काठमाडौं- आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्डले 'घुमफिर वर्ष २०७३' सुरु गरेको छ। आन्तरिक पर्यटनका लागि सम्बोधन गरिएको यो नै पहिलो राष्ट्रिय कार्यक्रम हो। यसअघि सन् १९९८ मा नेपाल भ्रमण वर्ष र सन् २०११ मा नेपाल पर्यटन वर्ष मनाइएको थियो।'नयाँ वर्ष घुमफिर र हर्ष' नारासाथ बोर्डमा सोमबार आयोजित कार्यक्रममा पर्यटनकर्मी अम्बिका श्रेष्ठले नयाँ वर्षमा खप्तड जाने प्रतिबद्धता जनाउँदै नेपालको नक्सामा 'खप्तड' लेखेपछि अभियान सुरु भएको घोषणा गरियो।
त्यसलगत्तै पर्यटनमा ख्याति कमाएका विभिन्न व्यक्तिले नयाँ वर्षमा आफूले घुम्न चाहेको ठाउँ नेपालको नक्सामा लेखे। टे्रकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान) का अध्यक्ष चन्द्र रिजालले गणेश हिमाल, फोटोपत्रकार मीनरत्न बज्राचार्यले लोमन्थाङ, हिमालयन म्याप हाउसका पवन शाक्यले बर्दिया, बिक्रम पाण्डेले लुम्बिनी, सभासद रामेश्वर फुयादले मणिचूड, बोर्डका सिइओ दिपकराज जोशीले जनकपुर र इलाम, हरिसिंह गुरुङले तनहुँसुर, गगनराज न्यौपानेले रसुवा, बैकुण्ठ मानन्धरले बडिमालिका, सुरेन्द्र रानाले धौलागिरि सेन्चुरी पदमार्ग घुम्ने प्रतिबद्धता जनाए।
वैशाख १२ को भुइँचालोबाट थलिएको पर्यटन उद्योगलाई राहत पुर्यारउन आन्तरिक पर्यटन कोसेढुंगा हुने भन्दै बोर्डले नयाँ अभियान ल्याएको हो। बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीका अनुसार २०७३ सालमा आन्तरिक पर्यटन विकास गर्न विभिन्न कार्यक्रम गरिने छ। घुम्न प्रेरित गर्ने खालको वातावरण तयार पारिने छ।
कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले 'नेपालीले नै पहिला नेपाल चिन्नुपर्ने' बताइन्। 'हामी हाम्रो देश घुमौं अनि पो विदेशीलाई राम्रोसँग चिनाउन सक्छौं,' उनले भनिन्। सो अवसरमा पर्यटन मन्त्रालयका सहसचिव डुण्डुराज घिमिरे, सभासद रामेश्वर फुयाल, बोर्डका सदस्य राजेन्द्र सापकोटा लगायतले आन्तरिक पर्यटन बलियो नभई बाह्य पर्यटनको आधारशिला बलियो नहुने बताए।