काठमाडौं-नेपालमा उद्योगको ठूलो सम्भावना बोकेको जडीबुडी (हब्र्स एन्ड हर्बल) वार्षिक झन्डै दुई अर्ब रुपैयाँको निर्यात हुने गरेको छ । सरकारी तथ्यांक अनुसार प्रत्येक वर्ष निर्यात बढ्दै जाँदा गत आर्थिक वर्षमा एक अर्ब ७९ करोड ८१ लाख रुपैयाँको निर्यात भएको हो ।प्रत्येक वर्ष जडीबुटी निर्यात बढ्दै गएको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांकअनुसार आर्थिक वर्ष २०६९-०७० मा एक अर्ब ३५ करोड ८४ लाखको विभिन्न जडीबुटी निर्यात भएको थियो । 'आठ अर्बको अन्तरालमा १५ प्रतिशतले निर्यात बढेको छ, नेपाल हब्र्स एन्ड हर्बल प्रोडक्टस् एसोसिएसनका अध्यक्ष गोविन्द घिमिरेले भने, 'नेपाल जडीबुटीको सम्भावना बढ्दै गएको छ ।'
गत आर्थिक वर्षमा मेडिसिनल हब्र्स एक अर्ब ६२ करोड ६१ लाख २१ हजार रुपैयाँ र एसेन्सियल आयल १७ करोड २० लाख रुपैयाँको निर्यात भएको छ । नेपालले जडीबुटी निर्यात गर्ने देशहरूमा भारत, चीन, जापान, अस्ट्रिया, बंगलादेश, फ्रान्स, जर्मनी, अमेरिका, बेल्जियम, बेलायत, क्यानडा लगायत छन् ।
नेपाली जडीबुटीमध्ये गत आर्थिक वर्षमा मेडिसिनल हब्र्स अन्र्तगत सटुवा, यार्चागुम्बा, टिमुर, गुच्ची च्याउ, चिराइतो क्रमशः सबैभन्दा धेरै निर्यात भएका छन् । गत आर्थिक वर्षमा सटुवा ६३ करोड, यार्चा गुम्बा ४२ करोड र गुच्ची च्याउ ४१ करोडभन्दा धेरैकोे निर्यात भएको छ । त्यस्तै एसेन्सियल आयलअन्र्तगत सुन्तला, कागती धेरै निर्यात हुने तथ्यांकमा उल्लेख छ ।
जडीबुटी निर्यात प्रत्येक वर्ष बढ्दै जाँदा नेपालमै यसको उद्योगको ठूलो सम्भावना रहेको व्यवसायीले बताए । अहिले जडीबुटी विदेश निर्यातमात्र भएको छ । यसको व्यापारमात्र गर्नेभन्दा पनि जडीबुटी प्रशोधन नै देशभित्र गर्न सके औद्योगिक वातावरण बन्न सक्ने उनीहरूको भनाइ छ । 'नेपालमा प्रशोधन केन्द्र बनाउन सक्ने हो भने देशको औद्योगिक करण गर्न सघाउ पुग्ने थियो,' घिमिरेले भने, 'अहिलेभन्दा दोब्बर आम्दानी हुने, ठूलो संख्यामा रोजगारीको अवसर पनि सिर्जना हुने थियो ।'
प्रशोधन केन्द्र खोल्न सार्वजनिक निजी साझेदारीमा काम गर्न तयार भएको व्यवसायीले बताए । सरकारले पहल गर्ने हो भने विदेशी लगानी र बजारीकरणको जिम्मा व्यवसायीले गर्ने घिमिरेले बताए । जडीबुटीको व्यवसायको मुख्यतः निर्यातबाटै चलेको छ । देशभित्र १० प्रतिशतमात्र खपत हुने गरेको घिमिरेले बताए ।
जडीबुटी व्यवसायमा नयाँ प्रविधि र अनुसन्धानको आवश्यकता भएको गोविन्दप्रसाद घिमिरेको भनाइ छ । सरकारले व्यवसायलाई फस्टाउने गरी प्रविधि भित्र्याउन सकेको छैन । वनस्पति विभागमा 'एकेडेमिक रिसर्च'बाहेक अरु केही नभएको व्यवसायीले बताए । लगानी गर्न हामी पनि तयार छौं,' घिमिरेले भने, 'संयुक्त लगानीमा व्यवसायलाई सक्षम बनाउन सकिन्छ ।'
प्रविधि भित्र्याउने र ल्याब बनाउन सके जडीबुटीसम्बन्धी धेरै काम नेपालमै हुनेछन् । केही ल्याब परीक्षण गर्नको लागि पनि युरोप पठाउनुपर्ने झन्झट अझै छ । सरकारको ल्याबमा व्यावसायिक काम हुन सक्दैन ।
सधैंभरि प्राकृतिक वन पैदावारको भर नहुने भएकाले खेतीपाती गर्नतिर पनि लाग्नुपर्छ । केही जडीबुटीहरूलाई खेती गरेर उत्पादन गर्न सकिने भएकाले त्यसको लागि सर्टिफाइड बिरुवा, बिउ उपलब्ध गराउनुपर्ने व्यवसायीको भनाइ छ ।
सरकारले देशभरका कुन वनमा कति जडीबुटी छ, यसको तथ्यांक पनि निकाल्नु पर्ने व्यवसायीको माग छ । अहिले केही मात्रामा भए पनि हुनुपर्ने जति भएको छैन । हिमाली र पहाडी जिल्लामा 'सस्टेनेबल हार्भेस्ट' गर्नुपर्ने घिमिरेले बताए ।
जडीबुटी व्यवसायलाई गुणस्तरीय बनाउन र एकरुपता ल्याउन सामूहिक व्यापार चिह्न (कलेक्टिभ ट्रेडमार्क) प्रयोगसमेत गर्न लागेको छन्, व्यवसायीले । जडीबुटी व्यवसायसँग सम्बन्धित व्यवसायीले संयुक्त रुपमा ट्रेडमार्क प्रयोग उद्योग विभागमा गर्न दर्ता प्रक्रिया अघि बढाएका छन् । नेपाल हब्र्स तथा हर्बल उत्पादक संघ, काठमाडौं, नेपाल जडीबुटी व्यवसायी संघ, नेपालगन्ज र जडीबुटी व्यवसायी संघ नेपाल, काठमाडौंले संयुक्त रुपमा लोगो दर्ता गर्न लागेको हुन् ।
कलेक्टिभ ट्रेडमार्क दर्तासँगै संघहरूले यसको प्रयोग सम्बन्धी निर्देशिका समेत बनाउने घिमिरेले जानकारी दिए । निर्देशिका अनुसार ट्रेडमार्कको प्रयोग हुने, अनधिकृत रुपमा नेपाली जडीबुटी भन्दै निर्यात नहुने विश्वास उनले व्यक्त गरे ।
देशभित्र मसला जन्य र औषधिजन्य जडीबुटी ठूलो मात्रामा उत्पादन हँुदै आएको छ । नेपालमा मेडिसिनल प्लान्ट, मेडिसिनल हब्र्स र एसेन्सियल आयल उत्पादन र निर्यात भइरहको छ । मेडिसिनल हब्र्स औषधीको रुपमा प्रयोग हुन्छ भने एसेन्सियल आयल सुगन्धित तेल, कस्मेटिक्स, साबुन, बास्नादार खाना लगायतमा प्रयोग हुँदै आएको छ । व्यवसायीका अनुसार नेपालमा जलस्रोतपछि जडीबुटी व्यवसायको ठूलो सम्भावना छ ।