ऐन विपरीत वनको जग्गामा साबुन उद्योग स्थापना गर्ने धरान उपमहानगरको प्रयास
२२ भदौ २०७९
•
३ मिनेट पाठ
ऐन विपरीत वनको जग्गामा साबुन उद्योग स्थापना गर्ने धरान उपमहानगरको प्रयास
साबुन उद्योग स्थापना गर्ने भनिएको जलकन्या सामुदायिक वन क्षेत्रको जग्गा।
धरान उपमहानगरपालिकाले कानुन विपरीत वनको जग्गामा साबुन उद्योग खोल्ने प्रयास गरेको छ।




कार्यपालिका बैठकले साबुन उद्योग खोल्ने निर्णय गरेपनि कुन ठाउँमा खोल्ने भन्ने तोकेको थिएन। ठाउँ स्पष्ट नतोकी कार्यपालिकाले उद्योग खोल्ने निर्णय गरेपछि मेयर हर्क साम्पाङले वडा नं २० स्थित जलकन्या सामुदायिक वन क्षेत्र उद्योग बनाउन अघि सारेका छन्।

सर्दु खोला किनारमा रहेको उक्त वन क्षेत्रमा अतिक्रमणबाट जोगाउन वन कार्यालय, वन समूह र स्थानीयबासीले वृक्षारोपण गरेका थिए। अतिक्रमण भएको टहरा हराएर रोपिएको विरुवाले अहिले सो क्षेत्र हरियाली भएको छ। त्यही क्षेत्रमा समन्वय नगरी उपमहानगरपालिकाले साबुन उद्योग बनाउन लागेपछि वन कार्यालय र उपभोक्ता समुहमा असन्तुष्टी छ।

धरान ८ स्थित तीनकुनेमा नेपाल सरकार मातहतकै औद्योगिक क्षेत्र सञ्चालित छ भने वडा नं ६ स्थित पानवारीमा औद्योगिक ग्रामको योजना पनि छ। तर, उपमहानगरपालिकाले भने यी दुवै क्षेत्रलाई छोडेर वनको जग्गामा उद्योग खोल्न लागेपछि कानुन तगारो बनेको छ।

वन कार्यालय र उपभोक्ता समूहले वन क्षेत्रको जग्गा सरकारबाट भोगाधिकार नपाई स्थानीय तहले जर्बजस्ती उद्योग खोल्न नपाउने प्रष्ट पारेको छ। साथै, आवश्यक प्रक्रिया पूरा गरेर मात्र उद्योग खोल्न वन कार्यालय र उपभोक्ता समुहले उपमहानगरपालिकालाई आग्रहसमेत गरिसकेको छ।

विष्णुपादुका सब डिभिजन कार्यालयका इञ्चार्ज चन्द्रबहादुर बर्मेका अनुसार वन ऐनले वन क्षेत्रको जग्गामा कसैलाई पनि हकभोग गर्न तथा भौतिक संरचनाहरु निर्माण गर्न छुट दिएको छैन। यसको लागि आवश्यक कानुनी प्रक्रिया पूरा गरेर जग्गाको भोगाधिकार स्थानीय तहमा आएपछि मात्र पाउने उनले बताए।

‘विकासमा वन वाधक हुँदैन। उद्योग खोल्दा रोजागरी सृर्जना हुन्छ, विकास हुन्छ, तर वन ऐन विपरीत काम गर्न पनि मिल्दैन,’ उनले भने, ‘स्थानीय सरकार भएपनि आवश्यक कानुनी प्रक्रिया पूरा हुनुपर्छ। हामीले त्यही सुझाव दिएका छौं।’

उपभोक्ता समूहकी अध्यक्ष यमुना राईले पनि साबुन उद्योग आफ्नो ठाउँमा खोल्दा रोजगार सृर्जना हुने भएकोले स्थानीयबासीहरु खुशी भएको बताइन्। तर, कानुनी प्रक्रिया पूरा गरेर मात्र उद्योग खोल्न उनले पनि उपमहानगरपालिकालाई आग्रह गरेकी छिन्।

‘हामी त स्वागत नै गछौं, रोजगारी सृर्जना हुन्छ। कृषिजन्य कुराहरु खपत हुन्छ,’ उनले भनिन्, ‘तर वनको जग्गा भएकोले आवश्यक कानुनी प्रक्रिया पूरा हुनुपर्छ भनेका छौं। भोलीको दिनमा नगरपालिकालाई पनि अफ्ठेरो नपरोस्, हामीलाई पनि नहोस्।’

वन समूहले उपमहानगरपालिकाबाट जग्गा उपलब्ध गराउन माग गरेको पत्र पठाउन सुझाव दिएको छ। उक्त पत्र साधारणसभामा पेश गर्ने र त्यहाँबाट पारित भएपछि मात्र आवश्यक प्रक्रिया अघि बढ्ने अध्यक्ष राईले बताइन्।

‘हाम्रो साधारणसभा हुन लागेको छ। जग्गा माग भएको प्रस्ताव त्यहाँ लैजान्छौं, र पारित भएपछि प्रक्रिया अघि बढ्छ,’ उनले भनिन्, ‘साधारणसभाबाट पारित भएपछि वन डिभिजन, वन विभाग, मन्त्रालयबाट पनि स्वीकृति उहाँहरुले लिनुपर्छ। त्यसको लागि केही ढिला होला, तर कसैलाई अफ्ठेरो नहुने गरी काम होस् भन्ने चाहन्छौं।’

यता, मेयर साम्पाङ भने धरानलाई आत्मनिर्भर र समृद्ध बनाउन उत्पादनमुखी काम गर्न खोज्दा वन कार्यालय र उपभोक्ता समूहले वाधा गरेको भन्दै असन्तुष्ट छन्। उनले आफ्नो आधिकारिक फेसबुक पेजबाट असन्तुष्टी पोखिरहेका छन्।

साथै, उनले यो कार्यमा कसैले भाँजो हालेमा जनता उठाएर ठेगान लगाउने धम्की पनि दिएका छन्। ‘धरानलाई आत्मनिर्भर र समृद्ध बनाउन उत्पादन कार्य गर्न खोज्दा कसैले भाँजो हाल्न खोजे जनता उठाएर ठेगान लगाइदिनेछुँ,’ उनले भनेका छन्।
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
१ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १६ सेकेन्ड अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock १ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock २० मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
यो पनि पढौँ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस