काठमाडौं-हुलाकी सडक निर्माणमा भारतले नयाँ सर्त तेस्र्याएपछि काम ठप्प हुने अवस्था उत्पन्न भएको छ। बीचैमा भारतीय ठेकेदार भागेपछि बाँकी काम सक्ने जिम्मेवारी नेपाललाई नै सुम्पेको भारतले पछिल्लो पटक कामै रोकिने गरी अनावश्यक सर्त थोपरेको हो।
भारतीय अनुदानमा बन्ने सडकका लागि ९० प्रतिशत जग्गा अनिवार्य अधिग्रहण गर्नुपर्ने, परामर्शदाता भारतकै हुनुपर्ने, नयाँ समझदारीअनुसार काम गर्नुपर्ने लगायत सर्त छन् । फागुन ७ मा भएको प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणका क्रममा यस्तो सर्त राखिएको हो ।
सर्तसहितको समझदारीपत्रमा नेपालका तर्फबाट भौतिक पूर्वाधार तथा यातायात सचिव अर्जुनकुमार कार्की र नेपालका लागि भारतीय राजदूत रणजित रायले हस्ताक्षर गरेका छन् । २०७१ चैतमै ठेकेदार भागेपछि भारतले कबोल गरेको (भारु ५ अर्ब) रकम दिने गरी बाँकी कामको जिम्मा नेपाललाई सुम्पेको थियो ।
भारतले हात झिकेपछि सडक विभागले पहिलो चरणमा सक्ने लक्ष्य राखिएको १९ मध्ये १३ सडकको ठेक्का प्रक्रिया सुरु गरिसकेको छ । तर, नयाँ समझदारी विपरित काम गर्न नपाइने भएपछि ती ठेक्का सदर गर्ने वा नगर्नेमा विभाग अन्योलमा छ । 'जग्गा अधिग्रहणमा भारतले विश्व बैंक र एसियाली विकास बैंक (एडिबी) ले भन्दा कडा सर्त राखेको छ,' मन्त्रालयका एक अधिकारीले भने ।
अनुदानमा हुलाकी सडक बनाउन नेपाल–भारतबीच ४ पटकसम्म समझदारी भएको छ । सन् २००४ मा भारतीय अनुदानमा बनाउने, सन् २००६ मा विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने, २०१० मा तोकिएको काम २ चरणमा पूरा गर्ने समझदारी भएको थियो ।
प्रधानमन्त्री ओलीको भ्रमणका बेला फागुन ८ गते नयाँ समझदारी भएको थियो । पुरानो समझदारी भन्दा फरक नयाँ समझदारीमा सर्त राखेपछि काम नै रोकिने अवस्था आएको मन्त्रालयका उच्च अधिकारीले सोमबार नागरिकलाई बताए ।
दुवै देशबीच यसअघि भएको समझदारीमा नेपालले जग्गा अधिग्रहण गर्ने, निर्माणस्थल स्पष्ट गरिदिने र भारतीय ठेकेदारसँग आवश्यक परामर्श गर्ने सर्तमात्र थियो । परामर्शदाता र ठेकेदार भारतकै भए पनि उनीहरुको अनुगमन र मूल्यांकन उतैबाट गर्ने गरिएको थियो ।
'काम जिम्मा दिएर पनि नयाँ सर्त राख्नु सडक बन्न नदिने भारतको खेल हो,' मन्त्रालयका एक अधिकारीले भने, 'ठेक्का अघि बढाइएका १२ सडकका ठेकेदारसँग 'डिल' गर्न गाह्रो छ, नयाँ समझदारी अनुसार जाँदा ५÷६ महिना काम पछाडि धकेलिन्छ ।'
काम अघि बढाउन विभागले गत वर्ष अर्थ मन्त्रालयसँग बजेटसमेत मागेको थियो । विभागको मागअनुसार मन्त्रालयले भारतबाट शोधभर्ना लिने गरी २ अर्ब ६ करोड रुपैयाँ उपलब्ध गराएको हुलाकी सडक आयोजना प्रमुख बलराम मिश्रले जानकारी दिए ।
'नयाँ समझदारी अनुसार काम गर्नुपर्ने हुँदा उक्त रकम खर्च हुन सक्ने अवस्था छैन, पैसाको समस्या होइन,' उनले सोमबार नागरिकसँग भने, 'अब काम कसरी सुरु गर्ने भन्ने समस्या हो, ठेक्का प्रक्रियामा गइसकेको काम पनि रोक्नुपर्ने भयो ।'
कम मूल्यमा ठेक्का प्रस्ताव गरेका ठेकेदार बीचैमा काम छाडेर भागेपछि भारतले गत वर्ष नै निर्माणबाट हात झिकेर नेपाललाई सुम्पेको थियो । पहिलो समझदारी भएको १२ वर्षसम्म १२ प्रतिशत काम भएको छैन । अनुदानमा बनाइदिने आश्वासन देखाएर भारतले सडक निर्माण अलपत्र पारेको विभागका उच्च अधिकारी बताउँछन् ।
नेपालको चुरे क्षेत्र तराईसँग जोड्दै भारतीय सीमासम्म विस्तार हुने ६ सय ७ किलोमिटरको यो मार्ग निर्माण गर्न भारतले करिब ८ अर्ब रुपैयाँ अनुदान दिएको छ । ठेक्कापट्टासमेत ऊ आफैंले गर्ने गरी सन् २०१० मा पहिलो चरणको निर्माण थालिएको थियो ।
भारतले त्यतिबेला ८ अर्ब रुपैयाँ दिने कबोल गरे पनि अहिले त्यसको लागत करिब १५ अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ । तर, ८ अर्ब रुपैयाँभन्दा बढी दिन नसक्ने भारतले प्रस्ट पारिसकेको छ । अपुग बाँकी रकम सरकारले राख्ने वा अर्को दाता खोज्ने भन्ने अन्योलसमेत उत्पन्न भएको छ ।
सरकारले दुई चरणमा पूरा गर्ने गरी पूर्वदेखि पश्चिमसम्म हुलाकी सडक निर्माण तथा मर्मतको योजना बनाएको थियो । पहिलो चरणमा ६ सय ७ किलोमिटर सडक ६ खण्डमा बाँडेर निर्माण तथा मर्मत गर्ने योजना थियो । त्यसमध्ये ५ खण्डका ठेकेदार काम छाडेर भागेका हुन् ।
सरकारले काम गर्ने क्षेत्र उपलब्ध गराउन नसकेको, जग्गा अधिग्रहण, मुआब्जा वितरण र रुख कटानसम्बन्धी समस्या समाधान नगरिदिएको भन्दै ठेकेदारले वर्षौंसम्म काम गरेको थिएन । कम मूल्यमा सम्झौता गरेर लागत बढ्दै गएपछि ठेकेदारहरूले यसैलाई बहाना बनाएर काम छाडेको हुन् ।
साढे दुई वर्षमा सबै काम सक्ने गरी भारतले ७ अर्ब ७३ करोड रुपैयाँमा दुई ठेकेदारसँग सन् २०१० मा निर्माण सम्झौता गरेको थियो । विभागले सोही कामको लागत अहिले करिब १५ अर्ब रुपैयाँ निकालेको छ । हुलाकी सडकले चुरे र तराई जोड्ने हुँदा त्यहाँको आर्थिक, सामाजिक र सांस्कृतिक पक्षमा परिवर्तन ल्याउनसक्ने यो सडकको अधुरो काम सरकारले नै पूरा गर्नुपर्ने सरोकारवालाको भनाइ छ ।
छ खण्डमध्ये पहिलो खण्डको लम्की–टिकापुर–खक्रौला र धनगढी–सती क्षेत्रको काम जिम्मा लिएको भारतको जिआर–जिएडब्लुएआरले भने अहिले काम गरिरहेको छ । दोस्रो खण्ड (नेपालगन्ज–बगौडा, भुरिगाउँ–गुलरिया–मुर्तिया) र छैटौं खण्ड (चारआली–चन्द्रगढी–केचना, कानेपोखरी–रंगेली, कल्याणपुर–बर्साइन–सुब्रनपट्टि) को जिम्मा लिएको जिभिआर–इन्फ्रा प्रोजेक्टले १० प्रतिशत पनि काम भएको छैन ।
तेस्रो खण्ड (तामागढी–सिम्रौनगढ, मनमत–कलैया–मटियर्वा, वीरगन्ज–ढोरी), चौथो खण्ड (माइस्थान–गौशाला–साम्ची, नयाँरोड–बरहथवा–मधुवनी, जलेश्वर–हर्दी, नवलपुर–मलंगवा) र पाँचौं खण्ड (वीरेन्द्रबजार–जदुका–महेन्द्रनाथपुर, जनकपुर–जदुका, नजकपुर–जटही, जनकपुर–जलेश्वर) को काम जिम्मा लिएको विश्व बिभिएसआर जेभीले ५ प्रतिशत काम नगरी भागेको हो । सन् २०१० मा सम्झौता भएको ६ वटै खण्डको काम सन् २०१३ को अन्तसम्म सक्नुपथ्र्यो ।
जनआन्दोलन २०६२÷६३ पछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको पालामा भारतीय अनुदानमा हुलाकी सडक बनाउन दुवै देशबीच समझदारी भएको थियो । लक्ष्यअनुसार काम नभएपछि भारतले नै तराईको विकास रोकेजस्तो देखिएकाले छ ।