११ वर्षसम्म पनि बनेन पुल
१९ कार्तिक २०७९
•
३ मिनेट पाठ
११ वर्षसम्म पनि बनेन पुल
निर्माणाधीन कान्द्रा पुल।
भजनी नगरपालिका–५ लालबोझीका अशोक साउँद कान्द्रा नदीको ठेकीमा पुल निर्माण सुरु हुँदा विद्यालय भर्ना भएका थिए। उनलाई बुबा दलबहादुरले डुंगामा तारेर भजनी नगरपालिका–३ ठेकीपुरस्थित ग्रीन बोर्डिङ स्कुलमा भर्ना गरेका थिए।




दलबहादुरले दुई वर्ष भित्र पुल निर्माण सम्पन्न भए छोरालाई विद्यालय ओहोरदोहोरमा समस्या नहुने आशा बोकेका थिए। अहिले उनका छोरा अशोक कक्षा ११ मा पढ्छन्। तर दुर्भाग्य अहिलेसम्म पनि पुल निर्माण सम्पन्न हुन सकेको छैन।

हुलाकी राजमार्ग अन्र्तगतको सो पुल २०६८ जेठ ३१ गतेदेखी निर्माण सुरु भएको हो। लामा साल्पा शेर्पा बिरुवा जेभीले २०७० मंसिर मसान्त भित्र पुल निर्माणको काम सक्नुपर्ने सम्झौतामा उल्लेख छ। निर्माणाधीन पुलको काम समयमा सम्पन्न नभएपछि पाँच पटक म्याद थप गरिएको छ। पछिल्लो समयावधि अनुसार पुल निर्माणको काम २०७९ चैत मसान्तमा सक्नुपर्नेछ। ४ करोड ४२ लाख २१ हजार रुपैयाँको लागतमा निर्माणाधीन पुलको ७५ प्रतिशत काम मात्रै सम्पन्न भएको हुलाकी राजमार्ग योजना कार्यालय धनगढीका सूचना अधिकारी दीपक सुनारले जानकारी दिए।  

उनका अनुसार लगातार काम भए थप दुई महिना भित्र पुल निर्माणको काम सम्पन्न हुनेछ। पुलको तीनवटा ‘स्ल्याव’ मध्ये दुईवटा निर्माण सम्पन्न भैसकेका छन्। ‘अब धेरै काम बाँकी छैन’ सूचना अधिकारी सुनारले भने –‘दुई महिनामा काम सकिने अवस्था छ।’

पुल निर्माण भएपछि सहज होला भन्ने आशा बोकेका थुप्रै स्थानीय बासिन्दा निराश बनेका छन। भजनी नगरपालिका–५ र ७ का बासिन्दा अहिले पनि डुंगा चढेर कान्द्रा नदी वारपार गर्छन्। उनीहरुले पालिकाको केन्द्र रहेको भजनी बजार आउन डुंगा चढ्नुपर्ने बाध्यता छ।  

त्यहाँका विद्यार्थीहरुले उच्च शिक्षाका लागि समेत डुंगा चढेर कान्द्रा नदी पार गर्नैपर्छ। स्थानीय रमेश बुढाले कैयौं विद्यार्थीहरु जोखिम मोल्न नसकेर पढाई छोड्न बाध्य हुनुपरेको दुखेसो पोखे। ‘सबै डुंगा तरेर पढ्न जान सक्दैनन्’ उनले भने–‘आधा भन्दा बढी विद्यार्थी पढाई छोड्छन।’

त्यहाँका बासिन्दालाई दुःखी बिरामी हुँदा समेत समस्या छ। उनीहरुले समयमा उपचार नपाएर ज्यान गुमाउनु पर्ने बाध्यता छ। भजनी बजारमा रहेको अस्पतालमा उपचारका लागि आउन त्यही कान्द्रा नदीको डुंगा तर्नुपर्छ। ‘डुंगा चढेर अस्पताल पुग्दासम्म ढिलो भैसक्छ’ स्थानीय मथुरा धामीले भनिन् –‘कैयौंले अकालमा ज्यान गुमाएका छन्।’

यो पुल भजनीका बासिन्दाका लागि मात्रै उपयोगी छैन। यो हुलाकी राजमार्ग अन्र्तगतको पुल हो। यसले पश्चिम नेपालका दुई प्रमुख ब्यापारिक केन्द्र धनगढी र नेपालगञ्जलाई जोड्ने छ। धनगढीदेखी नेपालगञ्जसम्मको हुलाकी सडक निर्माणको काम लगभग सकिएको छ। सबै सडक कालोपत्रे भइसकेको छ। अझ कतिपय ठाउँमा त सडक स्तरोन्नतीको काम समेत भइरहेको छ। यही पुलले मात्रै अहिलेसम्म हुलाकी राजमार्ग अन्र्तगत धनगढी र नेपालगञ्जको सोझो सम्बन्धलाई जोड्नबाट रोकेको छ।  

अहिले स्थानीयले धनगढीदेखी नेपालगञ्जको यात्रा पूर्वपश्चिम राजमार्ग मार्फत गर्छन्। यो पुल बनेपछि धनगढीदेखी नेपालगञ्जको यात्रा आधा छोटो हुनेछ। कैलालीको पूर्वी भेगका बासिन्दालाई समेत धनगढी ओहोरदोहोरमा निकै सहज हुनेछ। उनीहरु अहिले झण्डै ८० किलोमिटर यात्रा गरेर धनगढी पुग्छन्। यो पुल बनेपछि भजनी बजारबाट ४५ किलोमिटरको दूरीमा धनगढी पुगिनेछ।  

‘यो पुलले दक्षिणी भेगका बासिन्दालाई निकै सहज हुनेछ’ स्थानीय गणेश बुढाले भने–‘पुल निर्माणमा भैरहेको ढिलासुस्तीले हामीलाई निराश पारेको छ।’

पुल निर्माणमा भैरहेको ढिलासुस्तीले स्थानीय निकै आक्रोशित बनेका छन्। उनीहरु निर्माण कम्पनीलाई राजनीतिक संरक्षण रहेको आरोप लगाउँछन्। राजनीतिक संरक्षण नभएको भए पुल निर्माणको काम समयमै सम्पन्न हुने विश्वास स्थानीयमा छ। ‘हामीले विरोध गरेर मात्रै के हुन्छ। ठेकेदारलाई नेताहरुले संरक्षण गरेका छन’ स्थानीय नेत्रबहादुर साउँदले भने –‘समयमा पुल निर्माण नहुनुमा नेताहरु पनि दोषी छन्।’

निर्माण पक्षले भने पुलको डिजाइन परिवर्तन भएका कारण निर्माण कार्यमा ढिलाई भएको दावी गरेको छ।
अर्को समाचार
माधव नेपालले प्रधानमन्त्री हुँदा उद्घाटन गरेको पक्की पुल १२ वर्षसम्म पनि बनेन
०१ भदौ २०७९
•
३ मिनेट पाठ
माधव नेपालले प्रधानमन्त्री हुँदा उद्घाटन गरेको पक्की पुल १२ वर्षसम्म पनि बनेन
रौतहटको वडहर्वा स्थित वागमती नदीमा १२ वर्षदेखि पुलको निर्माण कार्य हुन नसक्दा स्थानीयवासी मारमा परेका छन्।




रौतहटको दुर्गाभगवती गाउँपलिका वडा नम्बर ५ वडहर्वास्थित वागमती नदीमा १२ वर्षसम्म पनि पुल निर्माण हुन नसक्दा नदी वारपार गर्न स्थानीयहरु मारमा परेका हुन्। वागमती नदिमा स्थानीयहरु वारपार गर्न सहज हुने भन्दै माधवकुमार नेपाल प्रधानमन्त्री भएको बेलामा पुल शिलान्यास भएको थियो।

तर पूर्वप्रधानमन्त्री नेपालले पुल शिलान्यास गरेको १२ वर्ष भइसक्दा पनि पुल निर्माण हुन सकेको छैन। पुल बन्ने ठूलो आशा बोकेका वागमती पारीका वडहर्वावासीले आफ्नै गाउँपालिका तथा वडा कार्यालय आउनसमेत दिनभर लाग्ने गरेको छ। पुल समयमा नै निर्माण सम्पन्न नहुँदा वागमती पारी बसोवास गर्ने करिव ४ सय भन्दा बढी घरधुरीका स्थानीय जोखिम मोलेर काठको डुंगामा यात्रा गर्न बाध्य छन्।

स्थानीयहरु दैनिक तथा प्रशासनिक कामको लागि र जिल्लाका विभिन्न स्थानहरुमा जानको लागि डुंगाकै भर पर्नुपर्ने अवस्था रहेको उनीहरुको गुनासो छ। स्थानीयवासी बिरामी हुँदासमेत डुंगामार्फत नदी पार गरेर उपचार गर्न जानुपर्ने अवस्था रहेको छ। स्थानीय बालकेश्वरी देवीले नदीमा बाढी आएमा नदी पारी जानसमेत नसक्ने बताए। उनले आफ्नो खेतबारीमा काम गर्न जान समेत एकदिन लाग्ने गरेको गुनासो गरे। त्यस्तै स्थानीय सुरेन्द्र पासवानले वडा कार्यालयमा सामान्य सिफारिसको लागि जाँदा एकदिन छुट्याएर जानुपर्ने बाध्यता रहेको बताए।

वागमती नदी पारी रौतहटको  वतसपुर, बडहर्वा, राजदेवी , गौर लगायत स्थानका मानिसहरु  डुंगा चढेरै खेतबारीमा काम गर्न जाने गरेका छन्। वागमती पारीका स्थानियलाई वारी आउन दुईवटा डुंगाको यात्रा गर्नुपर्छ। वर्षा याममा वागमती नदीमा बाढी आउँदा स्थानीयहरुको आवत जावत नै ठप्प हुने गरेको छडुंगा चालक रामबाबु रजक बताउँछन्। 

डुंगा चढ्न सर्वसाधरणले एकपटकको ५० रुपैयाँ लाग्ने उनले बताए। उहाँले नदीमा बाढी आउँदा दिनमा एकपटक मात्रै डुंगा चल्ने गरेको बताए।  यता हुलाकी राजमार्ग निर्देशनालयका प्रमुख दारोगाप्रसाद साहले भने ठेकेदार कम्पनीको समय अवधि डेढ वर्ष रहेको बताए। उनले डेढ वर्षको अवधिमा वागमति नदीको पुल अन्य किसिमका बाधा नभए निर्माण सम्पन्न हुने बताए।  

वागमती नदीमा वि.सं २०६७ साल जेठमा तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपालद्वारा पक्की पुलको शिलान्यास भएको थियो। प्रधानमन्त्रीबाट पक्की पुल निर्माणको लागि शिलान्यास भएसँगै ज्यानको जोखिम राखेर यात्रा गर्न बाध्य वडहर्वावासी खुशी भएका थिए। तर शिलान्यास भएको १२ वर्षसम्म पनि पुल बन्न नसक्दा स्थानीयहरु रुष्ट भएका छन्। वागमती नदीको उक्त पुल निमार्ण सम्पन्न भएमा रौतहट र सर्लाहीका बासिन्दा समेत प्रत्यक्ष लाभावन्वित हुन्छन्।  

वागमती नदी पुलको ठेक्का लुम्बिनी बिल्डर्स प्रा.लि. सिद्धार्थनगरले ३५ करोड ८९ लाख ९ हजार ४ सय ३३ रुपैयाँमा पाएको थियो। ठेक्का लुम्बिनिले पाएपनि निर्माणको काम पप्पु कन्सन्ट्रक्सनले थालेको थियोे। पप्पु कन्ट्रक्सनले सडक विभागसँग २०६७ जेठ ३१ गते २०७० जेठ ३० गते पुलको निर्माण काम सम्पन्न गर्ने सम्झौता गरेको थियो। १७ स्पान सहितका सो पुलको लम्बाई ६३३ मिटर र चौडाई दुई लेनको छ। स्पान निर्माणको काम सकिएपनि बाँकी काम भने शुरु भएको ९ वर्षभन्दा बढी भइसकेको छ।

हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय, पर्साले लुम्बिनी बिल्डर्ससँग ठेक्का रद्ध गरेपछि पुनः आह्वान गरेको ठेक्का माहालक्ष्मी विकास वाइपी जेभी जनकपुरले २०७९ वैशाख ११ गते सम्झौता गरी २०८१ कार्तिक १० गते निमार्ण सम्पन्न गर्नेगरी ५७ करोड ४० लाख ७७ हजार ५०१ रुपैयाँमा सम्झौता गरेको छ। कार्यालयले नयाँ ठेक्का लगाएपनि काम भने सुरु हुन सकेको छैन।  
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ३१ सेकेन्ड अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ५९ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस