काठमाडौं- अमेरिकाले दिने भनेको शून्य भन्सार सुविधा नेपाली तयारी पोसाकले नपाउने भएका छन्। तयारी पोसाकसहित विभिन्न ६६ वस्तुलाई भन्साररहित प्रवेश दिने विधेयक पास भएको भनिए पनि सुविधाको सूचीमा तयारी पोसाक नै नरहेको खुलासा भएको हो। तयारी पोसाक नै सुविधामा नपरेपछि नेपालले उक्त सुविधाबाट फाइदा लिने सम्भावना लगभग टरेको छ।'अमेरिकाले दिएको सुविधामा नेपाली तयारी पोसाक परेको छैन,' नेपाल तयारी पोसाक उद्योग संघका अध्यक्ष चण्डी अर्यालले भने, 'जुन चाहिएको थियो त्यो भएन।' यसअघि अमेरिकाले भन्साररहित प्रवेश दिने विधेयकमा तयारी पोसाक पनि रहेको बताइएको थियो।
सर्ट, पाइन्ज, हाफ पाइन्ट लगायत तयारी पोसाकले उक्त सुविधा पाएका छैनन्। जसरी तयारी पोसाकले सुविधा पाए भन्ने सुनिएको थियो त्यो नभएको व्यवसायीको भनाइ छ। हल्ला धेरै तर सुविधा भने कम भएको व्यवसायीले बताए। नेपालस्थित अमेरिकी राजदूतावासले समेत तयारी पोसाकमा सुविधा पाएको जनाए पनि पछि यस विषयमा स्पष्ट जानकारी नदिएको व्यवसायीको भनाइ छ। कतिपय व्यवसायी अमेरिकाले भन्साररहित सुविधा दिएको भनेर झुक्याएको बताउँछन्।
'हामीले दिने यत्ति हो, यसैमा काम गर्नुस्' भनेर अमेरिकी प्रनिनिधिले प्रतिक्रिया दिएको व्यवसायीको भनाइ छ। सुरुमा नेपाललाई दिने भनेर बनाइएको सूचीमा तयारी पोसाक कोड राखिएको थियो। पछि त्यो कोड सूचीबाट निकालिएको अर्यालले बताए।
अमेरिकाले दिएको शून्य भन्सार सुविधामा अहिले घरेलु तथा साना उद्योगमा उत्पादन हुने हातले बुनेका विभिन्न उत्पादनमात्र परेका छन्। जसको निर्यात वार्षिक ९० करोड रुपैयाँ हाराहारीमात्र छ। अमेरिकाले नेपाललाई दिने भनिएका ६६ वटा उत्पादनमा छाला तथा कपडाबाट बनेका विभिन्न उत्पादनहरू परेका छन्। ट्रंक्स, स्विटकेस, भानिटी केस, एट्याच केस, ब्रिफकेस पनि छन्। त्यस्तै, छाला, कटन तथा प्लास्टिकबाट बनेका वस्तुहरूको नाम पनि उल्लेख गरिएको छ।
त्यस्तै रेशम र यसबाट उत्पादन हुने विभिन्न प्रकारका कपडा, शृंगारका वस्तुहरूले शून्य भन्सार सुविधा पाउने देखिन्छ। नेपालको विभिन्न ठाउँमा घरेलु उद्योगअर्न्तगत रेशमको धागो उत्पादन भइरहेको छ।
लेदर र कटनबाट बनेका वस्तुले पनि सुविधा पाउनेछन्। यसमा प्लास्टिक, लेदर, टेक्सटाइलबाट बनेका वस्तु राखेको छ।
यात्रा गर्दा प्रयोग हुने कटनबाट बनेका ट्राभल ब्याग, स्पोर्टस् र यस्तै प्रकारका ब्याग नेपालबाट अमेरिका आयात गर्दा भन्सार लाग्ने छैन। संगीतसम्बन्धी सामग्री पनि सुविधा पाउनेमा परेका छन्। गहना राख्न प्रयोग हुने बक्स र यस्तै प्रकारका अन्य कन्टेनरले पनि सुविधा पाउने छन्।
कटन र लेदरबाट बनेका विभिन्न प्रकारका हाते पन्जा सुविधा पाउने सूचीमा छन्। कार्पेट, हातले बुनेको कार्पेट र भुइँमा विच्छ्याउने अन्य उत्पादनलाई पनि सूचीमा राखेको छ। कटन तथा उलन कपडा, हाते तानबाट बुनेका कपडा, हातले बुनेका अन्य कार्पेट तथा कपडा सूचीमा छन्।
सल, मफलर, स्कार्फलाई शून्य भन्सार सुविधा दिने निर्णय छ। उलनबाट बनेका कपडा, जनावरका भुवा, हाते पञ्जा, अप्राकृतिक फाइबर ब्लांकेट तथा ओड्ने कपडाले पनि सुविधा पाउँछन्। त्यस्तै, महिलाले टाउकोमा लगाउने हेडब्यान्ड, सियोले बुनेका, हातबाट बनाइएका घरेलु उत्पादनहरू समावेश गरिएको छ।
टाउकोमा लगाउने विभिन्न प्रकारका टोपी, ह्याट्स र हेडगियर्सले पनि सुविधा पाउने छन्। फेल्ट ह्याट्स, फेल्ट हेडगियर, हातले बुनेका कटनबाट बनाइएका उत्पादन पनि सुविधा पाउनेमा छन्।