महिला उद्यमहरूको वित्तीय लगानीमा पहुँच बढाउँन 'इकोन टल्क्स’
१४ भदौ २०७९
•
४ मिनेट पाठ
महिला उद्यमहरूको वित्तीय लगानीमा पहुँच बढाउँन 'इकोन टल्क्स’
दायित्वले महिला नेतृत्वको उद्यमहरूको वित्तीय लगानीमा पहुँच बढाउँन ‘इकोन टल्क्स’ श्रृंखला अन्तर्गतको चौथो नीति संवाद सम्पन्न गरेको छ।  




यस संवादले सांसद तथा पूर्व महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री, माननीय चन्दा चौधरीलाई नीति च्याम्पीयनका रुपमा प्रस्तुत गरेको छ।

नीति संवाद कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा.गुणाकर भट्ट, भ्यालु चेन र एक्सेस टु फाइनान्स एक्सपर्ट मोनिषा श्रेष्ठ, नेपाल महिला उद्यमी महासंघ की प्रथम उपाध्यक्ष तथा नेपाल रिपब्लिक मिडिया प्रा.लि कि निर्देशक शोभा ज्ञवाली र वान टु वाचका कार्यकारी निर्देशक सुमन जोशीको उपस्थिति थियो।  

संवाद प्यानलले वित्तीय लगानीमा महिलाहरुको पहुँच बढाउँदै नेपालको उद्यमशीला आर्थिक वृद्धिलाई प्रवर्द्धन गर्न महिला नेतृत्वको उद्यम र उद्यमी (शहरी र ग्रामीण) लाई समेट्ने लैङ्गिक उत्तरदायी नीतिहरूको पहिचान गर्दै संसदीय कदम चाल्नको लागि नीतिगत सुझावहरु दिएका छन्। साथै प्यानलले वित्तीय लगानीमा महिलाको पहुँच सुधार गर्न क्रेडिट ग्यारेन्टी योजनाहरू स्थापना गर्न साइकोमेट्रिक स्कोरिङ, ऋण आवेदकहरूको डिजिटल फुटप्रिन्ट जस्ता नवप्रवर्तक विकल्पहरू सिफारिस गरेको छ।

कार्यक्रममा नेपालमा महिला उद्यमीहरूले सामना गर्नुपरेका चुनौतीहरू, ग्रामीण लघु, साना तथा मझौला उद्यमहरू केन्द्रित नीति र कार्यक्रमहरूको अभाव, महिला उद्यमीहरूलाई निरुत्साहित गर्ने खालका सामाजिक,लैङ्गिक असमानताहरूमा आधारित अनावश्यक नीति र नियमहरू, बैंकिङ तथा वित्तीय संस्थाहरू (बिएफआई) मा जटिल कागजी प्रक्रियाहरू, सरकारी निकायहरू र बैंक तथा वित्तीय संस्थाहरू बीच समन्वयको अभाव, विद्यमान ऋण तथा लगानी योजनाहरूको प्रभावकारी सूचना प्रवाह नहुनु र बैंकीङ तथा वित्तीय प्रक्रियाहरुबारे कागजात नेपाली तथा अन्य स्थानीय भाषाहरुमा उपलब्ध नहुनुले ग्रामीण महिला उद्यमीहरूको पहुँच र समझबाट टाढा, वैकल्पिक ऋण ग्यारेन्टी गर्ने योजनाहरू लगायतका प्रमुख मुद्दाहरूमा छलफल भएको थियो।

नीति निर्माताहरू र नीति कार्यान्वयनकर्ताहरूलाई प्यानलका सदस्यहरूबाट समृद्ध र विविध ज्ञानका साथ व्यावहारिक र प्रभावकारी योजनाहरू ल्याउन सहयोग गर्ने उद्देश्यले तयार गरिएको नीति संक्षेपमा यो संवाद आधारित थियो। यस कार्यक्रमले नीति निर्माता, नागरिक समाज संस्था, निजी  क्षेत्रका अगुुवा, पत्रकार लगायत अन्य सान्दर्भिक नीति सरोकारवालाहरु गरी ५० भन्दा बढि व्यक्तिहरुलाई एकसाथ ल्याएको थियो।  

‘ईकोन  टल्कस’ श्रृंखलाका सबै  संवादमा नीति क्षेत्रको मुख्य सरोकारवालाहरु (नीति लाभार्थी, नीति आलोचक, तथा नीति कार्यान्वयनकर्ता प्यानलिस्ट रहन्छन् भने युवा सांसदहरु नीति प्रवर्द्धकका रुपमा प्रमुख सिकाई तथा सुझावहरुलाई लिएर अघि बढ्ने तयारी रहेकाे दायित्वले बताएकाे छ।

कार्यक्रमलाई सम्बोधन गर्दै चन्द चौधरीले नेपालमा लगानीमा पहुँच बढाउन र महिला उद्यमशीलतालाई गति दिन विद्यमान नीति तथा कार्यक्रमको उचित मार्केटिङ तथा सञ्चार, प्रभावकारी कार्यान्वयन र कडा अनुगमनको महत्त्व रहेको बताए । उनले भने, 'महिला उद्यमीहरूलाई ऋण लिन, उनीहरूका नवीन विचारमा लगानी गर्न र आफ्नो उद्यमलाई स्तरोन्नति गर्न सरकार र वित्तीय संस्थाहरूले अनुकूल वातावरण बनाउनु आवश्यक छ।'

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव राधिका अर्यालले महिला उद्यमशीलता विकास र वित्तियमा पहुँच बढाउनका लागि तीनवटा मुख्य बुँदामा जोड दिइन। 'महिला उद्यमी र महिलाको नेतृत्वमा रहेका उद्यमहरूमा केन्द्रित भएका केही राम्रा नीति तथा कार्यक्रमहरू सरकारले ल्याएको छ, तर कार्यान्वयनको पक्षमा हामी कमजोर छौं । वित्तीय लगानीमा महिलाको पहुँच बढाउन सान्दर्भिक ऋण तथा लगानीका योजनाहरूबारे विशेष गरी ग्रामीण महिलाहरुलाई राम्रोसँग जानकारी दिन र्आवश्यक छ, ती योजनाहरूलाई उपयोग गर्ने प्रक्रियालाई सरल बनाउन आवश्यक छ, सरकार र बैंक तथा वित्तीय संस्थाहरूबीच राम्रो समन्वय हुनु अत्यन्तै जरुरी छ।' उनले भनिन।  

कार्यक्रममा परिचयात्मक मन्तव्य दिदै दायित्वका कार्यकारी निर्देशक सुसित ढकालले भने, 'महिलाको आर्थिक सशक्तिकरण विना राष्ट्रको दिगो आर्थिक वृद्धि असम्भव छ। तरपनि, राष्ट्रिय आय, रोजगारी र पहिचानलाई दृढतापूर्वक प्रवर्द्धन गर्दै आएका महिलाको नेतृत्वमा रहेका उद्यमहरूले लगानीका असंख्य चुनौतीहरूको सामना गरिरहेका छन्। आजको संवादबाट निस्किएका निष्कर्ष र सिफारिसहरूले नीति निर्माता र नीति कार्यान्वयनकर्ताहरूलाई वित्तीय लगानीमा महिलाको पहुँच बढाउन उपयुक्त संसदीय कारबाहीका लागि सहयोग गर्नेछ भन्ने ढृड विश्वास हाम्रो छ।' निर्देशक ढकालले बताए।  

'इकोन टल्क्स' शृङ्खलाको चौथो नीति संवादलाई पूर्व मिस नेपाल, सुगारिका केसीले सहजीकरण गरेकी थिइन। शृङ्खलाका पहिलो तीन संवादहरू क्रमशः महिलाको आर्थिक सशक्तिकरण, युवा रोजगारी र डायस्पोरा लगानीको सदुपयोगमा केन्द्रित थिए। इकोन टल्क्स शृङ्खला अन्तर्गत थप दुईवटा यस्तै संवादहरू आयोजना गरिनेछन्।

दायित्वले राष्ट्रको आर्थिक वृद्धिका लागि प्रमाणको आधारमा हुने नीतिगत निर्णयहरूको वकालत गर्ने र प्रवर्द्धन गर्ने उद्देश्यका साथ ‘ईको टल्कस’ श्रृंखला सुरु गरेको हो । नेपालको आर्थिक विकास सम्बन्धी प्रमुख आर्थिक नीतिका मुद्दाहरूमा सरोकारवालाहरूसँग संलग्न हुन सांसदहरुलाई सहयोग गर्नको लागि दायित्व र न्यासनल डेमोक्रेटिक इन्सटिच्युटको सहकार्यमा ‘इको टल्कस’ श्रृंखला सञ्चालन भइरहेको दायित्वले बताएको छ।
अर्को समाचार
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
५ मिनेट अघि
•
१ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
पोखरा। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरता लिनुपर्ने बताएका छन्।




नेपाल विद्युत् प्राधिकरणको गण्डकी प्रादेशिक कार्यालय तथा प्रदेशअन्तर्गतका वितरण केन्द्र प्रमुखहरूसँगको छलफलमा मन्त्री श्रेष्ठले यस्तो बताएका हुन्। उनले विद्युत् महसुल संकलन र ट्रान्सफर्मर जल्ने घटनामा आएको कमी सकारात्मक भए पनि चुहावट नियन्त्रण, पुराना संरचनाको स्तरोन्नति र सेवा प्रवाहमा थप सुधार आवश्यक रहेको बताए।

मन्त्री श्रेष्ठले विद्युत् उत्पादन र आपूर्ति बढाउनु मात्रै पर्याप्त नहुने उल्लेख गर्दै उपभोक्ताले गुणस्तरीय, सुरक्षित र अविच्छिन्न विद्युत् सेवा पाउने व्यवस्था सुनिश्चित गर्नुपर्ने बताए। उनले चुहावट नियन्त्रण, पूर्वाधार स्तरोन्नति र विपद् प्रतिरोधी वितरण प्रणाली निर्माणमा प्राधिकरणका सबै तहले जिम्मेवारीपूर्वक काम गर्नुपर्नेमा जोड दिए।

प्राधिकरणले गण्डकी प्रदेशका ११ जिल्लामा ५ लाख ३५ हजारभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा १ अर्ब ५८ करोड ११ लाख रुपैयाँभन्दा बढी विद्युत् महसुल संकलन गरेको छ। यो लक्ष्यको ९९.१ प्रतिशत हो।

त्यस्तै, अघिल्लो आर्थिक वर्षको तुलनामा ट्रान्सफर्मर जल्ने घटनामा ७२.५ प्रतिशतभन्दा बढी कमी आएको छ। गत  आर्थिक वर्ष २०८२/८३ मा ३१३ वटा ट्रान्सफर्मर जलेकोमा चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म ८६ वटा जलेका छन्। मन्त्री श्रेष्ठले यसलाई वितरण प्रणाली सुधारको सकारात्मक संकेतका रूपमा लिए।

प्रदेशमा १३ वटा वितरण केन्द्र, ४ हजार ७९६ वितरण ट्रान्सफर्मर र २८ वटा ३३/११ केभी सबस्टेसनमार्फत विद्युत् सेवा प्रवाह भइरहेको छ। तर, विद्युत् चुहावट ६.७८ प्रतिशत छ, जुन चालु आर्थिक वर्षको ६.६५ प्रतिशत लक्ष्यभन्दा केही बढी हो। यसलाई निर्धारित सीमाभित्र ल्याउन प्रभावकारी कदम चाल्न उनले निर्देशन दिए।

प्राकृतिक विपद्का कारण गण्डकी प्रदेशमा विद्युत् वितरण संरचनामा करिब ११ करोड १० लाख रुपैयाँ बराबरको क्षति पुगेको छ। बाढीपहिरोले ६८ किलोमिटर ३३ केभी लाइन, ७९ किलोमिटर ११ केभी लाइन, ६३ किलोमिटर एलटी लाइन, ७३१ वटा पोल र ५७ वटा ट्रान्सफर्मरमा क्षति पुर्याएको छ। क्षतिग्रस्त संरचनाको पुनःस्थापनाका लागि विशेष बजेट व्यवस्था गर्नुपर्ने विषयमा पनि छलफल भएको थियो।

कार्यक्रममा मा नेपाल विद्युत् प्राधिकरण गण्डकी प्रादेशिक कार्यालयका प्रमुख सुरज गौतमले कार्यालयको कार्यप्रगति, सेवा प्रवाहको अवस्था र आगामी दिनमा सुधार गर्नुपर्ने विषयबारे जानकारी गराएका थिए।
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २० मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
यो पनि पढौँ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस