काठमाडौं– नयाँ संविधानअनुसार विभाजन गरिएका सात ओटै प्रदेशमा सरकारले एक–एक ओटा ठूलो औद्योगिक क्षेत्र स्थापनाको तयारी शुरु गरेको छ।

मुलुकभर १ हजार बिगाहा क्षेत्रफलभन्दा बढीका ७ ओटा ठूला औद्योगिक क्षेत्र स्थापना गर्ने तयारी भइरहेको उद्योगमन्त्री सोमप्रसाद पाण्डेले नागरिकन्युजलाई बताए। 'ठूलो औद्योगिक क्षेत्र स्थापनाका लागि केही ठाउँमा जमीनको पहिचान भइसकेको छ,' मन्त्री पान्डेले भने, 'केही ठाउँहरुमा भने जमीन खाजी कार्य भइरहेको छ।' उनका अनुसार प्रदेश–१ मा झापाको दमक, प्रदेश–२ मा सर्लाही, प्रदेश–३ मा हटौंडाको मयुरधाप, प्रदेश–४ मा नवलपसासी, प्रदेश–५ मा बुटवलको मोतिपुर तथा नेपालगन्जको नौबस्ता, प्रदेश–६ मा सुर्खेत तथा जुम्ला र प्रदेश ७ मा कञ्चनपुरको दैजीमा ठूला औद्योगिक क्षेत्र स्थापनाको तयारी भइरहेको छ। देशका सबै क्षेत्र र सबै प्रदेशलाई समानुपातिक तथा समावेशी विकासमा अघि बढाउन सबै क्षेत्रमा एक एक ओटा औद्योगिक क्षेत्र स्थापना गर्ने सरकारले तयारी गरिहेको मन्त्री पाण्डेले बताए। सबै क्षेत्रमा समानुपातिक रुपमा औद्योगिक क्षेत्रको विकासले रोजगारी वृद्धि गर्ने, उत्पादन बढाउने र देशलाई नै औद्योगिकीकरणको दिशातर्फ लाने सरकारको विश्वास छ। सरकारले यसअघि देशभर विभिन्न स्थानमा १२ ओटा औद्योगिक क्षेत्र स्थापना गरी सञ्चालन गरिरहेको छ। पछिल्लो सरकारले देशका विभिन्न ८ स्थानामा निर्माण थालेको विशेष आर्थिक क्षेत्र(सेज)पनि सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ। उद्योग मन्त्रालयले रुपन्देहीको भैरहवा, बाराको सिमरा, देवीघाट, धनगढी, झापा, जुम्ला, पाँचखाल, राजविराजमा सेज निर्माण गरिरहेको छ। यस मध्ये भैरहवाको सेज सञ्चालनमा ल्याउन मन्त्रालयले पहल गरिरहेको छ। बाराको सिमरामा रहेको सेजमा भने निर्यातजन्य तयारी पोशाक उद्योग स्थापाना गर्ने तयरी मन्त्रालयले गपिररहेको जनाएको छ।