पोखरा-गत वैशाख पहिलो साता सर्वोच्च शिखर सगरमाथामा हिमपहिरो जाँदा धेरै आरोहीको ज्यान गयो। आरोहण मौसम सुरु हुनासाथको हिमपहिरोले त्यस क्षेत्रको पर्यटन व्यवसाय नै थला पर्योन। यस्तै अवस्था अहिले अन्नपूर्ण क्षेत्रमा आएको छ। पर्यटकीय सिजनकै मुखमा भएको हिमपातले ठूलो जनधनको क्षति भएको छ।विश्वकै प्रख्यात पदमार्ग अन्नपूर्ण फेरो लामो समयसम्म उठ्न नसक्ने गरी थला परेको भन्दै पर्यटन व्यवसायी चिन्तित छन्। यो विपत्तिले पदयात्रामा रुचि राख्ने विदेशी नेपाल आउन हच्किन थालेको उनीहरुको भनाइ छ। हिमपातमा परी अहिलेसम्म स्वदेशी र विदेशी गरी ४० जनाभन्दा बढीले ज्यान गुमाएका छन्।
हिमपात र त्यसको असर अहिले पोखराका होटलमा समेत देखिएको व्यवसायीले बताए। नेपाल आउने तयारीमा रहेका कतिपयले बुकिङ नै रद्द गरेको व्यवसायीले बताए। पश्चिमाञ्चल होटल संघका अध्यक्ष हरि शर्मा सिजनलाई नै धराप पार्ने गरी योपटक हिमपातले नोक्सान पुर्याञएको बताउँछन्। पदयात्राका लागि पोखरा आउने तयारीमा रहेका पर्यटक तर्सिएको उनले बताए।
‘पदयात्राका लागि आउने पर्यटक डराएका छन्। नेपाल आउने तयारीमा रहेका कतिपय अन्यत्रै मोडिए,' शर्माले भने, ‘पर्यटक आउने बेलाको यो विपत्तिले पर्यटन क्षेत्रमा ठूलो क्षति पुगेको छ।'
अन्नपूर्ण पदमार्गबारे अन्तर्राष्ट्रियस्तरमा रहेको ख्यातीलाई हिमपातले डामाडोल बनाएको शर्माले बताए। ‘यतिबेला होटलमा पाहुना खचाखच हुनुपर्ने हो तर छैनन्। उनीहरु त्रसित भए,' शर्माले भने, ‘नेपालको पदयात्रा क्षेत्र असुरक्षित छ भन्ने सन्देश अन्तर्राष्ट्रियस्तरमा फैलियो।'
ल्यान्डमार्क होटलका सञ्चालक ओमप्रकाश पाण्डे जर्मनी र अस्टे्रलियाका २६ जना पर्यटकले होटलको बुकिङ रद्द गरेको बताउँछन्। ‘अन्नपूर्ण क्षेत्रमा ट्रेकिङ जाने गरी उनीहरु नेपाल आउन आँटेका थिए। तर हिमपातका कारण नेपाल नै आएनन्,' उनले भने। तीन रातका लागि बुकिङ गरेका पर्यटकले अन्तिम समयमा रद्द गरेपछि सिजनको बेला होटल खाली भएको पाण्डेले बताए।
सांग्रिला भिलेज रिसोर्टमा बुकिङ गरेका ७२ जापानी पर्यटकले पनि रद्द गरेका छन्। सांग्रिलाका फ्रन्ट अफिस म्यानेजर गुप्त गिरीका अनुसार चार समूहमा १८ रहेका जापानीले २ रातका लागि होटल बुकिङ गरेका थिए। उनीहरुले हिमपातकै कारण बुकिङ रद्द गर्नुपरेको बताएका छन्। ‘अन्नपूर्ण फेरोको पदयात्रामा जानुअगाडि एकरात र फर्केपछि एकरात गरी दुई रातका लागि होटल बुकिङ गरेका थिए,' गिरीले भने, ‘उनीहरु नेपाल आउनै चाहेनन्।'
अन्नपूर्ण क्षेत्रमा मात्र वर्षमा करिब १ लाख १५ हजार जति विदेशी पर्यटक जान्छन्। तीमध्ये बेसक्याम्प क्षेत्रमा करिब ५० हजार र बाँकी फेरो, उपल्लो मुस्ताङ र मनाङको नार–फू लगायत क्षेत्र पुग्छन्।
हिमपातले नेपालको पर्यटन क्षेत्रलाई नराम्रोसँग क्षति पुर्यालएको ट्रकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष रामचन्द्र शर्मा बताउँछन्। ‘घटनापछि पनि हिमपातमा फसेका पर्यटकको तत्काल उद्धार हुन सकेन। यसले अन्तर्राष्ट्रियस्तरमा झनै नराम्रो सन्देश फैलायो,' उनले भने, ‘बेलैमा उद्धार गर्न नसकेको सन्देश फैलिनु झनै नराम्रो हो।'
‘नेपाल आउन चाहेका विदेशीले अहिले पनि सोधखोज गरिरहेका छन्। कतिपय अझै नेपाल आउन डराएका छन्,' उनले भने।
पर्यटन क्षेत्रका जानकार पनि अन्नपूर्ण क्षेत्रमा आएको हिमपातले देशको प्रतिष्ठा नै गुमेको बताउँछन्। ‘हिमपात आउँदैछ भनेर भारत सचेत हुँदा नेपालमा वास्ता गरिएन। त्यसको प्रतिफल अहिलेको क्षति हो,' पर्यटनविद झलक थापा भन्छन्, ‘विदेशी पर्यटकले अब नेपाललाई अविश्वास गर्ने खतरा बढेको छ।' अन्तर्राष्ट्रिय मिडियाबाट नेपालको पर्यटन क्षेत्रको विपत्तिबारे फैलिएको सन्देशले देशकै इज्जतमा आँच आउने उनले बताए। ‘यस्तो विपत्तिको तयारी नेपालमा केही रहेनछ। त्यसले गर्दा नेपालको पदयात्रा क्षेत्र असुरक्षित छ भन्ने सन्देश फैलिएको छ,' उनले भने।
भारत हुँदै नेपाल भित्रिएको ‘हुडहुड' आँधीले निम्त्याएको यो विपत्तिले सरकारी संयन्त्रमाथि नै प्रश्न उठ्ने उनले बताए। ‘भारतले क्षति कम गर्न विभिन्न उपाय अपनायो। तर आँधी भित्रिने सूचना पाएर पनि नेपालमा तयारी हुन सकेन। यसले नेपाललाई अझ कमजोर राष्ट्रको रुपमा अन्तर्राष्ट्रियस्तरमा सन्देश फैलाएको उनले बताए। ‘भोलिका दिनमा नेपाल जान खतरा छ भन्ने पर्यटक भेटिनेछन्। यसले प्याकेज बेच्ने टुर अपरेटर्सलाई पनि समस्या पर्नेछ,' उनले भने, ‘प्राकृतिक विपत्ति भए पनि सरकारले सचेतना अपनाएको भए नकारात्मक सन्देश फैलने थिएन। सुरक्षा अपनाउँदा अपनाउँदै क्षति भयो भन्ने हुन्थ्यो। तर अब सरकारी संयन्त्रमाथि नै प्रश्न उठ्नेछ।'