काठमाडौं-प्रधानमन्त्री केपी ओलीलाई चीन भ्रमणका लागि आफ्नो जहाज प्रयोग गर्न दिएको हिमालय एयरलाइन्सले सबै उडान खर्च आफैं बेहोर्ने घोषणा गरेको छ। काठमाडौंबाट सिधै बेइजिङ गएपछि हिमालयको जहाजलाई प्रधानमन्त्री ओलीको टोलीले त्यहाँबाट विभिन्न गन्तव्य लैजाने उडान तालिका रहेको छ।काठमाडौंबाट उडेदेखि फागुन १४ गते यहीँ नफर्केसम्म लाग्ने सम्पूर्ण उडान खर्च हिमालय आफैंले बेहोर्ने घोषणा गरेको हो ।
निजी क्षेत्रको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालयले १२ दिनअघि काठमाडौं ल्याएको 'ए३२०–२१४' सिरिजको १ सय ५८ सिट क्षमतायुक्त उक्त जहाज आठ दिनका लागि 'स्पेसल चार्टर' गरी प्रधानमन्त्री ओली आइतबार बिहान ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधा चीनको राजधानी बेइजिङ गएका छन्।
'सरकार प्रमुखको उडान व्यवस्थापन गर्न पाउनु हाम्रो लागि गर्वको विषय हो,' हिमालयका एक अधिकारीले आइतबार नागरिकसँग भने, 'त्यही भएर हाम्रो जहाज प्रयोग गर्दा जति खर्च लाग्छ, त्यो सबै हामी आफैंले बेहोर्ने निर्णय भएको छ।'
उनका अनुसार आठ दिन जहाज प्रयोग गर्दा कति खर्च लाग्छ भन्ने हिसाब निकालिने छैन । सरकार प्रमुखको उडान भएका कारण जतिसुकै खर्च लागे पनि कम्पनी आफैंले बेहोर्ने छ ।
एक देशबाट अर्को देशमा जहाज लैजाँदा सम्बद्ध देशको आकाश प्रवेश गरेपछि एयर रुट शुल्क, अवतरण शुल्क, पार्किङ शुल्क, नेभिगेसनल शुल्कलगायत तिर्नुपर्छ । यस्तो शुल्क देश र विमानस्थलपिच्छे फरक हुने गर्छ ।
प्रधानमन्त्री ओलीको चीन भ्रमणमा उनलाई लिएर गएको जहाजको कम्पनीका बोर्ड अध्यक्ष आङछिरिङ शेर्पा र प्रसिडेन्ट छेङ हुई पनि सँगै गएका छन् ।
मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले हिमालयको उक्त जहाजलाई '९एन–एएलएम' कलसाइन दिएको छ । जहाजमा आठ बिजनेस क्लास र १ सय ५० इकोनोमी क्लास सिट छन् । हिमालयले गत फागुन २६ गते यो जहाज चीनको छेङ्दुबाट काठमाडौं ल्याएको थियो।
जहाज आएको पर्सीपल्ट यसले सफल परीक्षण उडान गरेको थियो । त्यसपछि प्राधिकरणले यसलाई 'उडानयोग्यताको प्रमाणपत्र' दिएको थियो । हिमालयले नियमित व्यापारिक उडान सुरु गर्नुअघि नै प्रधानमन्त्री ओली चार्टर गरी यसको जहाजबाट चीन गएका हुन् ।
राष्ट्र प्रमुख वा सरकार प्रमुख विदेश भ्रमणमा जाँदा राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको जहाज लाने 'चलन' छ । यसअघि प्रधानमन्त्री ओली भारत भ्रमणमा जाँदा र फर्कंदा भने नेपाल वायुसेवा निगमकै जहाज प्रयोग गरेका थिए ।
एक उच्च सरकारी अधिकारीका अनुसार नेपाल वायुसेवा निगमले आफ्नो जहाजबाट प्रधानमन्त्रीलाई लाने प्रस्ताव नगरेपछि विकल्पका रूपमा नेपालकै निजी कम्पनी हिमालयको जहाजमा जाने तय भएको थियो ।
नागरिक उड्डयन प्राधिकरणका एक उच्च अधिकारीका अनुसार काठमाडौंबाट चीनको राजधानी बेइजिङ सिधा उडान गर्ने कुनै पनि वायुसेवा अहिले छैनन् । राष्ट्रिय ध्वजावाहक निगमबाट प्रस्ताव नआएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले उड्डयन प्राधिकरणलाई उडान व्यवस्थापन मिलाउन पत्राचार गरेको थियो । त्यसैगरी परराष्ट्र मन्त्रालयले हिमालयलाई पत्राचार गरी प्रधानमन्त्रीको उडान व्यवस्थापनका लागि जहाज उपलब्ध गराउन आग्रह गरेको थियो ।
नेपाल इन्भेस्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे र यती एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पासहितको व्यवसायीको लगानीमा हिमालय एयरलाइन्स स्थापना भएको हो । पाँडे अध्यक्ष रहेको एचआइएफ एभिएसन इन्भेस्टमेन्ट कम्पनी प्रालि र शेर्पा अध्यक्ष रहेको यती वल्र्ड इन्भेस्टमेन्ट प्रालिले हिमालय एयरलाइन्समा लगानी गरेका छन् । नेपालका यी कम्पनीलाई चीनको तिब्बतस्थित तिब्बत एयरलाइन्स प्रालिले सघाएको छ । हिमालयमा नेपाली कम्पनीको ५१ प्रतिशत र तिब्बतको ४९ प्रतिशत लगानी छ ।
एचआइएफ बैंक तथा वित्तीय संस्था, पर्यटन, जलविद्युतलगायत क्षेत्रमा लगानी गरिरहेका स्वदेशी उद्योगीहरूको कम्पनी हो । यती वल्र्ड इन्भेस्टमेन्ट यती एयरलाइन्स ग्रुप अफ कम्पनिजको भगिनी संस्था हो । यो समूहले यती एयरलाइन्स, तारा एयर, गोकर्ण गल्फ रिसोर्ट, जोमसोम माउन्टेन रिसोर्ट, थामसेर्कु ट्रेकिङ, क्रिएटिभ ट्राभल्सलगायत कम्पनी सञ्चालन गरिरहेको छ ।
उनीहरूलाई सघाउने तिब्बत एयरलाइन्सको प्रमुख साझेदारमा सरकारी कम्पनी एयर चाइना र तिब्बतको प्रान्तीय सरकार छन् । तिब्बत एयरलाइन्सले सन् २०११ बाट अन्तर्राष्ट्रिय उडान सुरु गरेको थियो । हाल कम्पनीसँग ए३१९ सिरिजका नौ जहाज सञ्चालनमा छन् । त्यसबाहेक गत वर्ष ए३२० सिरिजका ३० नयाँ जहाज थप्ने घोषणा गरेको थियो । २०२० सम्ममा ४० जहाज पुर्याउने लक्ष्य छ । यसले चीनका २४ गन्तव्यमा उडान गरिरहेको छ ।
हिमालयमा २ करोड ५० लाख अमेरिकी डलर (२ अर्ब ५० करोड रुपैयाँ) लगानी भएको छ । आगामी पाँच वर्षभित्र कम्पनीको कुल लगानी १ अर्बदेखि १ अर्ब ५० करोड डलर (१ खर्बदेखि डेढ खर्ब रुपैयाँ) सम्म पुर्याइने कम्पनीले जानकारी दिएको छ ।