इलाम- उत्पादनको दुई सातामै हरियो चियापत्तीको मूल्य आधामा झरेको छ। कारखानाहरूले चियाको मूल्य आधामा सीमित गरेपछि किसान चिन्तित छन्। सधैं चैत पहिलो साता नै टीपाइ सुरु हुने हरियो चिया यो वर्ष १५ दिनपछि मात्रै भयो।करिब ६ महिना वर्षा नहुँदा उत्पादन पनि आधा नै घटेको चियाको मूल्य नपाउँदा किसान समस्यामा छन्। किसानले फस्ट फ्लस (पहिलो टीपाइ)को हरियोपत्ती कारखानालाई प्रतिकिलो ४० देखि ४५ रुपैयाँसम्ममा बेचेका थिए। अहिले त्यही पत्तीको मूल्य प्रतिकिलो २० देखि ३० रुपैयाँ छ। श्रीअन्तुका किसान बैकुण्ठ घिमिरेले दुई सातामै आधा मूल्य घटेकाले चियाबाट यो वर्ष श्रमअनुसार आम्दानी गर्न मुस्किल पर्ने बताए। 'गत वर्ष यो सिजनमा हरियो चियाको मूल्य २५ देखि ३५ रुपैयाँ थियो,' उनले भने, 'यो वर्ष सुरुमै राम्रो मूल्य पाइएन।' उनले वर्खा लागेपछि अझ मूल्य घट्ने सम्भावना भएकाले चियाबाट राम्रो आम्दानी नहुने देखिएको बताए।
सातामा १० हजार किलो हरियो पत्ती बेच्ने सोयाङका किसान याम ढकालले पनि छोटो समयमा चियाको मूल्य ह्वात्तै घटेको बताए। गत वर्षको यो सिजनमा ३४ देखि ३९ रुपैयाँ प्रतिकिलोमा हरियो पत्ती बेचेका उनले यो वर्ष २० देखि ३० रुपैयाँमा मात्रै बेच्नुपरेको सुनाए। 'यो वर्ष पानी नपरेर पत्ती नै ढिलो पलायो, ढिलो पलाउँदा परिमाण पनि कम नै हुन्छ,' उनले भने, 'चियाबाट गतवर्षभन्दा आधाजति मात्रै उत्पादन र आम्दानी हुने अनुमान गरेको छु।'
कारखानाले हरियो पत्तीलाई दुई श्रेणीमा गुणस्तर कायम गरेका छन्। किसानले टीपेर कारखाना पुर्यानएको सालाखाला हरियो पत्तीको ५० ग्राम तौल गरिन्छ। त्यसमध्ये दुई पात एक सुइरो भएको पत्ती २५ ग्राम पुग्यो भने 'ए' र पुगेन भने सबै पत्तीलाई 'बी' श्रेणीमा राखिन्छ। पहिलो श्रेणीको पत्ती ३० र दोस्रो श्रेणीको पत्ती प्रतिकिलो २० रुपैयाँमा बिक्री भइरहेको छ। वर्षा लागेपछि हरियो पत्तीको मूल्य अझ घट्ने सम्भावना हुन्छ। पानी बढी हुने भएकाले हरियो चियामा त्यतिबेला गुणस्तर र मात्रा कम हुन्छ।
कारखानाहरूले हरेक वर्ष अन्य कारखानाभन्दा प्रतिकिलो हरियो पत्तीमा १–२ रुपैयाँ बढी दिएर किसान आकर्षित गर्छन्। केही समयपछि ह्वात्तै मूल्य घटाउँदा किसानलाई घाटा हुन्छ। त्यसैले, किसानहरू प्रायः आफूले हरियो चिया बेच्ने कारखाना फेरिरहन बाध्य छन्। 'पोहोर जस्बिरेको गुराँसे चिया कारखानामा सबैजसो हरियो पत्ती बेचियो, यो वर्ष पनि सुरुमा केही दिन त्यतै बेचियो,' किसान ढकालले भने, 'अहिले भने प्रेमेजुङको एक सहकारीलाई बेच्दैछौं।' उनका अनुसार उद्योगहरू किसानभन्दा नाफाप्रिय हुने गरेकाले किसानले दुःख झेल्नुपरेको छ।
सरकारले लिजमा दिएका चिया बगान र कारखानामध्ये कन्याम चिया कारखानाले अहिले किसानबाट दिनहुँ दुई हजार किलोभन्दा बढी हरियो पत्ती खरिद गरिरहेको छ। नजिकैका निजी कारखानाले फस्ट फ्लसमा प्रतिकिलो ४५ रुपैयाँले हरियो चिया खरिद गरेपनि लिजमा रहेका कारखानाले पाँच रुपैयाँ कम दिएका थिए। कारखानाले फस्ट फ्लसभन्दा सेकेन्ड फ्लसमा हरियो चियाको गुणस्तर निकै घट्ने भएकाले मूल्य पनि घटाएको बताएको छ। प्रबन्धक रजनिस मुदालियारले पहिलो टीपाइपछि बाँझी बसेको मुनामा गुणस्तर कम हुने बताए। 'बाँझी पत्तीमा गुणस्तर कम हुने भएकाले तयारी चियाको गुणस्तर पनि कम हुन्छ,' उनले भने। कारखानामा अहिले आफ्नो र किसानको गरी दिनहुँ साढे तीन हजार किलो चिया प्रशोधन भइरहेको छ। यो कारखानामा गतवर्ष साढे ३ लाख किलो तयारी चिया उत्पादन भएको थियो।
त्रिवेणी समूहले इलाम र झापाका सात बगान र पाँच कारखाना ५० वर्षका लागि लिजमा लिएको थियो। यी कारखानाले नजिकैका किसानले उत्पादन गरेको हरियो पत्ती पनि किनेर प्रशोधन गर्छन्। इलाम, कन्याम, सोक्तिम, चिलिमकोट, बर्ने, टोकला र बारादसी चिया बगानमध्ये झापाका बर्ने र बारादसीमा काराखाना छैनन्। झापाका किसानको चिया खरिद गरी प्रशोधन गर्ने टोकला चिया कारखानाले सबै सिजनको हरियो चिया प्रतिकिलो १६ रुपैयाँमा खरिद गर्ने सम्झौता गरिसकेको नेपाल चिया विकास निगमको बिर्तामोडस्थित कार्यालय प्रमुख लोकनाथ दंगालले बताए। झापाका कारखानामा क्रस टीएर कर्ल (सिटीसी) चिया बढी उत्पादन हुन्छ। सिटीसीका लागि अर्थाेडक्स उत्पादनजस्तो उच्च गुणस्तरको हरियो पत्ती चाहिँदैन। इलामको निम्नस्तरको हरियो चिया पनि किसानले झापाका सिटीसी उत्पादक कारखानालाई सस्तो मूल्यमा बेच्ने गरेका छन्।
दिनहुँ करिब १२ हजार किलो हरियोपत्ती प्रशोधन गरिरहेको सूर्याेदय नगरपालिकास्थित इलाम टी प्रोड्युसर्स प्रालिले पनि हरियोपत्तीको गुणस्तर कम हुने भएकाले मूल्य घटाउनुपरेको बताएको छ। प्रबन्धक ओम काफ्लेले पत्तीको गुणस्तर हेरेर मूल्य निर्धारण हुनेगरेको बताए। तर, कारखानाहरूले पछिल्लो समय किसानले रासायनिक मल र विषादी कम गर्दै गएकाले चियाको गुणस्तर पनि सुध्रँदै गएको बताएका छन्।
अर्गानिक चिया उत्पादक कारखानाले भने यो वर्ष विगतको जस्तै मूल्य कायम राखेका छन्। अर्गानिक कारखानाले वर्षभर एउटै मूल्य कायम राख्ने पनि बताएका छन्। अर्गानिक अर्थाेडक्स चिया उत्पादक साखेजुङस्थित हिमालयन संाग्रिला टी प्रोड्युसर्स प्रालिले एक पात एक सुइरोको मूल्य प्रतिकिलो दुई सय ८० रुपैयाँ राखेको छ। अन्य पत्तीको प्रतिकिलो ५३ रुपैयाँ छ। अर्गानिक चिया नै उत्पादन गर्ने फिक्कलको गोर्खा टी स्टेटले बर्सेनि प्रतिकिलो ७० रुपैयाँ हाराहारीको मूल्य दिने गरेको छ। तेस्रो मुलुकको माग हेरेर यहाँको मूल्य निर्धारण हुने हिमालयनका प्रबन्धक आरसी नेपालले बताए।