पोखरा-स्थानीय बजारमा तरकारीको मूल्य छोइनसक्नु भएको छ। दुई महिनाअघिको तुलनामा तरकारी निकै महँगिएको उपभोक्ता बताउँछन्।कृषि उपज बजार सञ्चालक समितिका अनुसार साउन पहिलो साता ३५ रुपैयाँ प्रतिकिलो रहेको तितेकरेलाको मूल्य अहिले ९० पुगेको छ। ४० रुपैयाँ किलोको लौका किन्न ६५ रुपैयाँ तिर्नुपर्छ। ४० रुपैयाँमा पाइने बन्दाको ५० र गाँजरको भाउ ९० बाट १ सय २० रुपैयाँ पुगेको छ।
दुई महिनाअघि ६० रुपैयाँमा पाइने काउलीलाई अहिले सय रुपैयाँ पर्छ। हरियो खुर्सानीको ५० बाट १ सय ६०, मुलाको ३५ बाट ४० र गोलभेंडाको ३० बाट १ सय १० रुपैयाँ पुगेको छ। त्यस्तै ६० रुपैयाँ प्रतिकिलो पर्ने सिमीलाई अहिले ९० र सय रुपैयाँको भेडेखुर्सानीलाई १ सय ८० तिर्नुपर्छ।
कृषि उपज थोक बजारकी प्रमुख रुपा जिसी तरकारीको भाउ यतिबेला सधै महँगिने बताउँछिन्। ‘बर्खे बालीको सिजन सकिएको र हिउँदे सुरु नभएकोले उत्पादन कम छ। अनि महँगो पर्छ,' उनले भनिन्, ‘यतिबेला उत्पादन निकै घट्छ। सबैतिर उत्पादन घटेपछि महँगो तिर्नुपर्छ।' जिसीका अनुसार पोखरामा असोज महिनाभर तरकारीको भाउ महँगो हुने गर्छ।
पोखरामा दुई दशकदेखि तरकारी व्यापार गरिरहेका रामकृष्ण दुवाडी पनि यतिबेला तरकारी निकै महँगो हुने बताउँछन्। उनी पनि जिसीले जस्तै बर्खेको सिजन सकिएको र हिउँदै आउने बेला नभएको बताउँछन्। ‘हिउँदे तरकारी खेती हुने बेला नै भएको छैन। हिउँदे उत्पादन बजारमा नआएसम्म महँगो पर्छ,' दुवाडीले भने।
व्यवसायीका अनुसार पोखरामा दैनिक ६० देखि ६५ मेटि्रक टन तरकारी खपत हुन्छ। जिल्लाको उत्पादनले मागको २० प्रतिशतमात्र धान्छ। बाहिरबाट ल्याउन नपाए अभाव हुन्छ। पोखरामा अधिकांश तरकारी धादिङ, मकवानपुर, काभ्रे, चितवन, तनहुँ, स्याङ्जालगायत जिल्लाबाट ल्याइन्छ।
जिल्ला कृषि विकास कार्यालयका कास्कीका प्रमुख रमेशप्रसाद कोइरालाका अनुसार बर्खायाममा पानी जमेर तरकारी बोट फस्टाउन पाउँदैन। त्यसबाहेक यो बेला मौरी जस्ता किराको गतिविधि कम हुने र त्यसले परागसेचनमा असर पुर्यायउँदा उत्पादन कम हुन्छ। यसपटक बर्खाको सुरुमा पानी कम परेकोले भदौसम्म उत्पादन राम्रो रहेको उनले बताए।