नेपाल निर्माण व्यवसायी एकता समाज सुर्खेतको अध्यक्षमा पदमबहादुर खड्का विजयी भएका छन्।
खड्काले आफ्ना प्रतिद्वन्द्वी वसन्तविक्रम जिसीलाई १३३ मतान्तरले पराजित गरेका हुन्। कुल खसेको २४५ मत मध्ये खड्काले १८६ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी जिसीले जम्मा ५३ मत मात्रै प्राप्त गरे।निर्वाचन अधिकृत विवशकुमार बस्नेतका अनुसार वरिष्ठ उपाध्यक्षमा विक्रम गिरी निर्वाचित भएका छन्।
गिरीले १३८ मत प्राप्त गरे भने प्रतिद्वन्द्वी नेत्र कार्कीले १०२ मत प्राप्त गरे। यस्तै उपाध्यक्षमा चित्रनाथ योगी निर्वाचित भएका छन्। उनले ८८ मत प्राप्त गरे। उपाध्यक्षमा चार जनाले प्रतिष्पर्धा गरेका थिए। उपाध्यक्ष उम्मेदवार कार्लमाक्स श्रेष्ठले ५६, विनोद गिरीले ५३ र गोविन्द मल्लले ४२ मत प्राप्त गरे।
महासचिवमा खगेन्द्रविक्रम राणा विजयी भए। उनले १७५ मत प्राप्त गरे। उनका प्रतिद्वन्द्वी गोविन्दबहादुर मल्लले ६२ मत प्राप्त गरे। सचिवमा राजेन्द्र शाही विजयी भएका छन्। शाहीले १०१ मत प्राप्त गरे भने इन्द्र थापाले ९२ र नवराज सापकोटाले ४५ मत प्राप्त गरे।
कोषाध्यक्षमा मंगल श्रेष्ठ विजयी भएका छन्। श्रेष्ठले १४९ मत प्राप्त गर्दा प्रतिद्वन्द्वी सुशान्त कुँवरले ७६ मत ल्याए। सदस्यमा राजकुमार मल्ल (१३४), रमेश वि.सी. (१२२), नरेशकुमार शाही (११६) र टोपबहादुर महतारा (११०) मत ल्याएर विजयी भए।