काठमाडौं— नेपाल र चीनको संयुक्त लगानीमा स्थापित हिमालय एयरलाइन्सले बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो जहाज अवतरण गराएको छ।युरोपेली जहाज निर्माता कम्पनी एयरबसमा उत्पादित 'ए३२०–२१४' सिरिजको १ सय ५८ सिट क्षमतायुक्त जहाज चीनको चेङ्दुबाट सिधै काठमाडौं ल्याइएको थियो। त्रिभुवन विमानस्थलमा अवतरण गरेपछि जहाजलाई पानीको फोहोरा (वाटर क्यानन) र मंगलधुनबाट स्वागत गरिएको थियो।
यो जहाजलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले '९एन–एएलएम' कलसाइन दिएको छ । जहाजमा आठ बिजनेस क्लास र १ सय ५० इकोनोमी क्लास सिट रहेका छन्।
'हाम्रो नियमित व्यापारिक उडान आगामी चैत अन्तिम साताबाट सुरु हुन्छ,' हिमालय एयरलाइन्सका एक अधिकारीले भने, 'त्यसको तीन महिनापछि अर्को जहाज ल्याउँछौं।'

नयाँ जहाजलाई स्वागत पानीको फोहोरा र मंगलधुनले स्वागत गरिँदै।
कम्पनीका अनुसार पहिलो जहाजले काठमाडौंबाट कतारको दोहा र भारतको नयाँदिल्लीका लागि दैनिक उडान गर्ने छ । दोस्रो जहाज आएपछि चीनको ल्हासा, चेङ्दु र बेइजिङ उडान गर्ने योजना छ।

पृथ्वीबहादुर पाँडे अध्यक्ष रहेको एचआइएफ एभिएसन इन्भेस्टमेन्ट कम्पनी प्रालि र आङछिरिङ शेर्पा अध्यक्ष रहेको यती वर्ल्ड इन्भेस्टमेन्ट प्रालिले हिमालय एयरलाइन्समा लगानी गरेका छन्। नेपालका यी कम्पनीलाई चीनको तिब्बतस्थित तिब्बत एयरलाइन्स प्रालिले सघाएको छ । हिमालयमा नेपाली कम्पनीको ५१ प्रतिशत र तिब्बतको ४९ प्रतिशत लगानी छ।