काठमाडौं-कमिसनको लोभमा काम अड्काइँदा नेपाल विद्युत प्राधिकरणले म्याग्दीमा निर्माण थालेको राहुघाट जलविद्युत आयोजना अनिश्चित हुन पुगेको छ । आयोजनालाई गतिलो 'कमिसन स्रोत' बनाएका कर्मचारी, सञ्चालक र दलालको मिलेमतोमा प्राधिकरण सञ्चालक समितिमै फाइल अल्झाइँदा काम रोकिएको हो।
निर्माणको स्पष्ट मोडलसहित ३ महिनाअघि प्राधिकरण सञ्चालक समितिमा पेस विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) कमिसन खाने दाउमा पास नै नगरी रोकेर राखिएको आयोजना स्रोतले जनायो । 'करिब ३ महिनाअघि पेस गरिएको डिपिआरबारे प्राधिकरण सञ्चालक समितिले कुनै प्रतिक्रिया दिएको छैन,' आयोजना स्रोतले भन्यो, 'महिनौंसम्म यसरी फाइल रोकिनुमा उच्च अधिकारी र सञ्चालकको स्वार्थ जोडिएको छ, यसमा दलालले आफूअनुकूल खेलिरहेका छन् । उनीहरू आयोजना नबनोस् तर कमिसन आइरहोस् भन्ने दाउमा छन् ।'
रोकिएको फाइलबारे कार्यकारी निर्देशक मुकेशराज काफ्लेसँग जिज्ञासा राख्दा उनले अहिलेसम्म सचिवालयमा फाइल नै नआएको जानकारी दिए । 'अहिलेसम्म आयोजनासम्बन्धी कुनै फाइल आएको छैन,' उनले आइतबार नागरिकसँग भने, 'फाइल आएको भए रोकिँदैन, सञ्चालक समितिबाट छिट्टै पास गरिन्छ ।'
आयोजनाका अधिकारीले ३ महिनाअघि नै डिपिआर सकिएको बताए पनि काफ्लेले भने डिपिआर निर्माण अन्तिम चरणमा रहेको दाबी गरे । आयोजना अधिकारी र प्राधिकरणको भनाइ नै फरक हुनुले ठूलै कमिसनको खेल रहेको प्रस्टिने स्रोतले जनायो ।
आयोजना निर्देशक कुलमान घिसिङले समेत डिपिआर पूरा गरी ३ महिनाअघि भारतीय एक्जिम बैंकमा बुझाइएको जानकारी दिए । 'निर्माण गर्ने उपयुक्त विकल्पसहित यसअघि प्राधिकरण सञ्चालक समितिमा फाइल पेस गरिएको छ तर निर्णय हुन सकेको छैन,' उनले नागरिकसँग भने ।
महिनौंदेखि प्राधिकरण र आयोजना व्यवस्थापनबीचको विवाद पनि आयोजना रोकिनुको अर्को कारण हो । दुई पक्षबीच असमझदारी नटुंगिँदा प्रसारण लाइनको ठेक्कापट्टा र आयोजनामा नियम मिचेर कमिसन खान पल्केका सञ्चालक, दलाल र त्यहीँका कर्मचारीलाई थप मौका मिलेको प्राधिकरण अधिकारीले टिप्पणी गरे ।
डिपिआरसहित पेस भएका सम्पूर्ण कागजात र फाइल कार्यकारी निर्देशकको सचिवालयमै रोकिएको आयोजनाका एक अधिकारीले दोहो¥याए । तर, फाइल आएकोबारे काफ्लेले पुनः अनभिज्ञता प्रकट गरेका छन् । 'आएको भए अब बस्ने सञ्चालक समितिमा पेस गरेर छलफल हुन्छ, छिट्टै आवश्यक निर्णय गरिन्छ,' उनले भने ।
सञ्चालक समितिबाट सञ्चालकद्वय सन्तोषनारायण श्रेष्ठ र सुवर्णलाल श्रेष्ठले राजीनामा दिएपछि बैठक बस्ने टुंगो छैन । समितिले पूर्णता पाएपछि मात्र बैठक बस्ने काफ्लेको भनाइ छ । 'व्यवस्थापनलाई सञ्चालक नियुक्ति नभएको बहानामा प्रक्रियागत काम रोक्ने मौका मिलेको छ,' आयोजनाका एक इन्जिनियरले भने ।
आयोजनाको सिभिल ठेकेदार भारतको आइभिआरसिएल लिमिटेडले समयमा काम नगरेपछि प्राधिकरण सञ्चालक समितिले गत जेठ २८ गते ठेक्का सम्झौता तोडेको थियो । सम्झौता तोडिनुअघि पनि ठेकेदार, सञ्चालक, दलाल र कर्मचारीको 'कमाउ धन्दा' बनेको आयोजना निर्माणका लागि नयाँ ठेक्का प्रक्रिया अघि बढाउन प्राधिकरणले नै ढिलाइ गरिरहेको छ ।
आयोजनाका अनुसार ठेक्का तोडिएको करिब ५ महिनामै डिपिआर तयार भएको थियो । साथै, पुस २० गते नै इपिसी (इन्जिनियरिङ प्रोक्योर्मेन्ट कन्स्ट्रक्सन), कम्पनी मोडल वा प्रतिस्पर्धामा निजी क्षेत्रबाट बनाउने गरी मोडल पेस गरेको थियो । तर, यसतर्फ प्राधिकरण व्यवस्थापन र सञ्चालक समितिको ध्यानै नगएको आयोजना अधिकारीको आरोप छ ।
नयाँ डिपिआर तयार गरी आयोजनाको क्षमता ३२ बाट बढाएर ४० मेगावाट पु¥याइएको छ । क्षमता बढे पनि लागतमा खासै अन्तर नहुने घिसिङले बताए । ३२ मेगावाटको लागत करिब ८ अर्ब २७ करोड रुपैयाँ अनुमान गरिएकोमा ४० मेगावाट बनाउँदा करिब ३० करोड रुपैयाँ (बैंक ब्याजबाहेक) मात्र लागत थपिने अनुमान छ ।
ठेक्का तोडिएलगत्तै आयोजनाले निर्माणका विभिन्न विकल्प प्राधिकरणमा पेस गरेको थियो । आयोजनाको क्षमता बढाएर वित्तीय पुनःसंरचना गरी प्राधिकरणकै सहायक कम्पनीमार्फत इपिसी वा हालसम्मको खर्च प्राधिकरणको लगानीका रूपमा राखी सरकारले प्रतिस्पर्धाबाट निर्माण गर्ने विकल्प पेस गरिएको थियो ।
सार्वजनिक खरिद ऐनअनुसार सम्पूर्ण खरिद प्रक्रिया कार्यकारी निर्देशकमा राखी आयोजना निर्देशकलाई जिम्मेवार र अधिकारसम्पन्न बनाएर आयोजना बनाउन सकिने विकल्पसमेत अघि सारिएको थियो । उल्लिखितमध्ये उचित विकल्प लागू गर्न आयोजना र परामर्शदाता वापकोस लिमिटेडबीच ठेक्का सम्झौताको 'स्कोप अफ वर्क' संशोधन गर्न उचित हुने आयोजना व्यवस्थापनको सुझाव थियो ।
नयाँ ठेक्का प्रक्रियामा जान इलेक्ट्रो मेकानिकल र हाइड्रो मेकानिकल कार्यका लागि पूर्वछनोटमा परेका कम्पनीका प्रस्ताव रद्द गर्नुपर्छ । तर, प्राधिकरण व्यवस्थापनले प्रतिस्पर्धा नगराई इलेक्ट्रो मेकानिकलको पूर्वछनोटमा परेको 'भारत हेभी इलेक्ट्रिकल लिमिटेड' लाई नै ठेक्का दिने नियत राखेको प्राधिकरण अधिकारीकै दाबी छ ।
भारत सरकारको सहुलियत ऋणमा बनाउने गरी सन् २०१० नोभेम्बर ४ मा सिभिल ठेक्काको सम्झौता भएको थियो । परामर्शदाता नियुक्त गर्नुअघि सिभिल कामको ठेक्का सम्झौता भएदेखि नै आयोजना विवादित हुँदै आएको हो । भौगोलिक, आर्थिक र वित्तीय दृष्टिले सम्भाव्य नदेखिएको आयोजना छनोट भएको भन्दै प्राधिकरण कर्मचारीले नै यसको विरोध गर्दै आएका थिए ।
झन्डै ५ वर्षसम्म आयोजना अड्काएर बसेपछि परामर्शदाताको सुझावकै आधारमा प्राधिकरणले सिभिल ठेकेदारसँग सम्झौता तोडेको थियो । सन् १९९७ मा पहिचान भएको यो आयोजनाको सम्भाव्यता अध्ययन १९९८ मा पूरा भएको थियो।