्म पुगेका गाडी पनि चिसोका कारण ‘स्टार्ट’ हुन समेत समस्या हुने गरेको छ,’ उनले भने, ‘रोकेको ठाउँमा चिसोका कारण गाडी स्टार्ट नभए पनि सकस पर्ने गरेको छ। गोदामघर पनि छै। गोदाम नहुँदा सामान बोकेका कन्टेनर नै गोदाम बनेका छन्। सामान उतार्ने र चढाउने काममा समेत सकस छ।’

उनका अनुसार चिसोका कारण एकातिर समस्या छँदैछ, अर्कोतिर बाटो सहज नहुँदा नाका हुँदै भित्र्याइएका चिनियाँ सवारी बाटोमा दुर्घटनामा परेर व्यावसायिक क्षति पनि हुने गरेको छ। उनका अनुसार चालु आर्थिक वर्षको अहिलेसम्म कोरला नाका हुँदै करिब १२ सय चिनियाँ विद्युतीय सवारी नेपाल भित्र्याइएको छ।

‘बाटोमा दुर्घटनामा परेका सवारी यत्रतत्र देखिन्छन्। बिक्रीका लागि नेपाल ल्याइएका ती चिनियाँ सवारी ठाउँ ठाउँमा समस्यामा रहेका भेटिन्छन्, कतै ढुंगामा ठोक्किएका हुन्छन त कतै बिचमै बिग्रेको अवस्थामा भेटिन्छन्, सबैतिर समस्या नै समस्या रहेको छ,’ उनले भने।

पोखरा–जोमसोम सडक पनि यति बेलाको समयमा उत्ति सहज छैन। साँघुरो र कच्ची सडक भएकोले ठूला आकारका कन्टेनरमा पोखरासम्म सामान ल्याउन पनि सकसपूर्ण रहेको व्यवसायीले बताउँदै आएका छन्।

जोमसोमदेखि माथिल्लो मुस्ताङको कोरला नाकासम्मको बाटो कालोपत्रे छैन। यो नै ११५ किलोमिटर दूरीको छ । त्यस्तै बेनी–जोमसोम खण्ड पनि उत्तिकै सकसपूर्ण छ।

कच्ची सडक भएको र यो वर्षको  बाढी पहिरोले कालिगण्डकी करिडोर समेत क्षतविक्षत पारेकोले बेनी–जोमसोम खण्ड सहज नभएको व्यवसायीले बताउँदै आएका छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस