व्यवसायीहरूको एक समूह मुलुकको आर्थिक समृद्धिको महाअभियानमा जुटेको छ। यसका लागि उनीहरूले स्काई होल्डिङ विजनेश ग्रुप स्थापना गरेका छन्।प्रति व्यापारी पाँंच/पाँंच लाखको शेयर राखेर एकीकृत पुँजी बनाइ उनीहरू अगाडि बढेका छन्।
पुँजीलाई एकीकृत गरी मुलुकमै रोजगारी सिर्जना गर्दै युवालाई स्वदेशमै रोजगारी प्रदान गर्ने योजना उनीहरूको छ। संस्थालाई दर्ता गरेर नयाँंनयाँं कार्यक्रमहरू अगाडि बढाउने योजना उनीहरूको छ। समूह अध्यक्ष कृष्णप्रसाद अवालले समूहमा सबै क्षेत्रका व्यक्तिहरू शेयर होल्डरको रूपमा रहेको बताए। उद्योगी व्यवसायीहरू मात्रै नभई सबै क्षेत्रका विज्ञहरूहरू संलग्न गरी ग्रुप बनाएको उनले सुनाए।
सबैको आ–आफ्नो आइडिया लिएर योजना अगाडि ल्याउने उनले सुनाए। ग्रुपमा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठदेखि विभिन्न क्षेत्रका विशिष्ट पहिचान बनाएका व्यक्तित्वहरू रहेको जनाइएको छ। सोही समूहका शेयर होल्डरमध्येका एक नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष श्रेष्ठले देशको समृद्धि सबैको अभिभारा रहेको बताए। एकजना असल नेताबाट नै देशको समृद्धि सम्भव भएको उदाहरण दिँदै उनले देशको आर्थिक अवस्था समृद्ध बनाउन व्यापारीहरू लाग्नुपर्ने बताए। यही आवश्यकतालाई महसुस गरी आफूहरू एकीकृत भएको उनको भनाइ थियो।
समूहका म्यानेजिङ डाइरेक्टर शिवप्रसाद मानन्धरले समूहमा सबै राजनीतिक विचारका मात्रै नभई देशको सबै क्षेत्र, भाषा, लिंग, जातजाति, पेशा व्यवासाय गरिरहेका व्यक्तित्वहरू शेयर होल्डर रहेको जनाए। ग्रुपमा देशभरका एक सय जनासम्म शेरय होल्डर बनाउने योजना रहेको उनले सुनाए। उनले व्यापारीहरूबीच एक अर्काको व्यापार–व्यवसाय प्रवद्र्धनमा सहयोग गरी मुलुककै आर्थिक समृद्धि गर्नु समूहको मुख्य उद्देश्य रहेको सुनाए।
समूहका प्रमुख कार्यकारी अधिकृत उमेश बरालले योजना अनुसार विभिन्न कार्यक्रमहरू पनि अगाडि बढाउँंदै ल्याएको जानकारी गराए। त्यस अनुसार राजधानीमा विजनेश प्रोमोसन प्रोग्राम (व्यापार प्रबद्र्धन कार्यक्रम) आयोजना गरिएको उनले बताए। एकजना नेताले संसारका विभिन्न देशहरूलाई समृद्ध बनाएको उदाहरण धेरै छन्, उनले भने– अब देशलाई समृद्ध बनाउने अभिभारा तपाईं–हाम्रो काँंधमा आएको छ र हामी नै अगाडि बढ्नुपर्छ भन्ने धारणा यो समूहको हो ।
‘समृद्धि र विकासका लागि व्यावसायिक एकताः देश विकासका लागि अत्यन्तै अपरिहार्यता’ भन्ने नाराका साथ स्थापित स्काई ग्रुपले यस पटक दुई वटा व्यवसायीहरूको व्यापार प्रबद्र्धन गर्ने कार्यक्रम तय गरेको जनाएको छ। ‘हाम्रो साथः हाम्रो विकास’ भन्ने उद्घोषका साथ यो पटक सर्वाेत्तम स्टिल र सिमेन्ट तथा कर्मा रेजिडेन्सको विजनेश प्रोमोशन गरिएको जनाएको छ।
ग्रुपका सल्लाहकार युवकराज राजभण्डारीले ‘एकका लागि सबै सबैका लागि एक’ भन्ने अवधारणाका साथ ग्रुपको गठन गरिएको जनाए। आगामी दिनमा यो समूहलाई अझ सशक्त रूपमा अगाडि बढाउने योजना रहेको उनले सुनाए।