दसैं नजिकिएसँंगै भक्तपुरमा बजार अनुगमन सुरु
२१ भदौ २०७९
•
२ मिनेट पाठ
दसैं नजिकिएसँंगै भक्तपुरमा बजार अनुगमन सुरु
भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा मंगलबार नगरको सल्लाघारीमा रहेका खाद्य पसलहरु अनुगमन गरिएको छ। अनुगमनमा आधा टिप म्याद नाघेको सामानहरु जफत गरी नष्ट गरेको संयोजक गोराले बताए।




अनुगमनमा सुधिनी खाद्य स्टोर म्याद नाघेको सामानहरु हेल्थी डाइट १२ पाकेट, ग्रिन टि ११ पाकेट, भेडिकको सन्स् क्रिम ३ वटा, ग्रिन टि साबुन ४ पाकेट, डाइवेटिज र स्लिम टि १५ पाकेट, ग्रिन निम साबुन ७ वटा, सन्स्क्रिम २ वटा, नेच्युरल मह ५ बट्टा, ओलिभ आलुभेरा ३ वटा, मम्स् म्याजिक विस्कुट ९ पाकेट, निभा ध्यू २५ वट्टा, दुधवाला चकलेट १ पाकेट, सस् १४ वटा, मखन ३९ पकेट, चोको चकलेट पाकेट, लोस्टोम भेनेगर १६ वटा, ड्राइफ्रुटस् १२ वटा, पेस्टा १ पाकेट, विस्कुट ६ पाकेट, चाकु ५० वटा जफत गरी नष्ट गरियो। साथै १ थान तराजु जफत गरी तीन दिनभित्र नगरपालिकामा उपस्थित हुन निर्देशन दिएको छ।

साथसाथै पसल नविकरण नगरेको, मूल्यसूचि नराखेको, तराजु नापतौल विभागमा नविकरण नगरेको पाइएको वडा निरीक्षक रामकृष्ण प्रजापतिले बताए। त्यस्तै सल्लाघारी मिनी मार्टमा म्याद नाघेको सामानहरु डार्क फान्टासि ठूलो ५ पाकेट र सानो ९ पाकेट, हेल्थी डाइट ५ पाकेट, सेन्ट्री लाम्ब्डा ५ पाकेट, नवरत्न दालमोठ ३ पाकेट, टोकला चिया सय ग्रामको ८ पाकेट, पिनट बटर १ वटा, ड्यू ३ वटा, लिची जुस ४ पाकेट जफत गरी नष्ट गरियो। पसल नविकरण गर्न, मूल्यसूचि राख्न र तीन दिनभित्र नगरपालिकामा उपस्थित हुन निर्देशन दिएको छ।

त्यस्तै प्रकांसु क्याफे एण्ड रेष्टुरेन्ट दर्ता नभएकोले तीन दिनभित्र दर्ता गर्न निर्देशन दियो। त्यस्तै च्वंगा गणेश खाद्य स्टोर तीन दिनभित्र नविकरण गर्न, लेबल नभएको बोडी २ बोरा र कुहेको पेस्टा लेवल नभएकोले लेबल भएको सामान मात्रै बेचविखन गर्न निर्देशन दियो। तराजु नापतौल विभागमा नविकरण गर्न, म्याद नाघेको गरम मसल, पाउडर दुध, विस्कुट लगायत जफत गरी नष्ट गरियो भने तीन दिनभित्र नगरपालिकामा उपस्थित हुन निर्देशन दियो।

त्यस्तै दि ज्वाला इम्पेक्समा दर्ता नविकरण गर्न, गोदाममा रहेको खाद्य सामाग्री मुसाले खाएर किरा लागेको समेत भेटिएकोले व्यवस्थित गर्न, म्याद नाघेको सामानहरु पनि भेटिएकोले म्याद नाघेको र विग्रेको सामान छुट्टाछुट्टै कोठामा राख्न, पसलमा छरपस्ट रहेको सामानहरु व्यवस्थित गरी राख्न निर्देशन दियो।  

अनुगमनमा वडाध्यक्ष श्यामकृष्ण खत्री, सदस्य रोशनमैया सुवाल, रीता फसिकवा, ज्ञानबहादुर मानन्धर, भनपा श्यानिटेशका उपशाखा प्रमुख दीलिपकुमार सुवाल, वडा निरीक्षक.रामकृष्ण प्रजापति, जिल्ला प्रशासन कार्यालय भक्तपुरका यादवप्रसाद मिश्र, उद्योग बाणिज्य संघ भक्तपुरका गौतम सुजखु, महानगरीय प्रहरी प्ररिसरका प्रहरी बरिष्ठ सहायक निरीक्षक नारायण चुवान, प्रहरी हवल्दार सपना कार्की र सीता राई, घरेलु तथा साना उद्योग संघका लक्ष्मी कवाको सहभागिता रहेको थियो।
अर्को समाचार
दसैं नजिकिएसँंगै भक्तपुरमा दैनिक बजार अनुगमन
२२ असोज २०७७
•
३ मिनेट पाठ
दसैं नजिकिएसँंगै भक्तपुरमा दैनिक बजार अनुगमन
दसै नजिकिएसँंगै भक्तपुरमा दैनिक बजार अनुगमन हुन थालेको छ। भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा बिहीबार पनि भक्तपुरको सुकलढोकामा १३ वटा खाद्य, फलफूल, तरकारी, मिठाई, माछा पसलहरुमा बजार अनुगमन भयो।  




अनुगमनमा दिक्षा एण्ड सदिक्षा स्टोर दर्ता नविकरण गर्ने, म्याद नाघेको सामानहरु पप ७ पाकेट, मःमः मसला १३ पाकेट, मिट मसला २ पाकेट, चाना मसला ५ पाकेट, करी मसल २ पाकेट, गरम मसला १ पाकेट, चिकेन मसला १ पाकेट, रागाना मसला १ पाकेट, किस मसल १ पाकेट जफत गरी नष्ट गरियो। म्याद नाघेको सामानहरु छुट्टै स्टोरमा राख्ने निर्देशन दियो।  

भक्त बी स्टोरमा म्याद नाघेको सामानहरु प्रिड्डल स्मोकि बिबिक्यू २ वटा जफत गरी नष्ट गरियो। त्यस्तै सविना राजभण्डारीको किराना पसलमा मूल्य सुचि राख्ने, साइनबोर्ड राख्ने, पसल दर्ता नविकरण गर्ने र सरसफाइमा ध्यान दिने निर्देशन दियो।  

श्रेष्ठ मिठाइ भण्डारमा सरसफाइमा ध्यान दिने, मिठाई झिंगाले नभन्किने गरी जालीले छोप्ने, मिठाईमा रंग बढी प्रयोग भएको देखिएकोले ५ किलो मैदामा १ ग्राममात्र खाद्य रंग प्रयोग गर्न, प्याकेजिंग गुडपाक लगायतका सामानमा खाद्य विभागको अनुज्ञापत्र लिई लेवल राखेर मात्र बिक्रीवितरण गर्न, कामदारलाई माक्स, पञ्जा, हेयरनेट, एप्रोन प्रयोग गराई कार्य गराउन निर्देशन दियो।

मेराज फिस हाउस र न्यु माधब फिस हाउसमा मूल्य सूचि राख्न, ढक तराजु नापतौल विभागमा नविकरण गर्न, फोहर पसल बाहिर बाटोमा फोहर हुने गरी नराख्न र सरसफाईमा ध्यान दिन, कामदारलाई सेतो एप्रोन प्रयोग गर्न निर्देशन दियो। राशन पान पसल दर्ता नविकरण गर्न, गुट्का खैनी लगायतको सामानहरुमा लेवलमा उत्पादन मिति र म्याद नाघेको मिति नभएकोले। त्यस्तै सामान बिक्री वितरण नगर्न निर्देशन दियो।  

त्यस्तै  पुरुषोत्तम शाखकर्मीको किराना पसलमा सामान व्यवस्थित गर्न, नियमित सरसफाई गर्न, म्याद नाघेको सामान अलग स्टोर गर्न र म्याद नाघेको सामान काजु बदाम कुकिज १ पाकेट जफत गरी कार्यालयमा हाजिर हुन निर्देशन दियो। दिनेशलाल कोङाको किरान पसल प्याकेजिग सामानमा खाद्य विभागको अनुज्ञापत्र लिई लेवर राखेर मात्र बिक्रीवितरण गर्न, म्याद नाघेको सामान बिएमसी मसल १ पाकेट र साल्टेड बदाम १८० ग्रामको १ पाकेट जफत गरि नष्ट गरियो।  

प्रकास तरकारी पसल दर्ता नविकरण गर्न निर्देशन दियो। जय माताजी फ्रुड सेन्टरमा म्याद नाघेको रियल जुस १ लिटरको १६ वटा जफत गरी नष्ट गरियो भने म्याद नाघेको सामान नराख्न, तराजु १, २ केजिको ढल २ वटा जफत गरी कार्यालयमा उपस्थित हुन निर्देशन दियो। त्यस्तै दिनेश स्टोर दर्ता नविकरण गर्न, म्याद नाघेको सामान सार्डिनेस माछाको बट्टा ४३ वटा जफत गरि नष्ट गरियो। २ केजि र ५ केजिको ढक जफत गरी कार्यालयमा हाजिर हुन निर्देशन दियो। त्यस्तै निर्वान स्टोर दर्ता नविकरण गर्न, पसल सरसफाई गर्न निर्देशन दिएको वडानिरीक्षक रामकृष्ण प्रजापतिले बताए।  

अनुगमन समितिका सदस्य हरिराम सुवाल, भनपा सेनिटेशका नगर निरीक्षक दिलिपकुमार सुवाल, वडा निरीषक रामकृष्ण प्रजापति, कर शाखाका मोहनदेबी व्यान्जू, महानगरीय प्रहरी प्ररिसरका प्रहरी सहायक निरीक्षक जयराम दुलाल, राष्ट्रिय उपभोक्ता मञ्चका लक्ष्मी भण्डारी, उद्योग बाणिज्य संघका पंचकृष्ण श्रेष्ठ, भक्तपुर घरेलु तथा साना उद्योग संघका कमलश्वरी खर्बुजा, घरेलु तथा साना उद्योग कार्यालयका सिताराम त्वायना सहभागी थिए।
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस