काँकरभिट्टा–बंगलाबन्ध पारवहन, सुखद छैन १८ वर्षे अनुभव
११ फागुन २०७२
•
८ मिनेट पाठ
काँकरभिट्टा–बंगलाबन्ध पारवहन,  सुखद छैन १८ वर्षे अनुभव
झापा-२०५४ सालमा पहिलोपटक काँकडभिट्टा–पानीट्यांकी–फूलबारी–बंगलाबन्ध मार्ग सुरु हुँदा नेपालतिर बेग्लै उत्साह थियो । भूपरिवेष्ठित मुलुकले निर्वाध उपभोग गर्न पाउने तेस्रो देशसँगको पारवहन अधिकार नेपालले बल्ल पाएको थियो । भारतमै मात्रै आश्रित पूर्वी नाकाको व्यापार अब बंगलादेशसम्मै विस्तार हुनेवाला थियो।

तर, पारवहन मार्ग सुरु भएको १८ वर्ष पूरा भइसक्दा पनि नेपाली पक्षका प्रारम्भिक अपेक्षा नै पूरा हुन सकेका छैनन् । जसका कारण प्रधानमन्त्री केपी शर्मा ओलीको जारी भारत भ्रमणमा काँकडभिट्टा–बंगलाबन्ध पारवहन मार्गबारे पुरानै सम्झौताको नवीकरण दोहोरिँदा पनि नेपाली पक्ष खुसी हुनुपर्ने स्थिति छ । 'ज्यादै ठूलो अपेक्षासाथ पारवहन मार्गको सुरुआत भएको थियो,' नेपाल उद्योग वाणिज्य महासंघका सदस्य केशवराज पाण्डेले भने, 'यसमा धेरै नेपाली पक्षकै कमजोरी रह्यो, भारत र बंगलादेशले पनि चाहे जसरी फेसिलिटेट (सहजीकरण) गरेन । जसका कारण यति लामो अवधिमा पनि हामी सुरुकै अपेक्षा पूरा हुन् भन्ने अवस्थामा छौं ।'

नेपाल–भारत र बंगलादेशबीचको त्रिदेशीय व्यापारका विज्ञ मानिने पाण्डेका अनुसार यो रुटको पूर्ण उपयोगमा नेपाली पक्षले कहिल्यै गम्भीरता देखाएन । 'अदुवा, कुचो, सुन्तला, तरकारीजस्ता कृषिउपज बंगलादेश पु¥याउन सके ज्यादै राम्रो हुन सक्थ्यो,' उनले भने, 'नेपाली पक्षले त्यो त गरेन नै, रुटमा देखिएका जटिलता फुकाउन पनि नेपाली अधिकारीले पहल गरेनन् ।' जटिलता र असहजताको पर्याय नै यो नाकाजस्तो भएको उनको भनाइ छ ।

फूलबारी–बंगलाबन्ध मार्ग हुँदै भएको कारोबारको आकार ठूलो भए पनि नेपाली पक्षले खासै फाइदा लिन सकेको छैन । बंगलादेशले प्रत्येक वर्ष नेपाल निर्यात गर्ने सामानको संख्या बढाइरहेको छ । तर, नेपाल पहिले जहाँ थियो, अहिले पनि त्यहीँ रहेको व्यवसायी बताउँछन् । त्यसको मुख्य कारण थियो, भारत–बंगलादेश सीमामा नेपाली पक्षले भोग्दै आएको सास्ती । नेपालबाट गएका कन्टेनर खुला चौरमा अनलोड गर्नुपर्ने अवस्था लामो समय रह्यो । असुरक्षाको भय उत्तिकै थियो । नेपालबाट कृषिजन्य उत्पादन बढी निर्यात हुने बंगलादेशको व्यवस्थित गोदाम घरभन्दा एक किलोमिटर वरै सामान झार्नुपर्दा खेपेको सकस हटाउन पनि नेपाली पक्षले कहिल्यै उल्लेख्य पहल गर्नै सकेन ।

यो झन्झट हटाउन भारतीय पक्षको अनिच्छा मुख्य कारण रहेको नेपाली पक्षको बुझाइ छ । 'यस्ता झन्झट विस्तारै कम हुँदै जान थालेका छन्,' मेची भन्सार कार्यालयका एक अधिकृतले भने, 'तर, त्यहाँको समस्या समाधानमा भारतले कहिल्यै चासो दिएन । त्यसैले नेपाली पक्षले उल्लेख्य फाइदा लिनै सकेन ।'

पूर्वी नाकाबाट बर्सेनि ठूलो परिमाणमा कृषि उत्पादन बंगलादेश निर्यात हुने गरेको छ । फलपूmल, मुसुरो, गहुँ, अदुवा तथा औद्योगिक उत्पादन ल्याक्टोजिन, बिस्कुट, चाउचाउ, विद्युतीय ट्रान्सफर्मरलगायत नेपालबाट बंगलादेश निर्यात हुने मुख्य वस्तु हुन् ।

प्रधानमन्त्री ओलीको भारत भ्रमण क्रममा भएको सातबुँदे द्विपक्षीय सहमतिको एउटा मुख्य बुँदा हो– काँकरभिट्टा–बंगलाबन्ध मार्गका लागि नयाँ रुट अनुमति । पूर्वको मात्रै होइन, नेपालकै आर्थिक मुहार फेर्न सहयोगी साबित हुने यो सम्झौताबाट उद्योगी व्यवसायी उत्साहित छन् । तर, यसको कार्यान्यवनमा भने सबै सशंकित नै छन् । किनभने, यो १८ वर्षको तितो अनुभवले नेपाली पक्ष विश्वस्त हुन नसकेको हो ।

'प्रधानमन्त्री तहमा जुन सम्झौता भयो, त्यो स्वागतयोग्य छ,' महासंघ सदस्य पाण्डेले भने, 'सम्झौता भएरमात्र हुँदैन, व्यवहारमा उतार्नुपर्छ । कार्यान्वयनमा कुनै पक्ष चुक्नु हुँदैन । त्यो पक्ष हेर्न बाँकी छ ।' रुटलाई सहज बनाउँदै नेपाली उत्पादनलाई सजिलै बंगलादेशसम्म पु¥याउन निजी क्षेत्रले समेत पहल गरिरहेको उनको भनाइ छ ।

निर्यात व्यापारमै संलग्न व्यवसायी चाहिँ सम्झौताप्रति आशावादी छैनन् । 'यो सम्झौता हाम्रा लागि कागलाई बेल पाक्यो हर्ष न विस्मात भनेझैं हो,' मेची भन्सार एजेन्ट संघ अध्यक्ष मोहन निरौलाले भने, 'सबैभन्दा पहिला भारतले सम्झौता गरेर मात्र हुँदैन, यसलाई सहज रूपमा कार्यान्वयन गर्नुपर्छ भन्ने कुरा बिर्सन हुँदैन ।'

भारतसँग पटक–पटक यस्ता सम्झौता भए पनि कार्यान्वयन नभएका कारण यो सम्झौताले पनि नेपाली पक्ष खुसी हुने बेला नआएको निरौलाले बताए । नेपालले बंगलादेशसँग गर्ने व्यापारलाई सहज बनाउन र भारतीय पक्षबाट उत्पन्न समस्या समाधाननिम्ति आग्रह गर्दा भारततर्फबाट कुनै सुनुवाइ नभएको निरौलाको आरोप छ । यसकारण नेपालले सम्झौता अक्षरशः पालना गर्नुपर्ने भारतले भने नगर्दा पनि हुने शृंखला अन्त्य हुनुपर्ने उनको माग छ ।

भारतको अनुदार कार्यशैलीका कारण यो रुटमा सधैं समस्या भोग्नु परिरहेको व्यवसायीको भनाइ छ । नेपाल–बंगलादेश व्यापार निम्ति भारतको पानीटं्याकी–पूmलबारी मार्ग हुँदै बंगलादेशको बंगलाबन्धसम्मको मार्ग सुचारु भएको लामो समय बितिसक्दासम्म उक्त मार्गको समयसापेक्ष निर्माण वा मर्मत–सम्भार भएको छैन । पूर्वाधार विकास गरेर रुटलाई व्यवस्थित बनाउन भारतले सहज वातावरण दिए मात्रै दुई देशका प्रधानमन्त्री तहमा भएको सम्झौताको अर्थ हुने व्यवसायीको भनाइ छ।
अर्को समाचार
कोरला भन्सार : ‘अव्यवस्थित संरचनाले सकस’
९ घण्टा अघि
•
१ मिनेट पाठ
कोरला भन्सार : ‘अव्यवस्थित संरचनाले सकस’
पोखरा। लामो समयदेखि उपेक्षामा पर्दै आएको मुस्ताङको कोरला नाकास्थित नेचुङ भन्सार कार्यालयले अहिले पनि दिनमा आठ करोड रुपैयाँ हाराहारीमा राजस्व संकलन गर्दै आएको छ।

सीमित स्रोतसाधनका बाबजुद पनि अहिलेको समयमा नेपाललाई चीनसँग जोड्ने व्यापारिक नाकाको एक मात्र विकल्पको रूपमा कोरला बनेको छ। त्यही नाका हुँदै अहिले दिनहुँ जसो करोडौँ रुपैयाँ मूल्यका चिनियाँ सामान नेपाल भित्रिरहेका छन्। 

मुस्ताङ भन्सार कार्यालयका अनुसार अहिले चीनबाट नेपालमा सामान र साधन भित्र्याउने एक मात्र नाका कोरला बनेको छ। गत भदौमा आएको भोटेकोशीको बाढीले रसुवागढी नाका ध्वस्त पारेपछि नेपालको चीनसँगको व्यापार अप्ठेरोमा परेको थियो। त्यस लगत्तै चीनले तातोपानी नाका पनि अस्थायी रूपमा बन्द गरेको थियो।

रसुवागढी नाका बाढीले ध्वस्त बनाएपछि त्यहाँको नाकामा रोकिएका र तातोपानी बन्द गरिएपछि रोकिएका कन्टेनरका सामान कोरला नाका हुँदै नेपाल भित्र्याउन थालिएको थियो। त्यसपछि बल्ल कोरला नाका चलायमान बनेको थियो।

‘नेपाल र चीनसँगको व्यापारको एक मात्र नाका अहिले कोरला बनेको छ, तर यसको व्यवस्थापन जबरजस्त भइरहेको छ। व्यवस्थित नाका नहुँदा समस्या बनेको छ,’ कोरलास्थित मुस्ताङ भन्सार कार्यालयका प्रमुख अनन्त तिम्सिना भन्छन् ‘अब चिसो बढ्न थाल्यो, आगामी दिन अझै सकसपूर्ण हुनेछैन, कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता छ। तर पनि चीनसँगको व्यापारको विकल्प कोरलाको छैन।’

उनका अनुसार अहिले नै चिसो बढिसकेकोले लोमान्थाङ क्षेत्रमा पानी जम्न थालिसकेको छ। स्थानीयवासीहरु चिसो छल्नका लागि तल (पोखरा, चितवन, काठमाडौं) झर्न थालिसकेका छन्।

‘अब त सुनसान बन्न थालिसकेको छ । माथिल्लो क्षेत्रका धेरै घरमा ताला लागिसकेको छ,’ उनले भने, ‘अब त कर्मचारीलाई पनि आवश्यक सामान किन्न नपाउने अवस्था आउन थालिसकेको छ।’

अघिल्ला वर्ष यो सिजनमा नाका क्षेत्र यो बेलासम्म सुनसान बनिसकेको हुन्थ्यो। यो पटक भने चिसो बढ्दै गए पनि कोरलाको व्यापारिक नाका भने अहिले पनि व्यस्त रूपमै चलिरहेको छ।

नाका खुलाएर व्यापारिक गतिविधि सञ्चालन गरे पनि भन्सारमा आवश्यक संरचना नहुँदा समस्या रहेको उनले बताए।

‘कोरला नाकाबाट चालु आर्थिक वर्षको अहिलेसम्म १५ अर्ब रुपैयाँ राजस्व उठिसकेको छ। तर, भन्सारमा व्यवस्थापन कमजोर छ। ‘संरचना छैनन्, जबरजस्ती व्यापारिक गतिविधि चलाइएको मात्र छ,’ उनले भने।

उनका अनुसार मुस्ताङको यो भन्सार नाकामा अहिलेसम्म एकीकृत भन्सार जाँच चौकी (आईसिपी) छैन। ‘व्यापारिक नाका मात्र हो, तर, व्यवस्थापन सहज छैन। सबैतिर अस्तव्यस्त मात्र छ,’ उनले भने, ‘आईसिपीमा हुनुपर्ने न्यूनतम पूर्वाधार पनि छैनन् । पूर्वाधार भए पनि अपुग छन्। भन्सार नाकामा हुनुपर्ने कतिपय निकायको उक्त क्षेत्रमा उपस्थिति नै छैन।’

एकीकृत भन्सार जाँच चौकीमा आयात–निर्यात तथा सीमा वारपारसम्बन्धी सम्पूर्ण सरकारी सेवा र सुविधा एकै छानामुनिबाट प्रदान गरिन्छ। तिम्सिनाका अनुसार आईसिपीमा एकीकृत सेवा प्रणाली अन्तर्गत भन्सार जाँच पास, अध्यागमन, क्वारेनटाइन (पशु, वनस्पति तथा खाद्य परीक्षण), बैंक तथा विदेशी मुद्रा सटही काउन्टर एउटै परिसरभित्र रहन्छन्। 

ती बाहेक सामान भण्डारणका लागि ठूला गोदाम, कोल्ड स्टोरेज, कन्टेनर पार्किङ यार्ड, इलेकट्रोनिक तौल काँटा र सुरक्षा जाँचका आधुनिक उपकरण पनि भन्सार क्षेत्रमै उपलब्ध हुन्छन्। एउटै स्थानबाट सबै प्रक्रिया पूरा हुने भएकाले मालवाहक सवारीसाधनको सीमा नाकामा हुने लामो जाम हट्छ र ढुवानी लागत कम हुनुपर्ने भए पनि मुस्ताङको कोरलामा भने ती सबै समस्या रहेको उनले सुनाए। 

‘उनको भन्सार जाँच पास गराउनुपर्‍यो भने अहिले पनि समस्या  । त्यसका लागि पोखरा आउनुपर्छ,’ उनले भने, ‘भन्सार कार्यालय मात्र भएर हुँदैन। अरू सरकारी निकाय पनि हुनुपर्छ। अध्यागमनमा पनि उत्तिकै समस्या छ। सबैले समान रूपमा काम गर्नुपर्छ । बैंक त करिब १४ किलोमिटर तल छ। राजस्व बुझाउनका लागि १४ किलोमिटर तल झरेर बैंकमा रकम तिरेर फर्केपछि बल्ल काम हुन्छ। त्यसैले सबैका लागि झन्झट छ।’ 

उनका अनुसार भन्सार कार्यालयका लागि मात्र एक हजार रोपनी क्षेत्रफलको जग्गा रहेको छ। ‘सामान लोड–अनलोड गर्नमा समेत समस्या छ। सबै काम भुँइमै गर्ने हो। त्यही भएर एउटै गाडी पास गर्न ३/४ दिन लाग्छ,’ भन्सार प्रमुख तिम्सिनाले भने।

भन्सारमा व्यवस्थित तरिकाले विभिन्न निकाय हुनुपर्नेमा त्यसको अभाव रहेकोले अबका दिनमा झनै चुनौतीपूर्ण रहने उनले बताए। ‘अब हिमपातको समय पनि सुरु भएको छ। हिमपात भयो भने त झनै समस्या हुन् । नाकासम्म पुगेका गाडी पनि चिसोका कारण ‘स्टार्ट’ हुन समेत समस्या हुने गरेको छ,’ उनले भने, ‘रोकेको ठाउँमा चिसोका कारण गाडी स्टार्ट नभए पनि सकस पर्ने गरेको छ। गोदामघर पनि छै। गोदाम नहुँदा सामान बोकेका कन्टेनर नै गोदाम बनेका छन्। सामान उतार्ने र चढाउने काममा समेत सकस छ।’

उनका अनुसार चिसोका कारण एकातिर समस्या छँदैछ, अर्कोतिर बाटो सहज नहुँदा नाका हुँदै भित्र्याइएका चिनियाँ सवारी बाटोमा दुर्घटनामा परेर व्यावसायिक क्षति पनि हुने गरेको छ। उनका अनुसार चालु आर्थिक वर्षको अहिलेसम्म कोरला नाका हुँदै करिब १२ सय चिनियाँ विद्युतीय सवारी नेपाल भित्र्याइएको छ।

‘बाटोमा दुर्घटनामा परेका सवारी यत्रतत्र देखिन्छन्। बिक्रीका लागि नेपाल ल्याइएका ती चिनियाँ सवारी ठाउँ ठाउँमा समस्यामा रहेका भेटिन्छन्, कतै ढुंगामा ठोक्किएका हुन्छन त कतै बिचमै बिग्रेको अवस्थामा भेटिन्छन्, सबैतिर समस्या नै समस्या रहेको छ,’ उनले भने।

पोखरा–जोमसोम सडक पनि यति बेलाको समयमा उत्ति सहज छैन। साँघुरो र कच्ची सडक भएकोले ठूला आकारका कन्टेनरमा पोखरासम्म सामान ल्याउन पनि सकसपूर्ण रहेको व्यवसायीले बताउँदै आएका छन्।

जोमसोमदेखि माथिल्लो मुस्ताङको कोरला नाकासम्मको बाटो कालोपत्रे छैन। यो नै ११५ किलोमिटर दूरीको छ । त्यस्तै बेनी–जोमसोम खण्ड पनि उत्तिकै सकसपूर्ण छ।

कच्ची सडक भएको र यो वर्षको  बाढी पहिरोले कालिगण्डकी करिडोर समेत क्षतविक्षत पारेकोले बेनी–जोमसोम खण्ड सहज नभएको व्यवसायीले बताउँदै आएका छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस