काठमाडौं–नेपाल राष्ट्र बैंकले 'राष्ट्रिय पूर्वाधार बैंक'लाई अनुमति दिन आवश्यक नीति बनाउन कार्यदल गठन गरेको छ । जलविद्युत, सडक तथा अन्य ठूला पूर्वाधार आयोजनामा लगानी गर्ने उद्देश्यले बैंक गठनको तयारी भइरहेको छ।बैंकिङ क्षेत्रले जलविद्युत क्षेत्रमा लगानीको दायरा बढाउँदै आए पनि पूर्वाधार क्षेत्रलाई लक्ष्य गरी लगानी गर्ने निकाय नभएकाले बैंक स्थापनाको तयारी भइरहेको राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले बताए । 'राष्ट्रियस्तरको पूर्वाधार बैंक स्थापना गर्न अनुमति दिने सम्बन्धमा विशेष कार्यदल गठन भएको छ,' उनले भने, 'कार्यदलले उचित नीतिको व्यवस्था गरेपछि थप प्रक्रिया अघि बढ्छ ।'
निजी वित्तीय क्षेत्रको प्रयासमा २–३ वर्षअघि नै यस्तो बैंक स्थापना गर्न पहल गरिएको थियो । यसमा सरकारको पनि लगानी रहने गरी बृहत छलफल भएको थियो तर प्राविधिक कारणले उक्त काम बीचमै रोकियो । सरकारले अहिले आफ्नै प्रयासमा बैंक स्थापनाको प्रक्रिया सुरु गरेको छ ।
गभर्नरले बैंक स्थापनाको प्रक्रिया अघि बढाएको जानकारी दिए पनि त्यहीँका केही अधिकारी भने यसको विरोधमा छन् । 'राष्ट्र बैंकको नभएर यो गभर्नरको मात्र योजना हो, राष्ट्र बैंक स्रोतले भन्यो, '२–३ वर्षदेखि स्थापना गर्ने भन्ने कुरामात्र भइरहेको छ, काम भएको छैन । राष्ट्र बैंकको अहिलेकै कार्यशैलीले पूर्वाधार बैंक स्थापना हुँदैन ।'
सरकारले चालु आर्थिक वर्षको बजेटमा समेत पूर्वाधार क्षेत्रमा लगानी गर्न छुट्टै बैंक स्थापना गर्ने घोषणा गरेको थियो । सरकारकै घोषणाअनुसार काम अघि बढिरहेको राष्ट्र बैंकका केही अधिकारी बताउँछन् । 'सस्तो कुरा बोलेर हुँदैन, काम गर्न सक्नुपर्छ,' एक अधिकारीले भने, 'मौद्रिक नीति र बजेटमा समेटिए पनि कार्यान्वयन हुन सकेको छैन ।'
सरकारले विगतदेखि आयात–निर्यात (एक्जिम) बैंक, श्रम बैंक खोल्ने घोषणा गर्दै आएको छ तर व्यवहारमा लागू भएको छैन । आर्थिक पुनस्र्थापना कोष स्थापना भए पनि यो अहिले अलपत्र रहेको राष्ट्र बैंकका अधिकारी बताउँछन् । गठन भएको निकाय नै पूर्ण सञ्चालनमा आउन नसकेको बेला पूर्वाधार बैंक आउने सम्भावना नरहेको एक अधिकारीले दाबी गरे ।
बैंक स्थापनाका विषयमा राष्ट्र बैंकभित्र मतभेद देखिए पनि ठूला आयोजनामा लगानी गर्न अहिलेसम्म कुनै निकाय गठन भएको छैन । सरकारले २०६८ सालमा जलविद्युत आयोजनामा लगानी गर्ने उद्देश्यले जलविद्युत लगानी तथा विकास कम्पनी खोलेको थियो । तर, कम्पनीले अहिलेसम्म कुनै ठूला आयोजनामा लगानी गर्न सकेको छैन ।
पाँच सय मेगावाटभन्दा ठूला जलविद्युत आयोजना र पाँच अर्बभन्दा बढी लगानी हुने पूर्वाधार आयोजनामा लगानी जुटाउने जिम्मा लगानी बोर्डलाई दिइएको छ । यद्यपि, पूर्वाधार आयोजनाकै लागि लगानी छुट्ट्याउने उद्देश्यले बैंक स्थापना हुँदा आयोजनाका लागि वित्तीय स्रोत जुटाउन सजिलो हुने राष्ट्र बैंककै अधिकारी बताउँछन् ।
चीनको अगुवाइमा स्थापना भएको एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी) मा भने नेपालले लगानी गरिसकेको छ । नेपालमा पनि छुट्टै पूर्वाधार बैंक खुल्दा एआइआइबीसँग सहकार्य गरेर आयोजनामा लगानी बढाउन सकिनेमा राष्ट्र बैंकका अधिकारी विश्वस्त देखिन्छन् । अनुमति दिने कानुन बनेर बैंक स्थापना हुन भने केही समय लाग्ने अधिकारीहरुको भनाइ छ ।