झापा- निर्णय गर्न सधैं हतारिने तर कार्यान्वयनमा जहिल्यै उदासीन रहने सरकारी कमजोरीले पूर्वी नाकामार्फत हुने सीमापार व्यापार पूरै असुरक्षित बनेको छ। कुखुरा र बंगुरको नेपाल–भारत कारोबारको पछिल्लो अवस्था नियाल्दा नेपाली पक्ष पूर्णतः असुरक्षा भोगिरहेको प्रस्ट हुन्छ। यसबारे भलिभाँती जानकार नेपाली प्रशासन यस्तो असुरक्षा घटाउनचाहिँ पटक्कै अग्रसर छैन।खुला सीमामार्फत निर्वाध चल्दै आएका धेरै कारोबारमध्ये नेपालले भारतीय पक्षीको आयातमा रोक लगाएको छ। भारतले पनि नेपालमा उत्पादित बंगुर आयातमा प्रतिबन्ध लगाएको छ। आन्तरिक बजार सुरक्षानिम्ति दुई देशले आ–आफ्नो हितका लागि लिएको यो निर्णय कार्यान्वयनमा भने आकास–जमिनको फरक छ। किनभने, नेपाली बंगुर केही समययता भारत जान पूरै प्रतिबन्ध छ, तर भारतीय पक्षी तथा पक्षीजन्य वस्तु भने नेपालतिर निर्वाध आयात भइरहेको छ।
भारतले आफ्ना बंगुरपालक किसानको उत्पादनलाई प्रोत्साहित गर्न वर्षदिन अघिदेखि नेपाली बंगुरमा प्रतिबन्ध लगाएको हो। भुटान र भारतको बजार लक्षित गरेर ठूलो लगानीमा बंगुरपाल व्यवसाय सुरु गरेका नेपाली लगानीकर्ता यतिबेला लगानी डुबेर विजोग अवस्थामा पुगेका छन्। भारतीय पक्षले कडाइपूर्वक निर्णय कार्यान्वयन गर्दा त्यहाँका बंगुरपालक लाभान्वित भएका छन्। तर, बर्डफ्लुलगायत संक्रामक रोगको संक्रमण रोकेर स्थानीय कुखुरापालन व्यवसायलाई प्रोत्साहित गर्ने भन्दै नेपाली पक्षले भारतीय पंक्षीको आयात पाँच वर्षअघि नै प्रतिबन्ध लगाएको थियो। पर्याप्त सरकारी अनुदानको आडमा उत्पादन हुने भारतीय कुखुरा नेपाल नआउने भएपछि स्थानीय उत्पादकले दिन फिर्ने आशा गरेका थिए। तर, प्रतिबन्धको निर्णय कागजमै सीमित भयो, नाकामा भने निर्वाध आयात जारी छ। यसले नेपाली कुखुरा उत्पादकलाई भारतीय कुखुरासँग प्रतिष्पर्धा गर्न गाह्रो भएको छ।
'भारतीय पक्षले आफ्नो निर्णय ज्यादै इमान्दारीपूर्वक कार्यान्वयन गर्दा त्यहाँका बंगुरपालक फाइदामा गए,' झापास्थित कुखुरापालक व्यवसायी हरिप्रसाद तिम्सिना भन्छन्, 'तर, नेपालले लगाएको प्रतिबन्धचाहिँ कागजमै सीमित भयो। हामी अहिले पनि भारतीय कुखुराको अवैध आयातले पूरै मारमा छौं।' उनका अनुसार आफ्ना नागरिकलाई लगानीनिम्ति सधैैं हौस्याउने तर तिनको लगानी सुरक्षामा चरम बेवास्ता दर्शाउने समस्या सरकारको तल्लो इकाइम्मै फैलिएको छ। यसले व्यवसायमा जटिलता थपेको उनको गुनासो छ।
भारतले नेपालको बंगुर आयातमा रोक लगाएपछि ज्यादै ठूलो लगानीमा सञ्चालित झापाका दर्जनौं बंगुर फार्म बन्द भएका छन्। आफ्नै उत्पादन प्रोत्साहन गर्न भारतले नेपाली बंगुरको आयातमा रोक लगाएको थियो। मुख्य बजार गुमाएपछि किसानले बंगुरपालनमा गरेको अर्बौ रुपैयाँको लगानी जोखिममा परेको छ। झापामा दर्ता भई सञ्चालनमा रहेका ८० वटा फार्म मध्ये ९० प्रतिशतजति बन्द भइसकेको बंगुर व्यवसायी संंघ झापाले जनाएको छ। बाँकी जसोतसो चलिरहेका छन् । व्यवसायीका अनुसार करिब एक वर्षदेखि नेपाली बंगुरको निर्यात ठप्प छ। भारत र भुटान निर्यात हुँदै आएको बंगुर निकासीमा रोक लागेपछि नेपाली उत्पादनकोे ५० प्रतिशतभन्दा ठूलो बजार गुमेको छ।
झापामा सञ्चालनमा रहेका ८२ वटा फार्ममध्ये ९० प्रतिशत बन्द भइसकेको बंगुर व्यवसायी संंघ झापा अध्यक्ष भीम राईले बताए। राई भन्छन्, 'अहिले धेरै व्यवसायी वैकल्पिक पेसातर्फ लागेका छन्।' केर्खामा करोड लगानीमा कुलुङ बंगुर फार्म हाउस खोलेका सन्जिव राईका अनुसार करोड रुपैयाँभन्दा बढी लगानीमा सञ्चालन भएका चार–पाँचवटा फार्म दुःखसुख सञ्चालनमा छन् । ४०–५० लाख रुपैयाँको लगानीका त प्रायः सबै बन्दै भइसके। उनका अनुसार पूर्वमा झापा, मोरङ र सुनसरीमा मात्रै अढाई सयभन्दा बढी व्यावसायिक बंगुरपालनका फार्म छन्। पूर्वमा सबैभन्दा बढी बंगुर व्यवसायी सुनसरीमा रहेका छन्। झापा दोस्रो र मोरङ तेस्रोमा पर्छन्।
तर, भारतीय प्रतिबन्धले मारमा परेकाको व्यथा यस्तो छ भने नेपाली प्रतिबन्धले सुरुमा उत्साही देखिएका कुखुरापालकको पनि ओठतालु यसबेला नेपाली पक्षकै कमजोरीले सुकेको छ।
केही दिनअघि झापा ज्यामिरगढीको बीचकामत नजिकैबाट हुलका हुल साइकल भित्रिए। कुखुराको चल्लाको आवाज स्थानीय धेरैले थाहा पाए। तर, गाउँले धेरैलाई थाहा भएन, त्यसरी भारतबाट कुखुराको चल्ला नेपाल भिœयाउन कानुनतः बन्देज छ। अरू धेरै घटना छन्, जहाँ अवैध रूपमा पक्षीजन्य वस्तु खुलेआम नेपाल भित्रन्छ। प्रहरीले यसबारे सुइँकोसम्म पाउँदैन। बेला–बेला प्रहरीले थोरै परिमाणमा त्यस्ता सामग्री समात्छ र हल्लाखल्ला गर्छ। तर, खुला नाकाबाट दिनहुँ धेरै पक्षी तथा पक्षीजन्य वस्तु नेपाल भित्रिरहेको छ। केही समय साम्यजस्तै भएको भारतबाट पंक्षी तथा पंक्षीजन्य वस्तुको आयात फेरि चुलिएको छ। यसले सीमावर्ती क्षेत्रमा संक्रामक रोगको जोखिम मात्रै बढाइरहेको छैन, कागजमा प्रतिबन्ध लगाएको सरकारी घोषणाको धज्जी पनि उडाइरहेको छ। नेपाली लगानीकर्तालाई हतोत्साही पारिरहेको छ।
प्रहरीले देखे समात्ने तर लुकाएर नेपाली बजारमा विक्रीचाहिँ हुने अवस्था पूर्वमा प्रष्ट देखिएको छ। यसले पटक–पटक बर्डफ्लुको संक्रमणमा परेको झापामा त्यस्तो जोखिम उच्च पारेको पशु चिकित्सक बताउँछन्। नेपालमै पहिलोपटक ०६५ साल माघमा झापाको मेचीनगरबाटै बर्डफ्लू रोग फेला परेको थियो। त्यसको एक महिनापछि झापाकै शरणामतीमा दोस्रोपटक फेला पर्योप। त्यसपछि काठमाडौं, भक्तपुर ललितपुर, कास्कीलगायत देशका विभिन्न भागमा यो रोग फैलिएपछि सरकारले पंक्षी तथा पंक्षीजन्य वस्तुको आयातमा रोक लगाएको थियो।
जिल्लाका मेचीनगर, भद्रपुर, बाहुनडाँगी, ज्यमिरगढी, गौरादह, खजुरगाछीलगायत स्थानबाट अवैध रूपमा कुखरा आयात गर्ने गरेका छन्। भारतबाट आयात गरिएका कुखुरा पक्राउले पनि अवैध धन्दाले निरन्तरता पाइरहेको पुष्टि गरेको उनीहरू बताउँछन्। 'जसरी पक्राउ पर्नुपर्ने हो पक्राउ परिरहेका छैनन्,' कुखुरापालक व्यवसायी संघ क्षेत्रीय अध्यक्ष हरिप्रसाद तिमिल्सिनाले भने, 'जुन मात्रामा कुखुरा भित्रिरहेका छन्, सबै पक्राउ गर्न सकिरहेको छैन।' भारतबाट आयातित कुखुराका कारण व्यवसायीको लगानी डुब्ने र विभिन्न रोग भित्रने जोखिम उच्च हुने उनको भनाइ छ।
जिल्लाका ग्रामीण क्षेत्रबाट यस्ता कुखुरा भित्रने गरेका छन्। जहाँ सुरक्षा निकायको पातलो उपस्थिति हुन्छ। यस्तो अवैध धन्दा नियन्त्रण गर्न बेला–बेलामा कुखुरा व्यवसायी आफैं सडकमा निस्कने गरेका छन्। तर, पनि धन्दाले निरन्तरता पाइरहेको छ। केही समयअघि मेची कुखुरापालक कृषक समुह धुलाबारीले गस्ती गर्नेक्रममा २५ किलो तयारी कुखुराको मासुसहित एक व्यक्तिलाई नाकामा पक्राउ गरी प्रहरीको जिम्मा लगाएको थियो।
दक्षिण इलामको जिर्मलेदेखि मोरङसम्मको एक सय १८ किलोमिटर खुला सीमाको फाइदा उठाउँदै कारोबार गरेपछि खुला सीमा नै यस्तो धन्दा नियन्त्रणको प्रमुख समस्या बनेको पशु क्वारेन्टाइन चेकपोस्ट काँकडभिट्टाले जनाएको छ। त्यस्तो अवैध धन्दाको निगरानीनिम्ति अनुगमन टोली तथा गस्ती परिचालन गरिएको प्रमुख पशुचिकित्सिक मुकेश सिंह बताउँछन्। सिंह भन्छन्, 'यो धन्दा पशु क्वारेन्टाइन चेकपोस्टको एक्लो प्रयासले मात्र नियन्त्रण हुँदैन।'