काठमाडौं-नेपालले भारतसँग जस्तै चीनसँग जलविद्युत आयोजना निर्माण तथा विद्युत व्यापारको रणनीतिक योजना तयार गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको चैत ७ देखि हुने चीनको औपचारिक भ्रमणमा उक्त योजनालाई मूर्तरुप दिन समझदारीपत्रमा हस्ताक्षरको प्रस्ताव गर्ने सरकारको तयारी छ।
नेपालले गर्ने प्रस्तावमा जलविद्युत आयोजना र प्रसारण लाइन निर्माण,प्रविधि आदान–प्रदान लगायत विषय समेटिनेछन् । चीनसँग समझदारी भएत्यो भारतसँग गरिएको विद्युत खरिद सम्झौता (पिटिए) भन्दा फरक र वृहतहुने ऊर्जा मन्त्रालयका प्रवक्ता तथा नीति महाशाखा प्रमुख सञ्जय शर्माले बताए ।
'दुई देशबीच जलविद्युत आयोजना निर्माण, अन्तरदेशीय प्रसारण लाइन लगायत ऊर्जा विकासमा दीर्घकालीन सहकार्य गर्ने गरी प्रस्ताव तयार गरिएको छ,' उनले बिहीबार नागरिकसँगभने, 'तयार गरिएको प्रस्ताव परराष्ट्र मन्त्रालयमा पठाइएको छ । त्यहाँबाट आउने प्रतिक्रियाका आधारमा समझदारीको आधार तय हुन्छ ।'
प्रधानमन्त्रीको भ्रमणका बेलानेपालले गरेको प्रस्तावमा समझदारी हुने अपेक्षा गरिएको पनि शर्माले बताए। मन्त्रालयले पिटिए गर्न सहसचिवतहको संयन्त्रले तयार पारेको दीर्घकालीन 'मोडालिटी'अघि बढाउन दुई देशकाऊर्जा सचिवस्तरको कमिटि गठन गर्ने प्रस्ताव गरेको छ । उक्त कमिटिले नै आवश्यक काम तथा प्रक्रिया अघि बढाउन सकिने प्रस्ताव समेत गरिएको छ ।
पिटिएको आधार तय गर्न चीनसँग जोडिएका चार ठाउँमा अन्दरदेशीय प्रसारण लाइन निर्माणको प्रस्ताव समेत गर्ने भएको छ। मन्त्रालयका अनुसार लामाबगर (माथिल्लो तामाकोसी नजिक), रसुवागढी, कोसी कोरिडोर र तातोपानी नाका जोड्ने गरी उच्चक्षमताको अन्तरदेशीय प्रसारण लाइन निर्माणको प्रस्ताव छ ।
चीनले यसअघि (असोज ११ गते) नै दुई देशबीच पिटिएको आधार तय गर्न समझदारीपत्रमा हस्ताक्षर गर्ने प्रस्ताव गरेको थियो । चिनियाँ जलस्रोत मन्त्रालय अन्तर्गतको 'हान्जाउ रिजनल सेन्टर'ले आयोजना निर्माणदेखि प्रविधि हस्तान्तरण सम्मको समझदारी गर्न इच्छा देखाएको थियो ।
जलविद्युत आयोजना, प्रसारण लाइन निर्माण लगायत ऊर्जाको वृहत विकास गर्न दुवै देशको उतिकै चासो भएकाले प्रधानमन्त्रीको भ्रमणमा समझदारीपत्रमा हस्ताक्षर हुने सम्भावना रहेको मन्त्रालयका अधिकारीको भनाइ छ । चीनले दुई देशको सहकार्यमा पाकिस्तान लगायत एसियाली मुलुकमा ठूला जलविद्युत आयोजना निर्माण गर्दै आएको छ। ऊर्जा क्षेत्रको व्यापक विकास गर्न उक्त सहकार्य गर्न पनि चीनले चासो देखाएको छ ।
चीनसँग पिटिए भएएको दुई वर्षभित्र रसुवागढी, बाह्रबिसे र खाँदबारी सबस्टेसन सम्म चीनको बिजुली ल्याएर जोडन सकिने प्राधिकरणले जानकारी दिएको छ । 'तीनवटै सबस्टेसन २२० केभी क्षमताका हुन्,' नेपाल विद्युत प्राधिकरणका एक इन्जिनियरले नागरिकसँग भने, 'नेपालले चिलिमेदेखि चीनको सीमा रसुवागढी नाका सम्मको करिब २० किलोमिटर २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माणको प्रस्ताव समेत गरेको छ ।'
अन्य विन्दुमा प्रसारण लाइन बनाउन नेपाल र तिब्बततर्फ थप अध्ययन गर्नुपर्ने हुँदा तत्काल प्राधिकरणले पहिचान गरेका तीन विन्दुमा चीनबाट आयात बिजुली जडान गर्न सकिने ती इन्जिनियरको भनाइ छ । 'प्राधिकरणले चिलिमे–रसुवागढीसम्मकै प्रसारण लाइन निर्माणलाई जोड दिएको छ,यसलाई ४ सय केभीसम्म स्तरोन्नती गर्न पनि सकिन्छ,' उनले भने ।
चीनको ल्हासा स्थित यार्लुङ सेङ्गे, पार्लाङ,प्वाङ डाउ नदीमा क्रमशः ५ सय ६० मेगावाट, ३ सय ६० मेगावाट र १ सय ६० मेगावाटका आयोजना निर्माण भइरहेका छन् । प्राधिकरणका अनुसार उक्त आयोजनाको बिजुली सजिलै नेपालसम्म 'सिंक्रोनाइज'गर्न सकिन्छ ।
विद्युत व्यापार गर्न चीनले 'एसेस्ट सुपरभिजन एन्ड एडमिनिस्टेसन कमिसनअफ स्टेट काउन्सिल'लाई जिम्मादिएको छ । पिटिएको प्रक्रिया अघि बढाउँदा उक्त सरकारी कम्पनी र प्राधिकरणबीच पनि सहकार्य हुनुपर्ने प्राधिकरण अधिकारीको भनाइ छ ।
चीनमाअहिले ६ वटा हजार केभी क्षमताका राष्ट्रिय ग्रिड (प्रसारण लाइन) सञ्चालनमा छन् । उसले त्यसलाई नेपालको सीमाअर्थात तिब्बतसँग जोड्ने तयारी गरिरहेको छ । चिनियाँ सरकारी अधिकारीले विद्युतव्यापार गर्न प्रसारण लाइन निर्माण गर्नुपर्ने हुँदा तिब्बतदेखि नेपाल सम्मको दूरी पहिचानगर्ने प्रक्रियासमेत सुरु गरेको प्राधिकणले जनाएको छ ।
नेपाल र भारतबीच गत वर्ष कात्तिक ४ गते पिटिएमा हस्ताक्षर भएको थियो । उक्त समझदारीले भारत लगायत, बंगलादेश, भुटान, पाकिस्तान लगायत मुलुकसँग बिजुली किनबेच गर्न सकिने आधार तय गरेको छ ।
नेपाल र चीनबीच बिजुली किनबेचको यस्तै सम्झौताहुने हो भने भविष्यमा नेपालको बिजुलीको बजार फराकिलो हुनेछ । नेपालमा बढी भएको बिजुली समेत चिनियाँ बजारमा बेच्न सकिनेछ भने बिजुली आयातमा भारतसँग मात्र रहेको निर्भरता समेत हट्नेछ ।
चीनमा अहिले जलविद्युतको करिब २३ प्रतिशत र हावाबाट निकालिएको बिजुलीको हिस्सा ७ प्रतिशत छ । बाँकी सबै कोइलाबाट उत्पादित बिजुली प्रयोगमा आइरहेको छ । चीनमा मागको तुलनामा बिजुलीको आपूर्ति बढी भएकाले पिटिए गरेर प्रसारण लाइननिर्माण भएको खण्डमा उसले यहाँ आवश्यक पर्दा सजिलै बिजुलीदिन सक्ने प्राधिकरणको तर्क छ ।
सरकारले पिटिएसहित प्रधानमन्त्री ओलीको भ्रमणका बेला बूढीगण्डकी जलाशय(१२०० मेगावाट) आयोजनाका लागि सहुलियत ऋण, सुनकोसी तेस्रो, तमोर र किमाथांका अरुणका लागिलगानी जुटाइदिन आग्रहगर्ने भएको छ ।साथै उपत्यका भित्रको विद्युतवितरण प्रभावकारी बनाउन मोनोपोल उपलब्ध गराइदिने प्रस्ताव छ ।नेपालले गरेको प्रस्तावमा चीनले चासो दिएमात्र द्विपक्षीय छलफल हुने मन्त्रालयका अधिकारी बताउँछन् ।