जडीबुटीको सामूहिक ट्रेडमार्क
०९ चैत्र २०७२
•
६ मिनेट पाठ
जडीबुटीको सामूहिक ट्रेडमार्क
काठमाडौं-जडीबुटी व्यवसायमा गुणस्तर र एकरुपता ल्याउन सामूहिक व्यापार चिह्न (कलेक्टिभ ट्रेडमार्क) प्रयोग हुने भएको छ। जडीबुटी (हब्र्स एन्ड हर्बल) व्यवसायीले उद्योग विभागमा संयुक्त ट्रेडमार्क दर्ता गर्न प्रक्रिया थालेका छन्।




जडीबुटी व्यवसायीले कलेक्टिभ ट्रेडमार्क दर्ता प्रक्रिया अघि बढाएको नेपाल हब्र्स एन्ड हर्बल उत्पादक संघका अध्यक्ष गोविन्द घिमिरेले बताए । 'अर्को हप्ता दर्ता हुन्छ,' घिमिरेले भने । व्यवसायीले कलेक्टिभ ट्रेडमार्क दर्ताको लागि विभागमा लोगोसहित सम्पूर्ण कागज पेस गरिसकेका छन् । ट्रेडमार्क दर्ता गर्ने विभागको प्रक्रिया सकेर अर्को हप्ताभित्र दर्ता भइसक्ने व्यवसायीको भनाइ छ ।

देशमा जडीबुटी व्यवसायीका तीनवटा संगठन मिलेर कलेक्टिभ ट्रेडमार्क दर्ता गर्न लागेका हुन् । नेपाल हब्र्स तथा हर्बल उत्पादक संघ, काठमाडौं, नेपाल जडीबुटी व्यवसायी संघ, नेपालगन्ज र जडीबुटी व्यवसायी संघ नेपाल, काठमाडौंले संयुक्त रुपमा लोगो दर्ता गर्न लागेका हुन् । छुट्टाछुट्टै संघ भए पनि एउटै व्यवसाय भएकाले गुणस्तरीय उत्पादन गर्न र निर्यात बढाउन सामूहिक ट्रेडमार्क प्रयोग गर्न लागेको व्यवसायीको भनाइ छ ।

सामूहिक ट्रेडमार्क प्रयोग गर्ने विषयमा पहिलेदेखिनै छलफल गर्दै आएका व्यवसायीलाई सामूहिक व्यापार चिह्न प्रयोग गर्न व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, जर्मन सहयोग नेपाल (जिआइजेड) ले सहयोग गरेको संघले जनाएको छ । त्यस्तै, नेपालको जडीबुटी निर्यात प्रवद्र्धन, दक्षता वृद्धिको लागि जर्मन व्यापार प्रवद्र्धन कार्यक्रमले सहयोग गर्ने व्यवसायीले बताए ।

गत साता व्यवसायीले संयुक्त रुपमा तयार पारेको 'ट्रेडमार्क लोगो'को विषयमा उद्योग विभागसँग छलफल गरेका थिए । उक्त छलफलपछि विभागले सामूहिक ट्रेडमार्क दर्ता प्रक्रिया अघि बढाउन भनेको व्यवसायीले बताए । विभागमा दर्तापछि अन्तर्राष्ट्रिय ट्रेडमार्क बजारमा पनि दर्ता गर्दै जाने घिमिरेले बताए । देशभित्र दर्ता भएको ट्रेडमार्कलाई अन्तर्राष्ट्रिय स्तरमा पनि दर्ता गराउनु पर्छ ।

नेपाली जडीबुटीको आन्तरिक र अन्तर्राष्ट्रिय व्यवसाय प्रवद्र्धनको लागि नयाँ ट्रेडमार्कले सहयोग गर्ने घिमिरेले बताए । 'अहिले भइरहेको व्यवसायलाई यसले अझ विश्वसनीय बनाउने छ,' घिमिरेले भने, 'सामूहिक रुपमा लोगो प्रयोग हुन थालेपछि नेपालका सक्कली जडीबुटी निर्यात बढ्ने छ ।' हाल जडीबुटी व्यवसायमा गैरकानुनी काम पनि भइरहेको भन्दै कलेक्टिभ ट्रेडमार्कले यसलाई निरुत्साहित गर्ने उनले बताए ।

हाल भारतबाट जडीबुटी आयात गरेर नेपाली भन्दै निर्यात भइरहेको व्यवसायी बताउँछन् । भारतबाट जडीबुटी ल्याउने र नेपालमा 'सर्टिफिकेसन अफ नेपाल' लगाएर भारतसहित अन्य मुलुकमा पठाउने गरेको गुनासो व्यवसायीको गरे । अनधिकृत रुपमा भएका यस्ता गतिविधिले नेपाली जडीबुटी व्यवसायलाई ठूलो घाटा भएको र विश्वसनीयता घटाएको व्यवसायीको भनाइ छ । अनधिकृत अभ्यास रोक्न कलेक्टिभ ट्रेडमार्कले महत्वपूर्ण भूमिका खेल्ने व्यवसायीले विश्वास लिएका छन् ।

सामूहिक ट्रेडमार्क दर्ता भएपछि संघहरूले यसको प्रयोगसम्बन्धी निर्देशिका बनाउने घिमिरेले जानकारी दिए । निर्देशिका अनुसार ट्रेडमार्क प्रयोग हुने, अनधिकृत रुपमा नेपाली जडीबुटी भन्दै निर्यात नहुने विश्वास उनले व्यक्त गरे ।

देशभित्र मसला जन्य र औषधिजन्य जडीबुटी ठूलो मात्रामा उत्पादन हँुदै आएको छ । नेपालमा मेडिसिनल प्लान्ट, मेडिसिनल हब्र्स र एसेन्सियल आयल उत्पादन र निर्यात भइरहको छ । मेडिसिनल हब्र्स औषधिको रुपमा प्रयोग हुन्छ भने एसेन्सियल आयल, सुगन्धित तेल, कस्मेटिक्स, साबुन, बास्नादार खाना लगायतमा प्रयोग हँुदै आएको छ । व्यवसायीका अनुसार नेपालमा जलस्रोतपछि जडीबुटी व्यवसायको ठूलो सम्भावना रहेको बताउँछन् ।

विश्व बजारमा जडीबुटीजन्य उत्पादनको माग अत्यधिक रहेको व्यवसायी बताउँछन् । नेपालमा उत्पादन हुने जडीबुटी जन्य उत्पादनको निर्यात हरेक वर्ष बढ्दै गएको छ । तथ्यांक अनुसार आर्थिक वर्ष ०७१/७२ मा १६२.६१ करोडको मेडिसिन हब्र्स निर्यात भएको छ । सो आर्थिक वर्षमा एसेन्सियल आयल १७.२० करोडको निर्यात भएको छ ।
अर्को समाचार
जडीबुटीको सामूहिक ट्रेडमार्क प्रयोग निर्देशिका बन्दै
१२ साउन २०७३
•
६ मिनेट पाठ
जडीबुटीको सामूहिक ट्रेडमार्क प्रयोग निर्देशिका बन्दै
काठमाडौं–जडीबुटी व्यवसायमा गुणस्तर र एकरुपता कायम गर्न सामूहिक व्यापार चिह्न (कलेक्टिभ ट्रेडमार्क) प्रयोग गर्न निर्देशिका (आचारसंहिता) बन्ने भएको छ । निर्देशिका बनेपछि जडीबुटी व्यवसायीले संयुक्त टे«डमार्क प्रयोग गर्न बाटो खुल्नेछ ।




सामूहिक ट्रेडमार्क प्रयोग गर्न व्यवसायीले उद्योग विभागमा प्रस्ताव पेस गरिसकेका छन् । विभागले सामूहिक व्यापार चिह्न प्रयोग गर्न यससम्बन्धी निर्देशिका मागेको छ । ‘विभागले कोड अफ कन्डक्ट बनाएर ल्याउनुस भनेको छ,’ नेपाल हब्र्स एन्ड हर्बल प्रडक्टस् एसोसिएसनका अध्यक्ष गोविन्द घिमिरेले भने, ‘विभागमा आचारसंहिता बुझाएपछि कलेक्टिभ ट्रेडमार्क स्वीकृत हुनेछ ।’

आचारसंहितामा सामूहिक व्यापार चिह्न कस्तो हुने, यसको प्रयोग कसरी गर्ने भन्ने विषयमा उल्लेख गरिने घिमिरेले बताए । त्यस्तै हाल रहेका व्यवसायी र यससँग सम्बन्धित संघहरूले कसरी प्रयोग गर्न पाउने, कस्तो उत्पादनलाई यो चिह्न प्रयोग गर्न दिने भन्ने मापदण्ड बन्नेछ । महिना दिनभित्र आचार संहिता विभागमा पेस गर्ने घिमिरेले बताए ।  

व्यवसायीले कलेक्टिभ ट्रेडमार्क दर्ताको लागि उद्योग विभागमा लोगोसहित सम्पूर्ण कागज पेस गरिसकेका छन् । देशमा जडीबुटी सम्बन्धी व्यवसाय गर्दै आएका तीन व्यावसायिक संघ मिलेर कलेक्टिभ ट्रेडमार्क प्रयोग गर्न लागेका हुन् । नेपाल हब्र्स तथा हर्बल उत्पादक संघ, काठमाडौं, नेपाल जडीबुटी व्यवसायी संघ, नेपालगन्ज र जडीबुटी व्यवसायी संघ नेपाल, काठमाडौंले संयुक्त रुपमा लोगो दर्ता गर्न लागेका हुन् । छुट्टाछुट्टै रुपमा संघ भए पनि एउटै व्यवसाय भएकाले गुणस्तरीय उत्पादन र निर्यात बढाउन सामूहिक ट्रेडमार्क प्रयोग गर्न लागेको घिमिरेको भनाइ छ ।

विभागमा दर्तापछि अन्तर्राष्ट्रिय ट्रेडमार्क बजारमा पनि दर्ता गर्दै जाने संघको योजना छ । देशभित्र दर्ता भएको ट्रेडमार्कलाई अन्तर्राष्ट्रिय स्तरमा पनि दर्ता गराउनु पर्छ ।    नेपाली जडीबुटीको आन्तरिक र अन्तर्राष्ट्रिय व्यवसाय प्रवद्र्धनको लागि नयाँ ट्रेडमार्कले सहयोग गर्ने विश्वास लिइएको छ । सामूहिक रुपमा लोगो प्रयोग हुन थालेपछि नेपालको सक्कली जडीबुटीको निर्यात बढ्ने छ । हाल जडीबुटी व्यवसायीमा गैरकानुनी काम पनि भइरहेको भन्दै कलेक्टिभ ट्रेडमार्कले यसलाई निरुत्साहित गर्ने व्यवसायीको भनाइ छ ।  

भारतबाट जडीबुटी ल्याउने र नेपालमा ‘सर्टिफिकेसन अफ नेपाल’ लगाएर भारत सहित अन्य मुलुकमा पठाउने गरेको गुनासो व्यवसायीको छ । अनधिकृत रुपमा भएका यस्ता गतिविधिले नेपाली जडीबुटी व्यवसायलाई ठूलो घाटा र विश्वसनीयता घट्दै गएको व्यवसायीको छ । यही अनधिकृत कारोबार रोक्न कलेक्टिभ ट्रेडमार्कले महŒवपूर्ण भूमिका खेल्ने व्यवसायीको विश्वास छ ।

निर्देशिका अनुसार ट्रेडमार्क प्रयोग हुने, अनधिकृत रुपमा नेपाली जडीबुटी भन्दै निर्यात नहुने विश्वास घिमिरेले व्यक्त गरे । देशभित्र मसलाजन्य र औषधिजन्य जडीबुटी ठूलो मात्रामा उत्पादन हुँदै आएको छ । नेपालबाट मेडिसनल प्लान्ट, मेडिसनल हब्र्स र एसेन्सियल आयल उत्पादन र निर्यात भइरहको छ । मेडिसनल हर्बस् औषधीको रुपमा प्रयोग हुन्छ भने एसेन्सियल आइल सुगन्धित तेल, कस्मेटिक्स, साबुन लगायतमा प्रयोग हँुदै आएको छ । व्यवसायीका अनुसार नेपालमा जलस्रोतपछि जडीबुटी व्यवसायको ठूलो सम्भावना छ ।  

विश्व बजारमा जडीबुटीजन्य उत्पादनको माग अत्यधिक रहेको व्यवसायी बताउँछन् ।

नेपालमा उत्पादन हुने जडीबुटीजन्य उत्पादनको निर्यात हरेक वर्ष बढ्दै गएको छ । तथ्यांक अनुसार आर्थिक वर्ष २०७१÷०७२ मा १६२.६१ करोडको मेडिसिन हब्र्स निर्यात भएको छ । त्यस्तै, सोही आर्थिक वर्षमा एसेन्सियल आयल १७.२० करोडको निर्यात भएको छ  ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस