सीमामा भारतका १६ स्मार्ट सिटी, नेपालको भाषणमै सीमित
१७ फागुन २०७२
•
१५ मिनेट पाठ
सीमामा भारतका १६ स्मार्ट सिटी, नेपालको भाषणमै सीमित
काठमाडौं– सरकारले चालू बजेट वक्तव्यमार्फत् तीन ओटा स्मार्ट सिटी निर्माणका लागि गुरुयोजना तयार गरी कार्यान्वयनमा लाने लक्ष्य लिएको छ। 'काठमाडाैं उपत्यकामा एउटा, लुम्बिनी क्षेत्रमा एउटा र निजगढ(बारा)लाई स्मार्ट सिटीको रुपमा विकास गर्न गुरुयोजना तयार गरी कार्यान्वयनमा लगिने छ,' चालू बजेट बक्तव्यको ९० औं नम्बर बुँदामा उल्लेख छ।




sm1.jpg

तर, बजेट कार्यान्वयमा आएको सात महिना महिना पूरा हुन लाग्दासमेत सरकारले ती तीन शहर विकासका लागि गुरुयोजना नै बनाउन सकेको छैन।

'हामीले बनाउन चाहेको स्मार्ट सिटीका विशेषता के के हुन्छन् भन्ने विषयमा मात्र हामी टुंगोमा पुगिसकेका छौं,' भौतिक पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता पदमकुमार मैनालीले भने, 'मनत्रालयले तयार पारेको राष्ट्रिय शहरी विकास रणनीतिमा हामीले बनाउने स्मार्ट सिटी भनेको के हो भन्ने कुरा उल्लेख गरेका छौं।' तर, स्मार्ट सिटीको परिभाषालाई टुंगो लगाउने बाहेक व्यवहारिक कार्यान्वयनको तहमा कुनै काम अघि नबढेको प्रवक्ता मैनालीको भनाइ छ।
sm2.jpg
'गुरुयोजना तयार गरेर काम अघि बढाउन मन्त्रालयलाई बजेट नै उपलब्ध छैन,' उनले भने। शहरी विकास तथा भवन निर्माण विभागका सिनियर डिभिजनल इन्जिनियर सुरेशकुमार वाग्ले भने विभागमा वार्षिक योजनामा स्मार्ट सिटीको कुनै योजना नै नभएको बताउँछन्। 'मध्ये पहाडी लोकमार्गमा बनाउने भनिएका १० नयाँ शहरलाई पनि स्मार्ट शहरकै अवधारणमा अघि बढाउने विभागको योजना छ,' उनले भने, 'निजगढ क्षेत्रमा कस्तो शहर बनाउन सकिन्छ भन्ने विषयमा भने ५ वर्षअघि नै भौतिक किवास योजना तयार भएको थियो।'

देशका हरेक क्षेत्रमा नयाँ शहर विकास योजनाअन्तर्गत एकीकृत शहर विकास योजना(आइडिपी)ले भने स्मार्ट शहरका विशेषलाई सकेसम्म नयाँ शहररुमा थप्ने नीति लिएको उनको भनाइ छ। तर, व्यवहारिक कार्यान्वयमा कुनै योजना गएका छैनन्।

के हो स्मार्ट सिटी ?

सरकारी संयन्त्रमा रहेका र बाहिरका भिन्नभिन्न व्यक्तिको स्मार्ट सिटीका बारे आ–आफ्नै बुझाइ छ । शहरी विकास मन्त्रालयकै योजना शाखामा कार्यरत सहसचिव नवलकिशोर मिश्र सबै शहरलाई पूर्णतया अनलाइन प्रशासन प्रणालीमा लगेपछि स्मार्ट सिटी बन्ने बुझाइ राख्छन् । तर, अनलाइन प्रणालीको एकक्षीय विकासले मात्र कुनै सहरलाई स्मार्ट भन्न नमिल्ने कतिपयको विश्लेषण छ ।

'स्मार्ट सिटी त व्यवहारमा कार्यान्वयन गर्न सकिने त्यस्तो आदर्श शहरको अवधारणा हो, जहाँ हरेक पक्ष स्मार्ट वा चुस्तदुरुस्त हुनुपर्छ,' शहरी विकास मन्त्रालयकै पूर्व सचिव किशोर थापा भन्छन्, 'स्मार्टको अर्थ के हो भन्ने धेरैले बुझ्दैनन् । त्यसो हुँदा हामीले स्मार्टलाई नेपाली नामाकरण गर्नुपर्छ।'

विकिपिडिया विश्वशब्दकोषका अनुसार प्रशासन, अर्थतन्त्र, यातायात, पर्यावरण, नागरिक, जीवनशैलीजस्ता सबैजसो पक्ष चुस्तदुरुस्त रहनु पर्दछ । यही मान्यतामा आधारित भएर विश्वका विभिन्न देशमा स्मार्ट सिटीहरु विकास भएको पनि पाइन्छ । आर्मस्टडम, सान्ताक्रुजजस्ता शहरहरु करिब यही मान्यतामा आधारित छन्।

तर, यी सबैजसो पक्षमा स्मार्ट हुन नसकी कुनै एउटा पक्षमा मात्र स्मार्ट हुने सहरलाई विशेषताअनुसार साइबर सिटी, डिजिटल सिटी, पेपरलेस सिटी, टेलिसिटी, नलेज बेस्ड सिटीजस्ता नाम दिइएको पाइन्छ । नेपालको सन्दर्भमा स्मार्ट सिटीमा रहने पक्षका बारेमा व्याख्या गरी मौलिक परिभाषा निर्माण गर्नुपर्ने आवश्यकता रहेको धेरैजसो जानकारहरु बताउँछन् ।

पूर्व सचिव किशोर थापा भन्छन्, 'स्मार्ट शब्दलाई नेपालीमा उल्था गरेर एउटा नेपाली नाम दिनु आवश्यक छ। मेरो पालामा 'सफा सहर' भन्ने शब्द राखेर हामीले स्मार्ट सहरको अवधारणा ल्याएका थियौं ।'

'मिश्रित ऊर्जालाई विस्थापन गरी नविकरणीय ऊर्जाको खपत बढाउने, आकाशे पानीको प्रशोधन र प्रयोगले पानीको आयात कम गर्ने, रुफटप फर्मीङ(छानामा खेती) तथा करेसा खेतीको माध्यमबाट शहरलाई खाद्यान्नमा अत्मनिर्भर बनाउँदै लाने, पेपरलेस अवधारणाअन्तर्गत अनलाइन अफिस, अनलाइन शिक्षा, अनलाइन बैंकिङलगायत हरेक सेवा सुविधालाई अनलाइनमा लाने स्मार्ट सिटीको विशेषता हो,' उनी भन्छन्, 'स्मार्ट प्रशाशनअन्तर्गत सुरक्षाका लागि सिसिटिभीको निगरानी बढाउने, स्मार्ट यातायातअन्तर्गत पैदल मार्ग, साइकल लेन, हरियाली सडक, विद्युतीय सवारी साधानहरुको विकास पनि यस्ता सहरहरुमा गर्नुपर्छ ।'

उनकाअनुसार स्मार्ट जीवनशैलीका लागि फोहरमैला व्यवस्थापनको चुस्त तरिका अपनाउने, मनोरन्जन पार्क, हरियाली पार्क, उपयुक्त आवास, स्मार्ट अर्थतन्त्र, पढेलेखेका र स्वस्थ नगरबासीको विकास पनि स्मार्ट सिटीको विशेषता हो । 'मानौं यो एउटा चुनौतीपूर्ण र कार्यान्यनमा ल्याउन सकिने परिकल्पना हो,' उनले भने, 'गर्न सकिने भएकोले नै भारतका प्रधानमन्त्रीले १ सय ओटा स्मार्ट शहर विकासको योजना ल्याएका हुन्।'

तर, दातृ निकायको निर्देशनमा कहिले इको सिटी, कहिले हेल्दी सिटी, कहिले क्लिन सिटी भनेर शहर विकासको योजना निर्माण गर्नुभन्दा दातृ निकायको सहयोगलाई बास्केट फण्डमा लाने र प्याकेजिङ गरी सबै सुविधाले युक्त चुस्त शहर निर्माण गर्नु नै उपयुक्त हुने जानकारहरुको धारणा छ ।

नेपालको सीमामा भारतका १६ स्मार्ट शहर

२०१५ को जुन २५ मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँग सीमा जोडिएका उत्तर प्रदेशमा १३ र विहारमा ३ गरी १६, तमिलनाडुमा १२, महाराष्ट्रमा १० सहित १ सय सहरलाई स्मार्ट सिटीका रुपमा विकास गर्ने परियोजना कार्यान्यवनमा ल्याएका छन् ।

भारतले बनाउन चाहेका स्मार्ट शहरहरुमा विश्वस्तरीय यातायात सुविधा, विद्युत–पानीको आपूर्ति चौबिसै घण्टा, एकदेखि अर्को ठाउँमा बढीमा ४५ मिनेटमा पुग्न सकिने व्यवस्था, प्रशासनिक सेवामा एक द्वार प्रणाली कार्यान्वयन, अनलाइन शिक्षाको विकास, स्वस्थ शहरी वातावरण, उच्च सुरक्षा व्यवस्था र पूर्ण मनोरञ्जनको व्यवस्थालगायत सुविधा रहेन घोषणा मोदी सरकारको घोणा छ।

नेपालको बजेटमा छ, कार्यान्वयन छैन

यसअघिका बजेटहरुमा सरकारले 'सफा शहर', 'प्लाष्टिक मुक्त शहर' जस्ता नाममा शहरी विकासका कार्यक्रम ल्याएर स्मार्ट सहर विकासको बाटोमा अघि बढ्ने संकेत गर्दै आएको थियो। तर, यसपाली भने देशका ३ भिन्न स्थानमा 'स्मार्ट' शहर नै विकास गर्ने योजना ल्यायो। तर, ती शहरहरुको विकासलाई कसरी अघि बढाउने भन्ने विषयमा हालसम्म कुनै छलफल नै भएको छैन । 'हामीलाई कुनै अवधारणा नै प्राप्त भएको छैन,' शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक शम्भू केसीले भने, 'यस विषयमा मन्त्रालयले नै हामीलाई स्पष्ट अवधारणा दिनुपर्छ अनि मात्र अघि बढ्न सकिन्छ।'

मन्त्रालयले शहरी विकासमा नयाँ भिजन र अवधारणा निर्माण गर्न सक्ने विज्ञ तथा अनुभवी पूर्व कर्मचारीहरुसँग पनि यस विषयमा कुनै छलफल नै चलाएको छैन। 'मन्त्रालयले स्मार्ट सिटीको बारेमा कुनै पनि छलफल आयोजना गरेको मेरो ख्यालमा छैन,' पूर्वसचिव किशोर थापा भन्छन्।

काठमाडौं, निजगढ र लुम्बिनीमा स्मार्ट सिटी उपयुक्त हुन्छ ?

सरकारले बारा जिल्लाको निजगढ क्षेत्रमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने योजना केही वर्षअघिदेखि बजेटमा राख्दै आएको छ। उक्त विमानस्थल निर्माण भयो भने त्यहाँ अन्तराष्ट्रिय यात्रु तथा पर्यटकको आवागमन बढ्छ। मानिसहरुको आवागमनलाई व्यवस्थित बनाउन त्यहाँ सुविधासम्म एयरपोर्ट सिटी निर्माण गर्नै पर्ने हुन्छ ।

यस्तो आवश्यकताको पृष्ठभूमिमा उक्त स्थानको सहरलाई एयरपोर्ट सिटीमा मात्र सिमित नगरी स्मार्ट सिटीकै रुपमा विकास गर्न सके निकै राम्रो हुने पूर्वसचिव थापा बताउँछन् । शहरको जगै नबसेको उक्त खाली ठाउँमा(निजगढ क्षेत्र)मा बन्ने उक्त शहरले विकासमा भौगोलिक समावेशीता र क्षेत्रीय सन्तुलन पनि कायम गर्ने कतिपय जानकारहरुको भनाइ छ ।

लुम्बिनी क्षेत्र विश्व बौद्धमार्गी तथा धार्मिक पर्यटकहरुको पवित्र गन्तव्य स्थल हो । बुद्धको जन्मस्थललाई शान्तिको प्रतीकको रुपमा शान्ति शहर तथा स्मार्ट सहरको रुपमा विकास गर्नु नेपालको आर्थिक–सामाजिक–सांस्कृतिक हिसाबले महत्वपूर्ण देखिन्छ । लुम्बिनी क्षेत्रमा पनि ठूलो सहरको जग नबसिसकेकोले खाली भूभागलाई समेटेर स्मार्ट शहरको खाका कोर्न सहज हुने जानकारहरु बताउँछन्।

अर्कोतर्फ नेपाल र भारतमा पर्ने प्रमुख धार्मिक तीर्थस्थलहरुलाई जोड्ने गरी भारतले प्रस्ताव गरेको बुद्ध सर्किट पनि बुद्ध जन्मस्थल लुम्बिनी भएर जाने भएकोले यहाँ स्मार्ट सिटीले विशेष महत्व राख्ने देखिन्छ । उक्त रुटमा पर्ने प्रमुख धाममध्ये बुद्ध जन्मस्थल लुम्बिनी धाम मात्र नेपालमा पर्छ भने बुद्धले ज्ञान प्राप्त गरेको बोधगया, निर्वाण प्राप्त गरेको कुशिनगर र सारनाथ धाम भारतमा नै पर्छ । यती हुँदा हुँदै पनि बुद्ध जन्मस्थल आउने चाहने पर्यटकको संख्या उल्लेख्य रहने भएकोले यस क्षेत्रमा चुस्तदुरुस्त सुविधासम्म स्मार्ट सहरको विकासले नेपाली नागरिकको जीवनशैली र समग्र मुलुककै अर्थतन्त्रमा टेवा पुग्ने पूर्वसचिव थापाको धारणा छ ।

तर, काठमाडौं स्मार्ट सिटीका लागि उपयुक्त नभएको उनी बताउँछन् । 'घना र अव्यवस्थति रुपमा बसिसकेको शहरलाई स्मार्ट शहर बनाउनै सकिँदैन,' उनी भन्छन्, 'बरु काठमाडौंको निस्सासिँदो सहरी जीवनबाट नागरिकलाई मुक्ति दिन भक्तपुर तथा ललितपुरको खाली ठाउँहरुमा स–साना स्याटेलाइट सिटीहरु निर्माण गर्न सकिन्छ । जस्तो ललितपुरको हरिसिद्धिलाई २ लाख जनसंख्या अट्न सक्ने हामीले स्याटेलाइट सिटीको अवधारणा निर्माण गर्यौं।'

राजधानीको छेउछाउमा ससाना सुविधासम्पन्न र पेशा व्यवसाय गरेर बस्न सक्ने सहरहरु निर्माण भए काठमाडौंको महाबौंद्ध र क्षेत्रपाटी जस्ता ठाउँहरुको निस्सासिँदो जीवनशैलीबाट सहरबासीलाई छुटकारा दिन सकिने उनको भनाइ छ ।
अर्को समाचार
कोरला भन्सार : ‘अव्यवस्थित संरचनाले सकस’
१० घण्टा अघि
•
१ मिनेट पाठ
कोरला भन्सार : ‘अव्यवस्थित संरचनाले सकस’
पोखरा। लामो समयदेखि उपेक्षामा पर्दै आएको मुस्ताङको कोरला नाकास्थित नेचुङ भन्सार कार्यालयले अहिले पनि दिनमा आठ करोड रुपैयाँ हाराहारीमा राजस्व संकलन गर्दै आएको छ।




सीमित स्रोतसाधनका बाबजुद पनि अहिलेको समयमा नेपाललाई चीनसँग जोड्ने व्यापारिक नाकाको एक मात्र विकल्पको रूपमा कोरला बनेको छ। त्यही नाका हुँदै अहिले दिनहुँ जसो करोडौँ रुपैयाँ मूल्यका चिनियाँ सामान नेपाल भित्रिरहेका छन्। 

मुस्ताङ भन्सार कार्यालयका अनुसार अहिले चीनबाट नेपालमा सामान र साधन भित्र्याउने एक मात्र नाका कोरला बनेको छ। गत भदौमा आएको भोटेकोशीको बाढीले रसुवागढी नाका ध्वस्त पारेपछि नेपालको चीनसँगको व्यापार अप्ठेरोमा परेको थियो। त्यस लगत्तै चीनले तातोपानी नाका पनि अस्थायी रूपमा बन्द गरेको थियो।

रसुवागढी नाका बाढीले ध्वस्त बनाएपछि त्यहाँको नाकामा रोकिएका र तातोपानी बन्द गरिएपछि रोकिएका कन्टेनरका सामान कोरला नाका हुँदै नेपाल भित्र्याउन थालिएको थियो। त्यसपछि बल्ल कोरला नाका चलायमान बनेको थियो।

‘नेपाल र चीनसँगको व्यापारको एक मात्र नाका अहिले कोरला बनेको छ, तर यसको व्यवस्थापन जबरजस्त भइरहेको छ। व्यवस्थित नाका नहुँदा समस्या बनेको छ,’ कोरलास्थित मुस्ताङ भन्सार कार्यालयका प्रमुख अनन्त तिम्सिना भन्छन् ‘अब चिसो बढ्न थाल्यो, आगामी दिन अझै सकसपूर्ण हुनेछैन, कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता छ। तर पनि चीनसँगको व्यापारको विकल्प कोरलाको छैन।’

उनका अनुसार अहिले नै चिसो बढिसकेकोले लोमान्थाङ क्षेत्रमा पानी जम्न थालिसकेको छ। स्थानीयवासीहरु चिसो छल्नका लागि तल (पोखरा, चितवन, काठमाडौं) झर्न थालिसकेका छन्।

‘अब त सुनसान बन्न थालिसकेको छ । माथिल्लो क्षेत्रका धेरै घरमा ताला लागिसकेको छ,’ उनले भने, ‘अब त कर्मचारीलाई पनि आवश्यक सामान किन्न नपाउने अवस्था आउन थालिसकेको छ।’

अघिल्ला वर्ष यो सिजनमा नाका क्षेत्र यो बेलासम्म सुनसान बनिसकेको हुन्थ्यो। यो पटक भने चिसो बढ्दै गए पनि कोरलाको व्यापारिक नाका भने अहिले पनि व्यस्त रूपमै चलिरहेको छ।

नाका खुलाएर व्यापारिक गतिविधि सञ्चालन गरे पनि भन्सारमा आवश्यक संरचना नहुँदा समस्या रहेको उनले बताए।

‘कोरला नाकाबाट चालु आर्थिक वर्षको अहिलेसम्म १५ अर्ब रुपैयाँ राजस्व उठिसकेको छ। तर, भन्सारमा व्यवस्थापन कमजोर छ। ‘संरचना छैनन्, जबरजस्ती व्यापारिक गतिविधि चलाइएको मात्र छ,’ उनले भने।

उनका अनुसार मुस्ताङको यो भन्सार नाकामा अहिलेसम्म एकीकृत भन्सार जाँच चौकी (आईसिपी) छैन। ‘व्यापारिक नाका मात्र हो, तर, व्यवस्थापन सहज छैन। सबैतिर अस्तव्यस्त मात्र छ,’ उनले भने, ‘आईसिपीमा हुनुपर्ने न्यूनतम पूर्वाधार पनि छैनन् । पूर्वाधार भए पनि अपुग छन्। भन्सार नाकामा हुनुपर्ने कतिपय निकायको उक्त क्षेत्रमा उपस्थिति नै छैन।’

एकीकृत भन्सार जाँच चौकीमा आयात–निर्यात तथा सीमा वारपारसम्बन्धी सम्पूर्ण सरकारी सेवा र सुविधा एकै छानामुनिबाट प्रदान गरिन्छ। तिम्सिनाका अनुसार आईसिपीमा एकीकृत सेवा प्रणाली अन्तर्गत भन्सार जाँच पास, अध्यागमन, क्वारेनटाइन (पशु, वनस्पति तथा खाद्य परीक्षण), बैंक तथा विदेशी मुद्रा सटही काउन्टर एउटै परिसरभित्र रहन्छन्। 

ती बाहेक सामान भण्डारणका लागि ठूला गोदाम, कोल्ड स्टोरेज, कन्टेनर पार्किङ यार्ड, इलेकट्रोनिक तौल काँटा र सुरक्षा जाँचका आधुनिक उपकरण पनि भन्सार क्षेत्रमै उपलब्ध हुन्छन्। एउटै स्थानबाट सबै प्रक्रिया पूरा हुने भएकाले मालवाहक सवारीसाधनको सीमा नाकामा हुने लामो जाम हट्छ र ढुवानी लागत कम हुनुपर्ने भए पनि मुस्ताङको कोरलामा भने ती सबै समस्या रहेको उनले सुनाए। 

‘उनको भन्सार जाँच पास गराउनुपर्‍यो भने अहिले पनि समस्या  । त्यसका लागि पोखरा आउनुपर्छ,’ उनले भने, ‘भन्सार कार्यालय मात्र भएर हुँदैन। अरू सरकारी निकाय पनि हुनुपर्छ। अध्यागमनमा पनि उत्तिकै समस्या छ। सबैले समान रूपमा काम गर्नुपर्छ । बैंक त करिब १४ किलोमिटर तल छ। राजस्व बुझाउनका लागि १४ किलोमिटर तल झरेर बैंकमा रकम तिरेर फर्केपछि बल्ल काम हुन्छ। त्यसैले सबैका लागि झन्झट छ।’ 

उनका अनुसार भन्सार कार्यालयका लागि मात्र एक हजार रोपनी क्षेत्रफलको जग्गा रहेको छ। ‘सामान लोड–अनलोड गर्नमा समेत समस्या छ। सबै काम भुँइमै गर्ने हो। त्यही भएर एउटै गाडी पास गर्न ३/४ दिन लाग्छ,’ भन्सार प्रमुख तिम्सिनाले भने।

भन्सारमा व्यवस्थित तरिकाले विभिन्न निकाय हुनुपर्नेमा त्यसको अभाव रहेकोले अबका दिनमा झनै चुनौतीपूर्ण रहने उनले बताए। ‘अब हिमपातको समय पनि सुरु भएको छ। हिमपात भयो भने त झनै समस्या हुन् । नाकासम्म पुगेका गाडी पनि चिसोका कारण ‘स्टार्ट’ हुन समेत समस्या हुने गरेको छ,’ उनले भने, ‘रोकेको ठाउँमा चिसोका कारण गाडी स्टार्ट नभए पनि सकस पर्ने गरेको छ। गोदामघर पनि छै। गोदाम नहुँदा सामान बोकेका कन्टेनर नै गोदाम बनेका छन्। सामान उतार्ने र चढाउने काममा समेत सकस छ।’

उनका अनुसार चिसोका कारण एकातिर समस्या छँदैछ, अर्कोतिर बाटो सहज नहुँदा नाका हुँदै भित्र्याइएका चिनियाँ सवारी बाटोमा दुर्घटनामा परेर व्यावसायिक क्षति पनि हुने गरेको छ। उनका अनुसार चालु आर्थिक वर्षको अहिलेसम्म कोरला नाका हुँदै करिब १२ सय चिनियाँ विद्युतीय सवारी नेपाल भित्र्याइएको छ।

‘बाटोमा दुर्घटनामा परेका सवारी यत्रतत्र देखिन्छन्। बिक्रीका लागि नेपाल ल्याइएका ती चिनियाँ सवारी ठाउँ ठाउँमा समस्यामा रहेका भेटिन्छन्, कतै ढुंगामा ठोक्किएका हुन्छन त कतै बिचमै बिग्रेको अवस्थामा भेटिन्छन्, सबैतिर समस्या नै समस्या रहेको छ,’ उनले भने।

पोखरा–जोमसोम सडक पनि यति बेलाको समयमा उत्ति सहज छैन। साँघुरो र कच्ची सडक भएकोले ठूला आकारका कन्टेनरमा पोखरासम्म सामान ल्याउन पनि सकसपूर्ण रहेको व्यवसायीले बताउँदै आएका छन्।

जोमसोमदेखि माथिल्लो मुस्ताङको कोरला नाकासम्मको बाटो कालोपत्रे छैन। यो नै ११५ किलोमिटर दूरीको छ । त्यस्तै बेनी–जोमसोम खण्ड पनि उत्तिकै सकसपूर्ण छ।

कच्ची सडक भएको र यो वर्षको  बाढी पहिरोले कालिगण्डकी करिडोर समेत क्षतविक्षत पारेकोले बेनी–जोमसोम खण्ड सहज नभएको व्यवसायीले बताउँदै आएका छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस