४३ औं विश्व पर्यटन दिवस सम्पन्न
१२ असोज २०७९
•
४ मिनेट पाठ
४३ औं विश्व पर्यटन दिवस सम्पन्न
‘रिथिङ्किङ टुरिजम’ भन्ने नाराका साथ ४३ औं विश्व पर्यटन दिवस – २०२२ सम्पन्न भएको छ। विश्व पर्यटन दिवसको अवसरमा नेपाल सरकार तथा पर्यटन क्षेत्रसँग सम्बन्धित सरोकारवाला संस्थाहरूले विभिन्न कार्यक्रमहरू गरेर धुमधामका साथ मनाएको छ।  




यसैक्रममा पर्यटन बोर्डले स्थानीय समुदाय र पर्यटन सरोकारवालाहरूसँगको समन्वयमा कागेश्वरी गागलफेदीमा वृक्षारोपण कार्यक्रम गरेको छ। यसले हरित पर्यायवरण मैत्री र समुदायमा आधारित पर्यटनतर्फ अघि बढ्नको लागि वातावरण संरक्षण र समुदायसँग मिलेका काम गर्न महत्वपूर्ण भूमिका खेल्ने पर्यटन बोर्डको बरिष्ठ प्रबन्धक सुनिल शर्माले बताए।

यस्तै नेपाल पर्यटन बोर्ड र ट्रेकिङ एजेन्सी एसोसियसन अफ नेपाल (टान) ले हिमालयन एयरलाइन्सबाट पहिलो उडानमा आएका पर्यटकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेको छ। पर्यटन बोर्ड र ठमेल पर्यटन विकास परिषद्ले ठमेलको त्रिदेवीमार्गदेखि नगरक्षेत्रसम्म प्रभातफेरि कार्यक्रम गरेको छ।  

नेपाल उद्योग परिसंघद्वारा आयोजित कार्यक्रममा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले विदेशी मुद्रा आर्जनको महत्वपूर्ण स्रोत पर्यटन क्षेत्र भएको बताउँदै दिगो र भरपर्दो स्रोत भएको पर्यटन उद्योगको प्रवद्र्धन र विकासलाई प्राथमिकता दिनुपर्ने बताए। उनले रोजगारीका लागि विदेशिन बाध्य जनशक्तिलाई नेपालमै सम्मानजनक र राम्रो अयसहितको रोजगारी दिलाउन पनि पर्यटन क्षेत्रको उन्नत विकासले महत्वपूर्ण भूमिका खेल्ने बताए।  

यसका साथै पोखरा भित्रिने विदेशी पर्यटकलाई विमानस्थल र बसपार्कमा स्वागत गरिएको छ। पहिलो उडानमार्फत पोखरा विमानस्थलमा ओर्लेका पर्यटकलाई विमानस्थलमा र स्थलमार्गबाट भित्रिएका पाहुनालाई पोखरा पर्यटन परिषद् (पिटिसी) ले स्वागत गरेको हो।  

विश्व पर्यटन दिवसलाई मनाउने क्रममा जनकपुरमा पनि पर्यटन बोर्डको सहकार्यमा सोसाइटी अफ ट्राभल एण्ड टुर अपरेटर्स नेपालले प्रभात फेरि कार्यक्रम गरेको छ। अन्य विभिन्न स्थानहरू पनि पर्यटन बोर्ड र सम्बन्धित सरोकारवाला निकायहरूले कार्यक्रमहरू गरेर यस वर्षको विश्व पर्यटन दिवश मनाएका छन्।पर्यटन बोर्डको वरिष्ठ प्रबन्धक शर्माले सदस्य राष्ट्रहरूबीच धेरै छलफल पश्चात्  विश्व पर्यटन संगठनले विश्व पर्यटन दिवसको मुख्य नारा ‘पर्यटन पुनर्विचार’ राखेर भविष्यमा  केन्द्रित हुँदै पर्यटनबाट पीडित लाखौंलाई आशा र अवसर दिएको बताए। उनले कोभिड–१९ को प्रभाव र यात्रा र पर्यटनको भविष्यबारे विश्वभर भइरहेको अध्ययनले कोभिड–१९ पछिको युगमा यात्रा र पर्यटन उपभोगको ढाँचा परिवर्तन हुनसक्ने उल्लेख गरे।

उनले नेपालले पर्यटन क्षेत्रलाई अगाडि बढाउन युनेस्कोको अमूर्त सांस्कृतिक सम्पदामा सूचीकरणको लागि युनेस्कोसँग सम्पर्क गर्न आवश्यक भएको उल्लेख गर्दै यसले देशको सांस्कृतिक मूल्यहरूलाई विश्वव्यापी महत्व दिने बताए। आफ्नो अनुपम संस्कृति बोकेको नेपालले यसको महत्वलाई बुझेर अमूर्त सांस्कृतिक सम्पदाहरूको माध्यमबाट नेपाललाई विश्वमा जोडेर हेर्नुपर्ने आजको आवश्यकता भएको बताउँदै उनले भने– ‘गाई जात्रा र इन्द्र जात्राले धेरै भार बोकेको छ र बाँकी विश्वसँग पुनः जडान हुने ठूलो सम्भावना छ।’

यस्तै वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद दाहलले कोभिडले थला परेको पर्यटन क्षेत्रलाई रसिया–युक्रेन युद्धले थप ग्रस्त बनाएको बताए। उनले सरकार पर्यटन क्षेत्रको नीतिप्रति स्थिर र उदार हुनुपर्ने बताउँदै ट्राभल एड्भाइजरी जारी गर्नुपर्ने उल्लेख गरे। उनले भने– ‘सरकारको नीति स्थिर हुनुपर्‍र्यो एउटा सरकारको नीति नियम अर्को सरकार आउँदा परिवर्तन भइसक्छ। दीर्घकालीन र समयसापेक्ष नीतिमा कसैको हस्तक्षेप हुनु भएन, नत्र त कसरी समग्र पर्यटन क्षेत्रको पुनरउत्थान गर्न सकिन्छ।  

टानले मुख्यतया पर्यटन गतिविधिहरू गर्ने, पर्यटन क्षेत्रको बजारीकरण गर्ने, नयाँ नयाँ गन्तव्य पत्ता लगाइ त्यसको प्रचारप्रसार गर्ने, पर्यटकीय गन्तव्यलाई सहजीकरण गर्ने, पर्यटन प्रवद्र्धन र विकास, समग्र पर्यटन क्षेत्र तथा व्यसायीहरू सुरक्षा, सुविधा तथा हितको लागि लागि सरकारसँग पहल गर्नेजस्ता कार्यहरू गर्छ। बरिष्ठ उपाध्यक्ष दाहलले हाल विविध समस्याहरूले गर्दा टानले पर्यटन प्रबद्र्धन र विकासको लागि जति गर्नुपर्ने हो त्यति भने नगरेको स्वीकार्दै अब उपरान्त पर्यटन संकटको अवस्थालाई मध्यनजर गर्दै टानले यस क्षेत्रको प्रबद्र्धन र बजारीकरणमा कुनै पनि कसर बाँकी नराख्ने बताए।  

यसका साथै उनले आगामी नोभेम्बरमा कतारमा हुनलागेको विश्वकप फुटबलमा आउने विश्वव्यापी दर्शकहरूलाई नेपाल ल्याउन सरकारले कसरत गर्नुपर्ने जनाउँदै यसका लागि सरकारले कतार बेस भएर उडान गर्नुपर्ने विचार व्यक्त गरे। उनले भने ‘क्यानले नेपाल सरकारको ध्वजाबाहक जहाजलाई विश्वकपको  

माहोलमा दिनको दुई पटक कतार–नेपाल उडान गर्नुपर्छ यसको लागि गर्नुपर्ने व्यवस्थाको सम्बन्ध सबैले पहल गर्नुपर्छ। यसो गर्न सकेको खण्डमा तत्कालीन समयमा नेपालमा उल्लेख्य पर्यटक भित्र्याउन सकिन्छ।’
अर्को समाचार
सन्दर्भ विश्व पर्यटन दिवसः रिञ्जे नासामा घरबास प्रवर्द्धन
११ असोज २०८१
•
३ मिनेट पाठ
सन्दर्भ विश्व पर्यटन दिवसः रिञ्जे नासामा घरबास प्रवर्द्धन
फाइल तस्बिर
ढुङ्गाले छाएका प्राचीन मौलिकताले सजिएका घरसँगै गाउँटोलको बाटो ढुङ्गैढुङ्गाले छपक्कै छापिएको छ । यहाँबाट आसपासका क्षेत्रमा देखिने दृश्यले जो कोही लोभिने गरेका छन्।




पोखरा महानगरपालिका–१६ स्थित रिञ्जे नासा गाउँ यतिखेर घरबास पर्यटनको पुग्नैपर्ने गन्तव्यका रुपमा विकास हुँदै गएको छ ।

आज शुक्रबार विश्वभर ४५औँ विश्व पर्यटन दिवस मनाइरहँदा गाउँ पर्यटन प्रवर्द्धन मञ्च(भिटोफ)गण्डकी प्रदेशले यही पर्यटकीय गाउँ रिञ्जे नासामा घरबास प्रवर्द्धन कार्यक्रम सम्पन्न गरेको छ । उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश तथा पोखरा महानगरपालिकाको सहयोग एवं पोखरा पर्यटन परिषद्को समन्वयमा आयोजित कार्यक्रमको नेपाल पर्यटन बोर्डले प्रवर्द्धन गरेको थियो ।

‘हरेक गाउँ पर्यटकीय ठाउँ’ भन्ने नाराका साथ गण्डकी प्रदेशका पर्यटकीय गाउँहरूको प्रवर्द्धन गर्ने उद्देश्यले मञ्चले विश्व पर्यटन दिवसका अवसरमा रिञ्जे नासालाई छनोट गरेको भिटोफ गण्डकी प्रदेशका अध्यक्ष शोभा सापकोटाले जानकारी दिइन ।

रमणीय परिवेशको सुन्दर गाउँ भएर पनि बस्ती शून्य बन्दै गएको अवस्थालाई दृष्टिगत गरी रिञ्जे नासामा घरबास कार्यक्रम सुरु गरिएको रिञ्जे नासा सामुदायिक होमस्टेका अध्यक्ष शमशेर गुरुङले बताए । उनका अनुसार विगतमा मानिसले भरिभराउ हुने गरेका २६र२७ घरमध्ये अहिले नौरदश घरमा मात्रै बसोबास छ ।

तीन दशकअघिसम्म गाउँमा राम्रो चहलपहल रहेकामा पछिल्लो समय एकपछि अर्को गर्दै बसाइँ सर्नेक्रम बढेसँगै गाउँ रित्तिँदै गएपछि स्थानीयले घरबास सुरु गरेका गुरुङले बताए । “सुन्दर गाउँको मौलिकता जोगाउँदै यसको पर्यटकीय उपयोगका लागि विसं २०७६ देखि रिञ्जे नासा होमस्टे सञ्चालनमा ल्याइएको हो”, उनले भने, “सुन्दर मौलिकताले भरिएको गाउँ भएर पनि बढ्दो बसाइँसराइको चपेटामा परेको छ ।”

धेरै पर्यटकीय सम्भावना रहेकाले पर्यटकीय रुपमा यसको प्रवर्द्धन तथा विकास गरी स्थानीयको आयआर्जन वृद्धि गर्ने उद्देश्यले घरबास सञ्चालनमा ल्याइएको गुरुङले बताए ।  

पोखराको पृथ्वीचोकबाट करिब १२ किलोमिटरको दूरीमा रहेको यो गाउँ कालीलेकको काखमा छ । गाउँबाट देखिने पूर्वपश्चिमतर्फको मनोरम गाउँबस्तीका साथै दक्षिणतर्फ देखिने पोखराको मनोरम दृश्यले यहाँ आउने पर्यटक लोभिने गरेका छन् । गाउँबाट उत्तरतर्फ मुलकोट भूमि मन्दिरका साथै पार्के तथा नाँगी डाँडा पुगिसकेपछि देखिने माछापुच्छे धौलागिरि, अन्नपूर्णलगायत हिमालीका दृश्य देख्न पाइन्छ ।

गाउँबाट मुलकोटमा पुग्न करिब एक घण्टा ३० मिनेट लाग्दछ । त्यस्तै नागी डाँडा पुग्न तीन घण्टा लाग्दछ । यी ठाउँमा पुगिसकेपछि जोकोहीले हिँड्दा लागेको थकानलाई बिर्सने गर्दछन् । गाउँबाट पूर्व उत्तरमा रहेको नौधारे सिद्ध बराह मन्दिर यहाँको अर्को धार्मिक पर्यटकीय गन्तव्य हो । मनले चिताएको पुग्ने धार्मिकस्थलका रुपमा स्थानीयले परापूर्वकालदेखि यस मन्दिरमा पूजाआजा गर्दै आएको छन् ।

साथै प्रत्येक वर्षको माघेसङक्रान्तिमा यहाँ मेला लाग्ने स्थानीयवासी बताउँछन् । नौधारो सिद्ध बराहस्थित नौ वटा पहराबाट जस्तोसुकै खडेरीका समयमा पनि बाह्रै महिना पानी आउनुुलाई धार्मिक महत्वका साथ हेर्ने गरिएको छ ।

मन्दिरको नजिकै रहेको सुन्दर झरना, भिरमौरी, कलकल बग्ने खोलासँगै चराचुरुङ्गीको चिरविराहट यहाँका पर्यटकीय आकर्षण हुन् । पोखराको पृथ्वीचोकबाट महेन्द्रपुल, बगर, केआइसिंह पुल हुँदै महेन्द्रगुफाबाट जोगिमणि घट्टेकुना पुग्न सकिन्छ । त्यहाँबाट करिब दुई किलोमिटरको दूरीमा रिञ्जे नासा पुगिन्छ ।

घरबास कार्यक्रमका प्रमुख अतिथि पोखरा पर्यटन परिषद्का अध्यक्ष तथा भिटोफ गण्डकीका संस्थापक अध्यक्ष तारानाथ पहारीले नेपाल गाउँ नै गाउँले भरिएको देश भएकाले हरेक गाउँ पर्यटकीय ठाउँ भन्ने उद्घोषलाई साकार पार्न सरोकार भएका सबै लाग्नुपर्नेमा  जोड दिए ।

कार्यक्रममा पोखरा महानगरपालिका पर्यटन विकास समितिका उपाध्यक्ष रविन्द्रराज पौडेल, पोखरा महानगरपालिका सहरी विकास पर्यटन तथा वातावरण महाशाखा प्रमुख विमल रञ्जन कार्की, पश्चिमाञ्चल होटल सङ्घका उपाध्यक्ष गणेशराज पहारी, नाट्टा गण्डकी प्रदेशका अध्यक्ष किशोर दाहाल, एनटिभिए गण्डकी प्रदेशका संस्थापक अध्यक्ष बोबरजङ्ग गुरुङ, हाइकर्स क्लब नेपालका अध्यक्ष कृष्ण रानाभाट, भिटोफ गण्डकीका सचिव लक्ष्मण पहारी, सदस्य भावना रानाभाटलगायतले सुन्दर गाउँहरूलाई पर्यटनसँग जोड्न सकेमा यहाँको विकाससँगै आर्थिक समृद्धि हासिल हुनेमा जोड दिएका थिए ।  राष्ट्रिय समाचार समिति (रासस)
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस