२४ करोडका खाद्य परीक्षण भ्यान चार वर्षदेखि अलपत्र
०९ असोज २०७९
•
४ मिनेट पाठ
२४ करोडका खाद्य परीक्षण भ्यान चार वर्षदेखि अलपत्र
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग परिसरमा थन्काइएका मोबाइल भ्यान। तस्बिर: नागरिक
गाडीको रङ फुंग उडेको छ। टायरमा झार उम्रिएको छ। ब्याट्री बिग्रिएका छन्। कसैबाट संरक्षण र हेरचाह पनि भइरहेको छैन। चार वर्षअघि नयाँ किनेर ल्याएपछि ती गाडी जहाँ राखिएका थिए, अहिलेसम्म त्यहीं छन्। ती चारवटा गाडी (भ्यान) घामपानी, हिउँदवर्षा जतिबेला पनि खुला आकाशमुनि छन्। एउटै भ्यानको मूल्य त्यसमा जडित उपकरणसहित करिब ६ करोड रूपैयाँ पर्छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको परिसरमा प्रवेश गर्ने जोकोहीले पनि ती भ्यान देख्न सक्छन्।




बजारमा मानव स्वास्थ्यमा असर पार्ने गुणस्तरहीन खाद्यवस्तुको बिगबिगी बढेपछि सरकारले त्यस्ता वस्तुको गुणस्तर परीक्षणका लागि प्रयोगशालासहितका ती मोबाइल भ्यान किनेको थियो। बजारमा अखाद्य वस्तुको बिगबिगी छ तर खाद्यवस्तुको गुणस्तर परीक्षण गर्न ल्याइएका ती चार भ्यान भने चार वर्षदेखि थन्किएका छन्। झन्डै २४ करोड रुपैयाँ खर्चेर किनिएका ती भ्यान सरकारी निकायको उदासीनताका कारण प्रयोगविहीन अवस्थामा छन्। खाद्य प्रविधि विभागमा ती भ्यान अलपत्र परेका छन्। भ्यान खरिद प्रक्रियामा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभागका तत्कालीन महानिर्देशक सञ्जीवकुमार कर्णसहित पाँच कर्मचारी, बिक्रेता र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका सात कर्मचारीसहित एक दर्जन बढीलाई भ्रष्टाचारको मुद्दा लागेको थियो। मुद्दा दायर भएपछि ती भ्यान चलाउन कसैले चासो दिएका छैनन्।

सम्बन्धित निकायको बेवास्ताले भ्यान अलपत्र परेको उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिनाले बताए। राज्यको करोडौं लगानी गरेका यस्ता उपकरण तुरुन्त प्रयोगमा ल्याउनुपर्नेमा उनले जोड दिए। ‘उपभोक्ताको हितमा प्रयोग गर्न ल्याइएका भ्यान लामो समय थन्काइनु दुःखद पक्ष हो,’ उनले भने, ‘खाद्य परीक्षण गर्ने ती घुम्ती भ्यान तुरुन्त सञ्चालनमा ल्याइनुपर्छ।’ सरकारी अधिकारीहरू उपभोक्ताप्रति जवाफदेही बन्नसपर्नेमा उनले जोड दिए । ‘चाडपर्वको पूर्वसन्ध्यामा भ्यान चलाउन सके गुणस्तरहीन वस्तु बिक्री गर्ने पनि सचेत हुन्छन्,’ उनले भने। भ्रष्टाचारको मुद्दा लागेका तत्कालीन महानिर्देशक कर्णसहित सबै कर्मचारीले सफाइ पाइसकेपछि पनि भ्यान प्रयोगमा ल्याइएका छैनन्।

विशेष अदालतले गत वैशाखमा सफाइ दिँदै भ्यानहरू तीन महिनाभित्र सञ्चालन गरेर प्रगति विवरण पठाउन निर्देशनात्मक आदेश दिएको थियो। चार वर्षसम्म अदालतमा विचाराधीन मुद्दा भएको भन्दै भ्यान नचलाए पनि अब तत्काल सञ्चालनमा ल्याउनुपर्ने सरोकारवालाको माग छ।

अहिले मुद्दाको किनारा लागेपछि पनि भ्यान प्रयोगमा ल्याउन सम्बन्धित पक्षको सक्रियता देखिएको छैन। सरकारी अधिकारीले बजार अनुगमनमा जाँदा दैनिक उपभोग्य वस्तुको स्थलगत रूपमा नै नमुना संकलन गरेर परीक्षण गर्ने उद्देश्यले प्रयोगशालासहितका भ्यान खरिद गरिएको हो। विगतमा मुद्दा परेका कारण रोकिएको भए पनि अहिले मुद्दाको पूर्ण फैसला नआएका कारण रोकिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले बताए। ‘अदालतको पूर्ण फैसला आएपछि भ्यान चलाउन बाटो खुल्छ,’ उनले भने, ‘पहिला मुद्दा परेकाले चलाउने आँटै भएन। अब सञ्चालन गर्ने योजनामा छौं।’

उपभोक्ताको हितमा प्रयोग गर्न ल्याइएका भ्यान लामो समय थन्काइनु दुःखद पक्ष हो। खाद्य परीक्षण गर्ने ती घुम्ती भ्यान तुरुन्त सञ्चालनमा ल्याइनुपर्छ। सरकारी अधिकारीहरू उपभोक्ताप्रति जवाफदेही बन्नुपर्छ । – माधव तिमल्सिना उपभोक्ता अधिकारकर्मी

विभागले भ्यान आर्थिक वर्ष २०७४/७५ मा खरिद गरेको थियो। ती भ्यान इटालीबाट ल्याइएका हुन्। चारमध्ये दुई भ्यान विभागको नियमित कार्यक्रमअन्तर्गत र दुई भ्यान प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट खरिद गरिएको थियो। उपत्यकासहित विराटनगर, धनगढी, भैरहवा पठाएर सञ्चालनमा ल्याउने सरकारी योजना हो। भ्यान युरोपियन स्ट्यान्डर्डका आधुनिक भएको विभागको दाबी छ। भ्यानमा उच्च प्रविधिका प्रयोगशाला छन्। ‘प्राविधिक विषय भ्यानका बिक्रेताले सिकाउनुपर्ने पनि छ,’ उनले भने, ‘सबै कानुनी प्रक्रिया पूरा भएपछि सञ्चालनमा ल्याउँछौं।’ भ्यानमा सुरक्षित खानाका पाँच सन्देश पनि लेखिएको छ। भ्यान लिएर अनुगमनमा जाँदा उपभोक्तामा चेतना जगाउन पनि सघाउन पुग्ने प्रवक्ता महर्जनले बताए। ‘परीक्षण मात्र नभएर उपभोक्तामा सचेतना जगाउनुपर्ने छ,’ महर्जनले भने, ‘भ्यान चलाउँदा त्यसमा पनि सहयोग पुग्छ।’

भ्यान सञ्चालन नहुँदा खाद्य वस्तुको गुणस्तर परीक्षण ‘अन द स्पट’ (ठाउँको ठाउँ) गर्ने सरकारी योजनाले पूर्णता पाउन सकेको छैन। बजारमा देखिएको बेथिति नियन्त्रण गर्न अखाद्य वस्तुको स्थलगत गुणस्तर परीक्षण गर्न घुम्ती भ्यान ल्याइएको हो। बजार अनुगमन गर्दा खाद्य वस्तुको गुणस्तर ठिक–बेठिक छुट्टयाउन घुम्ती ल्याबसहितको भ्यान प्रयोगमा ल्याउन खोजिएको हो। होटल तथा रेस्टुरेन्टका खाना, खाजा, दुध, मिठाई, तेल, घिउ, पानी, मासु, तरकारी, फलफूललगायत खाद्य वस्तु, तिनमा प्रयोग हुने रङको नमुना संकलन गरेर तत्कालै ल्याब परीक्षण गर्न सकिन्छ।

खाद्य वस्तुमा भएको विषादी, रसायन घुम्ती ल्याबमा परीक्षण हुन्छ। खाद्यवस्तु गुणस्तरीय (खानयोग्य) भएनभएको तुरुन्त पत्ता लगाउन सक्ने उपकरणसहितका भ्यानमा जडान गरिएको छ। घुम्ती ल्याबमा परीक्षण गरेर नतिजाको आधार उपभोक्ता ठग्नेलाई तत्काल कारबाही गर्ने सरकारी लक्ष्य छ।’ खाद्य वस्तुमा हुनुपर्ने मात्रा भए/नभएको पत्ता लाग्ने भएकाले उपभोक्तामा सचेतना जगाउन पनि सजिलो हुन्छ।

यसबाट उपभोक्ता ठगिइरहेका बेला अनुगमन गरेर तत्काल कारबाही गर्न सहयोग पुग्नेछ। बजारमा गुणस्तरहीन वस्तु बिक्री भएको गुनासो आइरहेको बेला प्रभावकारी सघन अनुगमन गरेर छिटोछरितो नतिजा सजिलो हुने विश्वास गरिएको छ। गुणस्तर मापदण्डका आधारमा हरेक खाद्य वस्तुको परीक्षण हुन्छ। यसले दूषित खाद्य पदार्थ उत्पादन, बिक्री, वितरण, निकासी वा पैठारी गर्नेलाई कानुनी दायरामा ल्याउन सहज हुन्छ।
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
४ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
यो पनि पढौँ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस