जुम्ला- कर्णालका विपन्नको पहिचान गरी एक घरलाई एक रोजगार उपलब्ध गराउने कर्णाली रोजगार कार्यक्रम चलिरहे पनि यहाँका स्थानीयले रोजगारी पाएका छैनन्। उनीहरुले ३५ दिनको रोजगारी र काम गरेबमोजिमको पारिश्रमिक पाउने कर्णाली रोजगार निर्देशिकामा उल्लेख छ। जिल्लामा निर्देशिका बमोजिमका क्रियाकलाप भइरहे पनि लक्षित वर्गले रोजगारी पाएको अनुभूति गर्न पाएका छैनन्।चालु आर्थिक वर्षको आर्थिक अख्तियारी समयमै आए पनि कर्णाली रोजगार अन्तर्गतका योजनाको सम्झौता समयमै नहुँदा स्थानीयले कार्यक्रम नै बिर्सन थालिसकेका छन्। उनीहरुले केही योजना सम्झौता भएर काम अघि बढे पनि अधिकांशको सम्झौता र इस्टमेट नभएको भन्दै हतारमा काम दिए जस्तो गरेर वर्षिक बजेट सकाउने गरिएको बताए। नागरिक अगुवा जयकृष्ण आचार्यले कार्यक्रमको मर्म जनतामैत्री भए पनि काम गराइको तरिका नमिलेको बताए।
अघिल्ला वर्षहरुको जस्तो अख्तियारी समयमै नआएको भन्ने अवस्था पनि छैन। यहाँ काम गर्ने कर्मचारीको लापरबाहीकै कारण समयमै काम हुन नसकेको हो। आवश्यक पर्ने प्राविधिक जनशक्ति समयमै नियुक्त गर्न नसक्नु र कार्यक्रमको उद्देश्य अनुरुप नलाग्नुले पनि विकास योजना अलपत्र पर्ने परेको नागरिक अगुवा आचार्यको भनाइ छ। कर्णाली रोजगार कार्यक्रमबाट सञ्चालन हुने ग्रामीण सडक, सिँचाइ कुलो निर्माण र साना जलविद्युत निर्माण योजना समयमै सर्भे भई सम्झौता नहुँदा अलपत्र परेका छन्। अहिलेसम्म योजना सम्झौता भई निर्माण कार्य अघि बढिसक्नु पर्ने हो। तर यहाँ इस्टमेट र योजना सम्झौता समेत हुन सकेको छैन।
अहिलेसम्म योजना निर्माण सुरु नहुँदा विनियोजित बजेट फ्रिज हुन सक्ने सम्भावना बढेको अधिकारी बताउँछन्। अधिकांश योजनाको सर्भे गर्ने, डिजाइन र इस्टमेट निकालेर योजना सम्झौता गर्ने कार्यसमेत नभएको जिविस स्रोतले जनायो। हतारमा योजना सम्झौता गरेर काम अघि बढाउँदा दीर्घकालीन फाइदा नहुने स्थानीय अगुवा बताउँछन्। सरकारले ल्याएको कार्यक्रम निकै प्रभावकारी भए पनि कार्यान्वयन गर्ने निकाय कमजोर हुँदा योजना असफल हुने गरेको स्थानीय उमेश बिसीले जानकारी दिए। उनले भने, 'कार्यक्रम एक घर एक रोजगार निकै मिठो छ तर तल्लो तहमा हेर्दा सबै बेरोजगार देखिन्छन् कसरी यसले गरिब विपन्नको प्रतिनिधित्व गर्छ?'
कर्णाली रोजगार कार्यक्रम र प्राविधिक सहायताबीचको सहकार्यमा योजना सञ्चालन हुँदै आएको छ। प्राविधिक सहायताले सामाजिक पाटोलाई हेर्दै आएकोमा कर्णाली रोजगार युनिटले प्राविधिक इस्टमेटदेखि बजेट परिचालनसम्मको काम गर्दै आएको छ। कर्णाली रोजगार युनिटले समयमै योजना सर्भे, इस्टमेट नपठाउँदा कामदार छनोट प्रक्रियामा प्राविधिक सहायतालाई निकै समस्या परेको प्राविधिक सहायताका संयोजक राजबहादुर बुढ्थापाले जानकारी दिए। उनका अनुसार गत वर्ष सबै काम प्राविधिक सहायताले गर्दै आएकाले समयमै सम्पन्न भएको थियो। हरेक महिनाको १५ गते पारीश्रमिक सुरक्षा निकायको निगरानीमा वितरण हुन्थ्यो। तर अहिले काम त के योजना सम्झौतासम्म हुन सकेका छैनन्।
डिजाइन, इस्टमेट र सम्झौता गर्ने काम समयमै नहुँदा कामदार छनोट र रोजगार परिचयपत्र दिने काम सुरु हुन सकेको छैन। बिनाइस्टमेट कामदार छनोट प्रक्रिया अघि बढाइएको छ तर औपचारिक रुपमा परिचयपत्र दिने काम हुन नसकेको कर्णाली रोजगार प्राविधिक सहायताले जनाएको छ।
गत वर्ष मंसिर महिनादेखि नै कर्णाली रोजगार अन्तर्गतका योजनाको काम सुरु भइसकेको थियो। आर्थिक अख्तियारी समयमै आए पनि कर्मचारीको ढिलासुस्तीले काम सुरु हुन नसकेको स्थानीय उपभोक्ता बताउँछन्। वैशाखमा काम सुरु गर्न नसके कर्णाली रोजगारका योजना अलपत्र पर्न सक्ने अड्कलबाजी गर्न थालिएको छ। प्राविधिक जनशक्तिको अभाव देखाउँदै योजनातिर ध्यान पुग्न नसकेको गुनासो सर्वत्र छ।
कामदार छनोटअघि वडा नागरिक मञ्चलाई दिनुपर्ने अभिमुखीकरण हुन सकेका छैनन्। एकातर्फ बजेट सदुपयोग गरेर जनतालाई रोजगारीको प्रत्याभूति गराउने उद्देश्य बोक्ने अर्कोतर्फ योजना निर्माणमा ढिलासुस्ती गरेर जनतालाई बेरोजगार बनाइराख्ने काम गरिएकोमा स्थानीयले असन्तुष्टि व्यक्त गरेका छन्।
ताम्ती गाविसमा ३१ लाख रुपैयाँको ग्रामीण सडक निर्माणको काम कर्णाली रोजगार निर्देशिका विपरीत भइरहेको आरोप लागेको छ। मनोमानी रुपमा कामदार छानेर काम सञ्चालन गरेको पाइएको छ। कर्णाली रोजगार कार्यक्रमअन्तर्गत एकजना कामदारले ३५ दिन बराबरको काम पाउनुपर्छ। यसअघि १५–१५ दिनमा कामदारलाई ज्याला दिइन्थ्यो भने ६० दिनको ज्यालाको व्यवस्था थियो।
कार्यक्रम अन्तर्गत ३६ वटा योजनाका लागि सात करोड २५ लाख रुपैयाँ विनियोजन भएको छ। यता नयाँ कर्मचारी नियुक्तिको ढिलाइले योजना सञ्चालन ढिला भएको कर्णाली रोजगार कार्यक्रमका संयोजक लेखनाथ उपाध्यायले जानकारी दिए। उनका अनुसार जिल्लाभर यो समयमा सर्भे, डिजाइन इस्टमेट र सम्झौताको काम एकैसाथ भइरहेको छ। वैशाख महिनामा इस्टमेट गरेर योजना सम्झौता गर्ने काम सकाउने लक्ष्य रहेको उनले बताए। 'इस्टमेट र सम्झौताको काम सँगसँगै अघि बढाएका छौं,' उनले भने, 'सर्भेको काम सकिसक्यो। जिल्लाको १९ हजार घरधुरीमध्ये अधिकतम पाँच हजार घरधुरीलाई रोजगारी सिर्जना गर्ने लक्ष्य लिइएको थियो।' जिल्ला विकास समिति योजना अधिकृत लक्ष्मीप्रसाद उपाध्यायले कर्णाली रोजगार अन्तर्गतको योजना सञ्चालनको लागि कर्मचारी खटिरहेको बताए।
उनका अनुसार सबै कर्मचारी गाउँमा गएर सर्भे, इस्टमेट र सम्झौताको काम गरिरहेका छन्। असार १५ गतेसम्म योजना सबै सकिने उनको दाबी छ। वैशाख महिनाभर योजना सम्झौता गरिसके जेठको पहिलो हप्तादेखि काम सुरु भए पनि ३५ दिनको रोजगारीसहित योजना सम्पन्न हुने जिविसले जनाएको छ। योजना सम्झौतापछि निर्माण सामग्री खरिददेखि कामदारलाई अभिमुखीकरण कार्यक्रम गर्दासम्म ढिलो हुने भएकाले योजना समयमै सम्पन्न हुन नसक्ने स्थानीय बताउँछन्।