काठमाडौं-मलेसियन कम्पनी एक्जिएटाले नेपालको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल किन्दा आफूले पाउनुपर्ने राजस्वबारे सरकार आफैं अझै अन्योलमा छ।
व्यवस्थापिका संसदको विकास समितिमा सोमबार आयोजित छलफलमा समिति सभापति रवीन्द्र अधिकारीले उद्योग विभाग, आन्तरिक राजस्व विभाग, सञ्चार मन्त्रालय, कम्पनी रजिस्ट्रारको कार्यालय, दूरसञ्चार प्राधिकरण कसैले पनि प्रस्ट जवाफ नदिएको बताए । समितिले सरकारी निकायबाट आएका धारणा चित्तबुझ्दो नभएकोले अन्तरनिकाय समन्वय गरेर फेरि धारणा पेस गर्न निर्देशन दिएको छ ।
'कम्पनीको सेयर किनबेच सम्बन्धमा वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०४९ बमोजिम एनसेलले उद्योग विभागमा सैद्धान्तिक सहमति लिन खोजेको समेत देखिएन, क्रसहोल्डिङ गर्न पाउने÷नपाउने, सेयरको मूल्यमा देखिएको फरक मूल्यांकनमा हस्तक्षेप गर्न मिल्छ÷मिल्दैन भन्ने सन्दर्भमा समेत उल्लेखित निकायको धारणामा स्पष्टता पाइएन,' समितिले भनेको छ ।
नेपालको इतिहासमा सबैभन्दा ठूलो कर्पोरेट डिल र त्यसबाट राज्यलाई आउने करिब ५२ अर्ब रुपैयाँ राजस्वबारे सरकारी निकाय नै अन्योलमा रहेको बेला समितिले लामो समयसम्म यस्ता विषयमा अनिर्णित भएर बस्दा सम्बन्धित निकायको कार्यक्षमतामै प्रश्न उठेको र करदातासमेत अन्योलमा परेको भन्दै सम्बन्धित निकायको कर छल्ने नियत हो÷होइन स्पष्ट भई विद्यमान कानुनमा भएका व्यवस्थालाई देशको हितमा प्रयोग गरी तत्काल निष्कर्षमा पुग्न निर्देशन दिएको छ । त्यसैगरी, वैदेशिक लगानीलाई प्रतिकूल असर नपर्ने गरी कार्य सम्पादन गर्न नेपाल सरकार, अर्थ मन्त्रालय तथा आन्तरिक राजस्व विभागलाई 'गम्भीरतापूर्वक' निर्देशन दिएको छ ।
समितिले टेलियासोनेरा र एक्जियटाबीच भएको एनसेल स्वामित्व हस्तान्तरणमा कर लाग्ने वा नलाग्ने भन्नेमा आन्तरिक राजस्व विभाग, कम्पनी रजिस्ट्रार कार्यालय, उद्योग विभाग, सूचना तथा सञ्चार मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणलाई प्रस्ट जवाफ दिन माघ १२ गते पत्राचार गरेको थियो ।
उसले सरकारका सम्बन्धित विभिन्न निकायलाई 'एनसेलले नेपालमा व्यवसाय गरेर आर्जन गरेको पुँजीगत लाभ कानुन बमोजिम नेपालको कराधारभित्र पर्छ कि पर्दैन भनेर पनि सोधेको थियो । सरकारी निकायहरुले एनसेल किनबेच हुँदा नेपालमै कर लाग्ने जवाफ त दिए तर, एनसेलबाट कसरी राजस्व असुल्ने भन्नेमा कुनै पनि निकायले प्रस्ट उल्लेख गरेका छैनन्,' उनले भने । अधिकारीले कानुनको अभाव देखाउँदै एनसेललाई उन्मुक्ति दिने खेल भइरहेको आशंका पैदा भएको पनि बताए ।
बैठकमा सरकारी निकायले पठाएको जवाफबारे सांसदबीच छलफल हुँदा सांसदले सरकारी निकायले प्रस्ट जवाफ नदिएको भन्दै आलोचना गरे । सांसदहरुले एनसेल किनबेच सम्बन्धमा सम्बन्धित नियामक निकायदेखि उच्च पदस्थसम्म प्रलोभनमा परेको आरोप पनि लगाए ।
समितिको छलफलमा एनसेल खरिद प्रकरणबारे विभिन्न सरोकारवाला निकाय, उच्चपदस्थ व्यक्तिदेखि सरकारसम्म मुछिएको सभासद जीवनबहादुर शाहीले आरोप लगाए । 'पाँचवटा निकायलाई प्रश्न सोधिएकोमा कुनैले पनि प्रस्ट जवाफ दिएका छैनन्,' उनले भने, 'यो एकदमै गैरजिम्मेवारपन हो ।'
कार्यक्रममा बोल्ने प्रायः सभासदले कानुनी परिधिभित्र रही उक्त विषयलाई जतिसक्दो छिटो टुंगो लगाउनुपर्ने बताए ।
मेरो मोबाइलको नाममा नेपालमा सेवा सुरु गरेको दूरसञ्चार सेवा प्रदायक कम्पनी पछि स्वामित्व परिवर्तन भएर एनसेलमा परिणत भएको थियो । 'यस अवधिमा एनसेल कतिपटक किनबेच भयो र राज्यले कति राजस्व गुमायो भन्नेमा कुनै पनि सरकारी निकायले जवाफ दिन नसक्नु लज्जास्पद कुरा हो,' उनले भने ।
आन्तरिक राजस्व विभागले माग गरेको ४५ दिनभित्र आधिकारिक जानकारी दिनुपर्ने भए पनि दुई महिना सकिन लाग्दासम्म दिएको छैन । उसले सो विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका लेखा, कर तथा कानुनी विज्ञसँग छलफल गरिरहेको जानकारी दिएको छ ।
समितिलाई आन्तरिक राजस्व विभागले एनसेलले नेपालमा व्यवसाय गरी कमाएको पुँजीगत लाभमा नेपालमै कर लाग्ने जवाफ पठाएको छ । तर, कसरी असुल्ने भन्नेमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय करविज्ञ सम्मिलित कमिटी गठन गरी अध्ययन भइरहेको जवाफ पठाएको अधिकारीले बताए । सूचना तथा सञ्चार मन्त्रालयले पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञ सम्मिलित कमिटी गठन गरिसकेको र सो कमिटीको प्रतिवेदन नआएकाले अहिले केही भन्न नसक्ने जवाफ पठाएको उनले जानकारी दिए ।
कम्पनी रजिस्टारको कार्यालयले दुई कम्पनीबीच भएको सेयर किनबेचमा आफूलाई जानकारीमात्र गराए पुग्ने जवाफ दिएको छ । उसले कम्पनीको सेयर कति रुपैयाँमा किनबेच गर्ने भन्ने अधिकार सम्बद्ध कम्पनीमैै निहित रहने धारणा अघि सारेको छ ।
'हाम्रो उद्देश्य भनेको नेपालमा सञ्चालित जुनसुकै स्वदेशी वा विदेशी कम्पनीले व्यवसाय गरी कमाएको लाभमा पुँजीगत लाभकर तिर्नुपर्छ र आजकै मितिमा एनसेलबाट कसरी कर असुली गर्ने भन्ने हो,' उनले भने, 'कानुन बनाएर असुली गर्ने सरकारी निकायको जवाफले कतै एनसेलले उन्मुक्ति त पाउँदैन ?'
सेयर मूल्यमा फरकफरक दररेट हुन सक्छ कि सक्दैन भन्ने समितिको प्रश्नमा सरकारी निकायले उदार अर्थतन्त्रमा कुनै पनि वस्तु वा सेवाको मूल्य बजारले निर्धारण गर्ने जवाफ पठाएका छन् । त्यसैले सरकारले अहिलेकै कानुनअन्तर्गत कुनै पनि निजी कम्पनीको सेयर मूल्यमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्न नसक्ने जवाफ पठाएका छन् ।
समितिले गत १२ माघमा एलसेलको सेयर किनबेच सम्बन्धमा सूचना तथा सञ्चार मन्त्रालय, आन्तरिक राजस्व विभाग, उद्योग विभाग, कम्पनी रजिस्टारको कार्यालय, नेपाल दूरसञ्चार प्राधिकरणलगायत निकायलाई स्पष्ट पार्न निर्देशन दिएको थियो ।